Daily Archives 5th August 2018

गंगामायाका छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा

काठमाडौ । नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ ।लामो समयदेखि सम्पर्कविहिन अधिकारी आफैले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरीमा खबर गरेपछि नियन्त्रणमा लिइएको हो । कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनशन बसेकै क्रममा नुरप्रसाद लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्।पतिको निधनपछि पनि दोषीलाई कारबाही माग गर्दै आमा गंगा माया अनशन बसेकी थिइन् । उनको अनशन पनि यही असार ३० गते तोडिएको थियो । सरकारले दुई बुँदे सहमति
More

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । शेयर बजारमा आज सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ । कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आज पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ । यस्तै होटल ४.२४,
More

फोटो प्रदर्शनी अवलोकन

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह पिजे क्लबद्वारा नेपाल कला परिषदमा आयोजित उत्कृष्ट तस्बिरको प्रदर्शनी आइतबार अवलोकन गर्दै । तस्बिर : रोशन सापकोटा
More

बलात्कारको आरोपमा होटल संचालक पक्राउ

कैलाली । तेह्र बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा कैलालीमा एक होटल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका तीन चिसापानीस्थित पुजा होटलका संचालक बसन्त बुढा रहेका छन् । साउन सत्र गते भाञ्जी नाता पर्ने तेह्र बर्षिय बालिकालाई होटलको बाथरुममा बलात्कार गरेको उजुरी आफन्तले दर्ता गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक बयानमै बुढाले बलात्कार गरेको स्विकार गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । थप अनुसन्धानका लागि पक्राउ परेका बुढालाई जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको छ । कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण विहीबार घटेको घटना शनिबार बालिकाले आमालाई भनेपछि मात्रै सार्वजनिक भएको प्रहरीको
More

जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो, उद्धार कार्य जारी

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटी बजारमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा एकै परिवारका ४ सहित ९ जनाको मृत्यु भएको हो । पहिरोले लालबहादुर लोहारका श्रीमती, तीन छोरी र तिर्थ बोहरको छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा लोहरकी श्रीमती सितली, छोरीहरु रञ्जना, मनिषा र भगवती रहेका छन् । त्यस्तै बोहराको छोरी नोजमा बोहराको पहिरोमा परिएर मृत्यु भएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरो आउँदा तिर्थको घरमा डेरा गरि बस्ने लालबहादुरको परिवार पुरिएको हो । लालबहादुरको भने जिवित्तै उद्दार गरिएको छ । उनको जिल्ला
More

कुलचन्द्र गौतमको जिवनीमा आधारीत पुस्तक प्रकाशन हुदैं

काठमाडौं । नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पु-यायो । एक्काइसौं सताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो । अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे । मध्यपहाडी जिल्ला गुल्मीको एउटा कमै सुनिएको गाउँबाट उठेका ती मानिसले कसरी त्यहाँसम्मको यात्रा तय गरे ? के कस्ता चूनौतिहरु सामना गरे ? र, अहिले नेपाली समाजले उनीबाट के कस्ता लाभहरु लिइरहेका छन् ? यी तमाम जिज्ञासाहरुको उत्तर दिनका निम्ति पब्लिकेशन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै नयाँ पुस्तक प्रस्तुत गर्नेभएको छ– ‘ग्लोबल
More

सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय
More

देउवाविरुद्ध कांग्रेसकै विश्व सञ्जाल गठन

लण्डन— नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ । नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ । विश्वभरका ३२ देशमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एउटै छातामा ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको दावी उनीहरुले गरेका छन् । विष्णु सुवेदीको अध्यक्षमा घोषित सो समितिलाई उनीहरुको माऊ पार्टी नेपाली कांग्रेसले मान्यता नदिने बुझिएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिले जनसम्पर्क समितिको विश्व सञ्जाल गठन भएको समाचार गलत भएको बताए । उनले आफ्नो सामाजिक सञ्जाल टुइटरमार्फत् उनले विभिन्न
More

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघको घोषणा

न्यूयोर्क । विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (अाइएनजेए) गठन गरेका छन् । अमेरिकाको डीसी महानगर क्षेत्रबाट उनीहरूले अइएनजेएको घोषणा गरेका हुन् । गुणराज लुइटेलको अध्यक्षतामा संघ गठन गरिएको हो । बोर्ड अफ ट्रस्टिमा रामचन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्यायसमेत रहेका छन् । उपसभापतिहरुमा सुनिलमणि दाहाल (अमेरिका), बिष्णु शितल (अमेरिका), टंक पन्त (एसिया), मनऋषि धिताल (अस्ट्रेलिया), अनुराधा पौडेल (युरोप) र डा.किस्मत भण्डारी (क्यानडा) रहेका छन् । यसैगरी महासचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल र कोषाध्यक्षमा बाल्टिमोरका सिर्जना ताम्राकार चयन भएका छन् । संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा र
More

सुनिता अधिकारीले ल्याइन् नाचौँ नाचौं लाग्ने तीज गीत ‘क्यारम मायालाई’ (हेर्नुस् भिडियो)

काठमाडौँ । लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् । पानको मिसीको सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् । शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन् । प्रकाश भट्टको कोरियोग्राफी आकर्षक छ । यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको
More

