Daily Archives 29th July 2018

चितवनमा विश्व बाघ दिवस

विश्व बाघ दिवसको अवसरमा चितवनको रत्ननगरमा आइतबार प्रदर्शन गर्दै संरक्षणकर्मी । तस्बिर: नारायण ढुंगाना
More

मृगौलापीडितलाई रु ९० हजार सहयोग

भद्रपुर । दुवै मृगौला खराब भएर उपचारका क्रममा रहनुभएका मेचीनगर–११ धाइजनका नरेन्द्र मेचेलाई वत्सलादेवी फाउण्डेशन मेचीनगरले आज रु ९० हजार आर्थिक सहयोग गरेको छ । ललितपुरको निदान अस्पतालमा डाइलोसिस गराइरहनुभएका मेचेको मिर्गाैला प्रत्यारोपणका लागि पीडित परिवारको घरमै गएर फाउण्डेशनका तर्फबाट क्यान महासंघ झापा अध्यक्ष लक्ष्मी खनालले सो रकम हस्तान्तरण गर्नुभयो । पीडित मेचेलाई उहाँकै श्रीमती पूर्णिमाले मिर्गौला दिने भएपछि प्रत्यारोपण गर्दा लाग्ने खर्चका लागि मेचे परिवारले सवैसँग सहयोगको आग्रह गरेको छ । स्थानीयवासीले ‘नरेन्द्र मेचे बचाऔँ’ सहयोग समिति बनाई सहयोग जम्मा गर्दै आएका छन् । अभियानका नाममा एनआइसी एशिया बैंकमा रहेको सी ९८७९६१३७२३५२४०१ नंको खातामा सहयोग गरिदिन सबैलाई अनुरोध गरिएको
More

गैरआवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

लग्जेम्बर्ग । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन् । आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन् । ‘निकै लामो छलफल पश्चात गैर आवासीय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको हो,’उनले भने, ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुस् ।’ कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्ने आफ्नो धारणा भएको बताए। नेपाल विकास र समृद्धिको
More

कलंकी बलत्कार प्रकरणमा दुई सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौ । प्रहरीले बलात्कारको अभियोगमा दुई जना सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको टोलीले जवानहरु रामशरण पोखरेल र चन्द्रबहादुर प्रसार्इलाई पक्राउ गरेको डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए । गत बिहीबार कलंकीको आशिवार्द गेस्ट हाउसमा बलात्कार भएको हो । सुरुमा युवतीले पोखरेलसँग सम्बन्ध राखेर सुतेकी थिइन् । निदाएको बेला प्रसाईले समेत सम्बन्ध राखेको युवतीको उजुरी छ । दुवै जनालाई जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त, कालिमाटी वृत्तका डिएसपी क्षेत्रीले बताए । प्रहरीका अनुसार बिहीबार बेलुका तीन जनासँगै गेष्ट हाउसमा गएर मदिरा पिएका थिए । पोखरेल र युवती एउटा कोठामा तथा प्रसाई अर्को कोठामा
More

डा. केसी चिकित्सक होइनन्, हत्यारा हुन् : सांसद चौधरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छन् । आइतबार चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै उनलाई कारवाही गर्न माग गरेकी हुन् । उनले डा. केसीको अनसले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु भएको उदाहरण पेश गरिन् । भनिन् ‘टिचिङले भर्ना नलिँदा उनको मृत्यु भयो । यसको जिम्मा कसले लिन्छ ? काङग्रेसले लिन्छ कि गोविन्द केसीले ? त्यसकारण गोविन्द केसी हत्यारा हुन् उनलाई कारवाही गर्ने कि नगर्ने ?’ उनले बोल्दै गर्दा कांग्रेसले नियमापत्ती जनाएको भएपनि सभामुख कृष्णबहादुर महराले
More

प्रसाईंलाई कारबाही गर्न माग गर्दै काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो । काँग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन भएको आरोप लगाएको छ । उक्त अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर
More

क्षेत्रीय वैठकमा एनआरएन युकेको दमदार प्रस्तुती

लग्जेम्वर्ग । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजना भएको बैठकमा एनआरएन यूकेको तर्फबाट करिब ३० जना प्रतिनिधीहरुको सहभागित रहेको छ । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको नेतृत्वमा आएको टोलीले बैठकमा सशक्त रुपमा आफ्नो उपस्थिती देखाएको छ । २८ देशका प्रतिनिधीहरुको उपस्थिती रहेको वैठकमा युकेमा आएका प्रतिनिधीहरुले बैठकको प्रत्येक सत्रमा आफ्नो दरो उपस्थिती जनाए । संघको शनिवार सम्पन्न साहित्य तथा भाषाको कार्यक्रममा युके प्रतिनिधी फडिन्द्र भट्टराईले कार्यक्रम संचालन
More

एनआरएनएको युरोप क्षेत्रीय बैठक सुरु (फोटो फिचर)

काठमाडौँ — गैरआवासीय नेपाली संघ -एनआरएनए_ को ११ औँ युरोप क्षेत्रीय बैठक र ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक सुरु भएको छ । लक्जम्बर्गस्थित हिल्टन होटलमा ‘युरोपिय एनआरएनको प्रतिबद्धता– नेपालमा पर्यटक, ज्ञान सीप र लगानी’ भन्ने नाराका साथ बैठक सुरु भएको हो। बैठकको उद्घाटन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायतले गर्दैछन्। बैठकमा सहभागी हुन युरोप क्षेत्रका सबैजसो मुलुक र अन्य देशहरुसहित गरेर करिब ५ सय नेपालीहरु भेला भएको एनआरएनएले जनाएको छ। ‘यसपटकको बैठक नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने छलफल हुने छ,’ एनआरएनएका प्रवक्ता भुुषण घिमिरेले बताए। गैरआवासीय नेपाली दिवस
More

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

काठमाडौं । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर हुनुभएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिनुभयो । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो
More

पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा

मेलबर्न । मेलबर्नमा तीन हप्ता अघि ७ जुलाइमा विमोचित पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेद्वारा लिखित ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रहको बिक्रीबाट उठेको रकमको ५० प्रतिशत न्याभ बाल चौतारी वेष्टलाई प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिएकोमा पुस्तक बिक्रीबाट उठेको सबै रकमा ३०० डलर र बिमोचन कार्यक्रमको मुख्य आयोजक सेभेन एपिक इण्टरटेनमेण्टका तर्फबाट २०० डलर थप गरी ५०० डलर मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा संयोजनकारी भूमिका निर्बाह गरी आयोजित कार्यक्रमका बीच न्याभ बाल चौतारी वेष्टलाई हस्तान्तरण गरियो । नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) को संयोजनकारी भूमिकामा बिगत् १८ महिनादेखि मेलबर्नको पस्चिमी भेगमा सन्चालित “न्याभ बाल चौतारी वेष्ट”ले नेपाली वालवलिकालाई नेपाली भाषा
More