Daily Archives 4th August 2018

महिला पत्रकारहरु

क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे सुर्खेत शाखामा रहेका पत्रकार महिलाहरु । शनिबार शाखाको पाँचौ अधिवेशनबाट लक्ष्मी भण्डारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ ।
More

रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो । गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप एन्फाले लिग सञ्चालनका लागि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक शर्माको संयोजकत्वमा समिति गठन ग-यो । समितिले क्लबसँग विभिन्न चरणमा गरेको छलफलपछि लिग शुरु हुने मितिसमेत तय गरेको हो । ‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउने लिग
More

तीन जना विद्यार्थी हिमतालमा बेपत्ता

सोलुखुम्बु । शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी सोलुखुम्वुको गोक्यो हिमतालमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ वर्षीय तेम्वा दोर्जे शेर्पा, १६ वर्षीय टेम्मा नुरु शेर्पा र १६ वर्षीय सुनिल बराइली रहेका छन । खुम्वु पासाङल्हामु गाउँपालिका ४ अवस्थित खुम्जुङ माविको कक्षा ९ मा अध्ययरत ३३ विद्यार्थी बिहीबार शैक्षिक भ्रमणको लागि गोक्यो गएका थिए । उक्त ताल विद्यालयबाट पुग्न २ दिन लाग्छ । उनीहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि हेलिकप्टर गए पनि थप सम्पर्क हुन नसकेको बताइएको छ ।
More

सरकारले न्यायालयलाई ‘लाचार छायाँ’ बनाएको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले सरकारले न्यायालयलाई लाचार छायाँ बनाएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले न्यायालय नियन्त्रणमा लिने प्रयासमा सरकार लागेको आरोप लगाएको हो । संसदीय सुनुवाइ समितिमा गरिएको निर्णयले राज्यका सबै अंगलाई सरकारले सत्ताको मातहतमा राख्न खोजेको देखिएको निचोड कांग्रेसले निकालेको हो । संसदीय समितिमा कांग्रेसले बहिष्कार गर्नुपरेको विषयमा सांसदहरुले नेताहरुलाई जानकारी गराएका थिए । संसदीय समितिले प्रधान्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गर्दा कांग्रेसले बैठक बहिष्कार गरेको थियो ।
More

मुलुकी देवानी र अपराध संहिता ऐन उपयुक्त

काठमाडौं । मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐन सरल र सामाजिक न्यायका लागि उपयुक्त रहेको बताइएको छ । उक्त ऐन आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । ती ऐनका बारेमा लेखापढी कानून व्यवसायीलाई जानकारी दिने उद्देश्यले नेपाल बार एशोसिएशन र नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताले सबै नागरिकमा सर्वसुलभ कानूनको पहुँच पु-याउन पछिल्ला ऐन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खाँतीले अपराधीलाई सजाय दिन र निरपराधीलाई संरक्षण गर्न यो ऐन महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका अध्यक्ष सीताराम
More

अल्डरसटबाट एक महिना देखि बेपत्ता पूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिए

लण्डन । बेलायतको अल्डरसटबाट करिब एक महिना अघि बेपत्ता भूतपूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिएका छन् । ७४ वर्षीय पूर्व गोरखा सैनिक धनपति राई गत महिनादेखि सम्पर्कविहीन भएको स्थानीय ह्याम्पसायर प्रहरीले जनाएको थियो । रसमोर ग्रेटर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासेका अनुसार उनलाई शुक्रवार प्रहरीले सरे एरियामा मृत अवस्थामा भेटेको हो । विस्तृत विवरण आउन बाँकी छ । लामो समय देखि राई साथीभाइ र परिवारजनसित सम्पर्कविहीन हुँदा उनको खोजीमा प्रहरीको लागि चुनौति बनेको थियो । उनको खोजीमा स्थानिय प्रहरी, सेना र कुकुरको समेत प्रयोग गरिएको थियो ।
More

एनआरएनए स्कटल्यान्ड राज्य समिति खारेजीको माग (अडियो)

कृष्ण देवकोटा । ग्लास्गो– गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको स्कटल्याण्ड राज्य समिति गठनसँग विवादमा परेको छ । समिति गठन गर्न गत सोमवार स्कटल्यान्डमा भेला आयोजना गरिएको थियो । उक्त भेलाले समिति गठन गर्न नसकेपछि भोला खनाललाई संयोजक तोकियो । संघले एकपक्षीय रुपमा २१ सदस्यीय तदर्थ समिति गठन गरेपछि विवाद सुरु भएको हो । समिति घोषणा गरेसँगै अधिकाशले राजीनामा दिन थालेको नवगठित समिति सदस्य कृष्ण देवकोटाले जानकारी दिए । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपानेद्वारा एनआरएनएका प्रमुख संरक्षक, संरक्षक र सल्लाहकारलाई सम्वोधन गर्दै पत्र लेखेका थिए । उक्त पत्र स्कटल्याण्ड राज्य समिति गठन गर्न बनाइएको भाइभर
More

मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

पर्वत । दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका साथै नेपालमै रहेका केही व्यक्तिले रू दुईलाख ५५ हजार संकलन गरी शुक्रबार पीडित महिलाको परिवारलाई हस्तान्तरण गरेका हुन् । अहिलेसम्म दुर्लुङ समाज यूकेबाट रु एक लाख १७ हजार ६०० र दुर्लुङ सम्पर्क समाज हङकङबाट रु एक लाख २७९ हजार, पूर्वमन्त्री क्षेत्रबहादुर गुरुङबाट रु सात हजार, बिहादी गाउँपालिका बाच्छा निवासी (हाल साउदी) सुमन सिलवालबाट रु २० हजार, रामबहादुर गुरुङबाट रु १० हजार सहयोग प्राप्त भएको
More

राज्यमन्त्री र मेयरलाई पक्राउ गर्न गिरफ्तार गर्न अदालतको पत्र

जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको छ । उच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले फरार सबै आरोपीलाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालय प्रमुखको नाममा फैसलासहित पक्राउ गर्न पत्राचार गरिएको बताए । साउन १७ गते उच्च अदालतले हुलाकमार्फत पठाएको गिरफ्तार गर्ने पत्र जिल्ला प्रहरी कार्यालयले साउन १८ गते दिउँसोसम्म प्राप्त गरेको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले उच्च अदालतको पत्र प्राप्त नभइसकेको बताए । ‘पत्र प्राप्त
More

कर्मचारीको भत्ता रकम बृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कर्मचारीको भत्ता, पोशाक खर्च तथा जीवन बीमांक रकम वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले उल्लेख गरेअनुरुप सरकारले कर्मचारीको रकम वृद्धि गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको सुविधामा बढोत्तरी गरेसँगै कर्मचारीको बार्षिक पोशाक भत्ता १० हजार रुपैयाँ रहनेछ । अहिले पोशाक भत्ता बापत ७ हजार ५ सय रुपैयाँ रहँदै आएको थियो । मन्त्रिपरिषदले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरुको सरुवाको निर्णय पनि गरेको छ । जसअनुसार कार्यविभागमा अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई कार्यविभाग तथा सीमा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ । अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा सरुवा गरिएको छ
More