मेयर बिध्या सुन्दर शाक्यसंग जापानमा अन्तरक्रिया

कुमारबज्र । टोकियो ।जापान भ्रमणमा रहनुभएका काठमाण्डौ महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्य तथा जापानमा रहेका नेपालीहरु विच अन्तरक्रिया,स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मेयर शाक्य फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान आईपुग्नु भएको हो । जापानको फुकुओकामा एसिया प्यासिफिक सिटी समिट(२०१८ को कार्यक्रममा सहभागि हुन फुकुओका आउनु भएका मेयर शाक्य संगको उक्त कार्यक्रम वर्ल्ड नेवास्अर्गनाइजेसन जापानको व्यवस्थापन र क्युस्यु कार्यसमिति द्वारा अगस्त ३ तारेख शुक्रवार श्री गणेश रेस्टुरेन्ट हकातामा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै काठमाण्डौका मेयर शाक्यले नेपालीले विदेशमा मिहिनेत गरिरहेको उल्लेख गर्दै नेपाली श्रम, सीप र पुँजीलाई नेपाल भित्र्याउन आफूले पनि पहल गर्ने प्रतिवद्धता जनाए । समिटमा
More

वेलायतवासी नेपालीको लागि जीनर्जीमा लगानीको अवसर

लण्डन । भूतपूर्व गोर्खा समुदायद्वारा स्थापित एउटा स्वतन्त्र उर्जा कम्पनी जीनर्जीले बेलायतमा बसोबास गरिरहेका सबै गोर्खा तथा नेपाली समुदायलाई आफ्नो कंपनीमा लगानी गर्न आह्वान गरेको छ। शनिबार फार्नबरोमा आयोजित एक पत्रकार संमेलनलाई संबोधन गर्दै कंपनीका अध्यक्ष सेवानिवृत्त मेजर कुलबहादुर थापाले जीनर्जी नेपालीकालागि नेपालीले खोलेको कंपनी भएको बताए। उनले बेलायतमा बसोबास गर्ने झण्डै ११,००० घरपरिवार कंपनीको ग्राहक बनीसकेको बताउँदै कंपनीले गत आर्थिक वर्षमा एक करोड २० लाख पाउण्ड बराबरको कारोबार गरेको जानकारी दिए। उनले आफ्नो कंपनीको शेयर अहिले धितोपत्र बजारमा प्रति शेयर १२ पेन्समा बिक्री भैरहेको बताउँदै लगानीकर्ताहरुकालागि जीनर्जीमा लगानी गर्न अहिले सुनौलो अवसर भएको पनि बताए। झण्डै चार वर्ष अघि
More

नारायणगढ–मुग्लिन अवरुद्ध सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।
More

युएईमा आममाफी : २ दिनमा २४ नेपाली घर फर्किए

युएई । युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् । विभिन्न कारणले गैरकानुनी रुपमा युएईमा बस्दै आएका २४ जना नेपाली प्रक्रिया पुरा गरि नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ ।नेपाल फर्कने २४ जनामध्ये ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन । साथमा पासपोर्ट नहुनेहरु दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ भने राहदानी हुनेहरु युएईले दिएको आउटपास लिएर नेपाल फर्किन सक्छन् । अवैधानिक रुपमा बसिरहेका नेपालीहरु युएईले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै धेरैजसो भिसा लगाएर बैधानिक बन्ने प्रयासमा
More

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती, छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।
More

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

वालिङ । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उहाँको निधन भएको हो । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिनुभयो । एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।
More

पहिरोले एक बालकको मृत्यु

धादिङ – पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ । घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ । अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ । रासस
More

अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द

गाईघाट, उदयपुर – जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ । औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिँदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द हुँदै आएको हो । गाईघाटका सेवाग्राही राजकुमार राउत भन्छन्, “आफू ग्याष्टिक र सुगरको बिरामी भएकाले औषधालयमा पञ्चकर्म सेवा लिन दैनिक बिहान आउने गरेको थिएंँ, अहिले अचानक सेवा बन्द हुँदा आफूलगायत पचासौं सेवाग्राही निराश भएका छौँ ।” सिरहा कचनारीबाट औषधालयमा सेवा लिन आएका अर्का सेवाग्राही कृष्णदेव यादवको पनि गुनासो उस्तै छ
More

पत्रकारिता तालीम समापन

बुटवल – बुटवल उपमहानगरपालिका र पानस फाउण्डेशन नेपालद्वारा संयुक्तरुपमा सञ्चालित पत्रकारिता तालीम आज यहाँ सम्पन्न भएको छ । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रशिक्षार्थी प्रमाणपत्र वितरण गर्दै सञ्चारकर्मीले सत्यतत्य एवं इमान्दारीका साथ जनतालाई सुसूचीत गरी पत्रकारिता पेशाको मर्यादा कायम राख्नुपर्ने बताउनुभयो । पानस नेपालका सचिव प्रदीप आचार्य र सञ्चारकर्मी इन्दिरा अर्यालले पत्रकारिता पेशालाई मर्यादित बनाउँदै जनताको हकहित तथा महिला अधिकारका विषयमा कलम चलाउन आग्रह गर्नुभयो । एकमहिने उक्त तालीममा महिला र पुरुष गरी ३० जनाको सहभागिता थियो । रासस
More

तालमा डुबेर तीन विद्यार्थी बेपत्ता

सोलु, सल्लेरी – शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अन्दाजी १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, अन्दाजी १६ वर्षीय पेम्बा नुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय सुनील बराइली रहेका छन् । घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ सिम्रिक एयरको हेलिकप्टरमार्फत स्थानीयसहित प्रहरी चौकी खुम्जुङबाट खटिएको
More