Daily Archives 31st July 2018

दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको छ, ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।” एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याई व्यवस्थापकीय पक्ष सुधारेपछि अहिले हवाई ट्राफिक व्यवस्थापन धेरै गुणा प्रभावकारी भएको मन्त्री अधिकारीको भनाइ थियो । “म पूरै परिवर्तन भयो त भन्दिन तर अध्ययनले पनि देखाएको छ विमानस्थलको प्रभावकारी व्यवस्थापनकै कारण अहिले अन्तर्राष्ट्रिय उडान अपवादबाहेक
More

प्रस्तावित प्रधानन्यायाधीश नियुक्ति विवाद : संसद र न्यायापालिकाबीच द्वन्द्व

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नियुक्तिको विषयलाई लिएर संसद र न्यायपालिकाबीच द्वन्द्व सुरु भएको छ । कानुन व्यवसायीहरुले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भयो भनिरहेका छन् भने संसदमा दुई तिहाई भएको सत्तारुढ दल नेकपाले संविधानले व्यवस्था गरेको समितिले पात्र सही नदेखिएमा दुई तिहाइ बहुमतले अस्वीकृत गर्न सक्छ भनिरहेका छन् । प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सांसद र कानूनका जानकारबीच विवाद देखिएको छ । शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बन्नुभएका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने व नगर्ने विषयमा विवाद भएको देखिएको हो । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर
More

हात्ती दुब्लाएको जस्तै हो, कांग्रेस : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौँमा आयोजना गरेको सरकारविरुद्धको विरोध सभामा बोल्दै कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर नभएको बताएका छन् । उनले कांग्रेसलाई हात्ती दुब्लाएको र कम्युनिस्टलाई बोका मोटाएको संज्ञा दिँदै यी दुबै अवस्था नमिल्दो भएको बताए । ‘कांग्रेस कमजोर भए पनि हात्ती दुब्लाएको जस्तै हो, सानो भयो भन्न मिल्दैन,’ उनले भने, ‘कम्युनिस्ट बोका मोटाएको जस्तो हो, यो कसरी मिल्छ ?’ उनले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन समेत आग्रह गरे । ‘दुई तिहाईको माला जप्दै, रुँदै सत्ता बाहिर निस्कनु पर्ने छ,’ उनले भने, ‘हामीले आन्दोलन चाहेका होइनौं, सरकारले अधिनायकबादी चरित्र देखाएकोले आन्दोलनका लागि बाध्य भएका हौं ।’
More

पहिला प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्नुपर्छ : पौडेल

तनहुँ । प्रमुख प्रतिपक्ष दल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही हुनुपर्ने बताएका छन् । उनले अहिले प्रमाणपत्रको विषय उठाइएको भन्दै अयोग्यलाई सिफारिस गर्ने संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई कारवाही गर्न माग गरे । पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने पनि बताएका छन् । सम्बोधनको पूर्णपाठ : आज हामीले नेपालका ७७ वटै जिल्लामा विरोध र्‍याली आयोजना गरेका छौ । यो विरोध र्‍याली प्रतिकात्मक विरोध र्‍यालीको आयोजना गरेका छौ । यो सरकारले मुलुकलाई कता लादै छ । सरकारले मुलुकलाई कुन दुर्गती तर्फ धकेल्दै छ । लोकतन्त्र विरोधीहरुलाई सचेत गराउन । राष्ट्रको उन्नतीका
More

नेता पौडेल विरोध प्रर्दशनमा

नेपाली काँग्रेस तनहुँले मंगलबार तनहूँको दमौलीमा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : सानेबहादुर नेपाली
More

कण्टेनर दुर्घटनामा तीनको मृत्यु

रसुवा । धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
More

चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सांसदहरुले डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संसोधन दर्ता गरेका छन् । सत्तारुढ दल नेकपाका तर्फबाट सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संशोधन दर्ता गराएका हुन् । यसबाहेक अन्य ५ वटा संशोधन दर्ता भएका छन् । कांग्रेस सांसद गगन थापाले पनि संशोधन दर्ता गरेका छन्। कांग्रेसकै भरत गौतम र सञय कुमार गौतमले पनि संशोधन दर्ता गराएका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीका अनिलकुमार झा, नेकपाका गंगा चौधरी सत्गौवा, लक्ष्मीकुमारी चौधरी र आशाकुमारी विकले पनि संशोधन विधेयक दर्ता गरेका छन्। त्यस्तै कांग्रेसका भरतकुमार साह र दिलेन्द्र प्रसाद बडुले संशोधन
More

मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि

काठमाडौं । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३-७४ को तुलनामा आव २०७४-७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो । आव २०७४-७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३-७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२-७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएका थिए । आव २०७४-७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती
More

बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

काठमाडौं । पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बिपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ । कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण
More