Daily Archives 27th July 2018

क्षेत्रीय बैठकमा हिडेका ४ दर्जन एनआरएन नेताहरु जर्मनीमा

फ्रयांकफर्ट । गैरआवासीय नेपाली संघको आइतवार देखी लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनमा भाग लिन हिडेका ४ दर्जन भन्दा बढी एनआरएन नेताहरु फ्रयांकफर्डमा जम्मा भएका छन् । संघका महासचिव डा. बद्रि केसी, सहित रसियाबाट आएको ९ जनाको टोली शुक्रवार साँझ यहाँ उत्रिएको छ । यस्तै गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएन आइसीसी सल्लाहाकार हरिवोल भण्डारी, आइसीसी सदस्य (अमेरिका) राजन त्रिपाठी, फ्रयांकफर्ट आएका छन् । एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा समेत शुक्रवारनै उत्रिए । यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट शनिवार विहान फ्रयांकफर्ट उत्रिने तयारीमा छन् । भट्टको सम्मानमा शनिवार विहान एनआरएन जर्मनीले एक स्वातग तथा सम्मानको
More

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । डा. गोविन्द केसीको माग र प्राडा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार उक्त विधेयक संशोधन गरेर पारित गर्ने यसअघि नै सहमति भएको छ । यो विषयमा संसद र सडकमा व्यापक बहस भएको छ । यसै विषयलाई लिएर पछिल्लो पटक केसी २७ दिन अनशन बसेका थिए । उनको यो १५औँ अनशन थियो । ‘चिकित्सा शिक्षाको क्षेत्रमा सरकारको लगानीलाई अभिवृद्धि गर्दै चिकित्सा शिक्षालाई नेपालको राष्ट्रिय आवश्यकता अनुरुप विकास गर्न’, उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलले जानकारी दिए
More

अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले डा. केसीसँग सरकारले ९ बुँदे सम्झौता गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । एउटै व्यक्ति एउटै विषयका लागि पटक-पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए । थापाले भने, ‘हामी सम्झौता गर्छौं तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं । आज जे कुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’ त्यस्तै उनले चिकित्सा शिक्षा विधेयकमा दर्ता
More

नेता खनालको प्याराथाइराइड शल्यक्रिया, चीनमा उपचार गराउँदै

काठमाडौं । चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गाैलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ । चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उहाँको बिहीबार सफल शल्यक्रिया भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । शल्यक्रियापछि खनाल अहिले आराम गरिरहनुभएको छ । चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गौलामा भएको पत्थरीको उपचार गर्न चीन जानुभएको हो । उपचार गराउन चीन जानुअघि उहाँले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, वीर अस्पतालमा उपचार गराउनुभएको स्वकीय सचिव भट्टराईले बताउनुभयो । उहाँलाई विगत एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो । यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँग चीन जानुभएका खनाल अझै
More

सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य: काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा आज पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसार १० वर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने लगायतकै विषय समेटेर सहमति हुनु स्वागतयोग्य हो भन्नुभयो । चिकित्सा शिक्षाका लागि सत्याग्रहका माध्यमबाट निरन्तर दबाब दिँदै आउनुभएका डा केसीको पछिल्लो अनशनलाई अन्तिम अनशन
More

सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैन : सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उहाँको भनाइ थियो । डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आउनुभएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाउनुभयो । यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता
More

चुम्लिङ्टार बस दुर्घटनाः मृतकको संख्या आठ

चितवन । इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहँु भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाँैका ३० वर्षीय रवीन गुरुङ, तनहँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् । यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज
More

माथिल्लो तामाकोशीको शेयर काठमाडौँबाटै भर्न पाइने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाएको छ । नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकार भएका व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम शेयर उपलब्ध गराइनेछ । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार काठमाडौँ उपत्यकाभित्रैबाट पनि शेयर
More

११ औँ युरोपीय क्षेत्रीय बैठक आइतबारबाट सुरु हुने

फ्रयांकफर्ड । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आगामी आइतबारबाट सुरु हुने भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजना गरिने दुई दिने बैठकको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता भूषण घिमिरेले जानकारी दिनुभयो । यसपटकको बैठक विशेषगरी नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहने प्रवक्ता घिमिरेले बताउनुभयो । गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोवर १३ र १४ तारिखमा काठमाडौंमा हुने भनिएको विज्ञ सम्मेलनको पूर्वतयारीस्वरुप पनि यो बैठकको आयोजना गरिएको एनआरएनएले
More

आज खग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के हुँदैन

काठमाडौं । आज खग्रास चन्द्रग्रहण लाग्नेछ । ग्रहणको समयभन्दा नौ घण्टा अघि देखिनै समयलाई सुतक भनिन्छ भने ग्रहणको अवधिलाई पर्व भनिन्छ । ग्रहणको बेला तीर्थस्थान, भजनकिर्तन र दानको विशेष महत्व रहने गरेको छ भने त्यसअवधिभर खानपिन, मलमुत्र त्याग र कामक्रिडा गर्न नहुने मान्यता रहेको छ । सूतककालमा बच्चा, बूढा, गर्भवती स्त्री र आतूरलाई चाहिँ भोजन गर्न प्रतिबन्ध लगाइएको छैन । ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्य्रंगााको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा
More