Daily Archives 6th August 2018

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

नारायण रिमाल । टोकियो – जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ। शनिवार राति तोचिगी प्रिफेक्चरको उचुनोमिया स्टेशन नजिक टहलीरहेको अवस्थामा काभ्रेका विवेक गौतम र उनका साथी झापा निवासी अजय मेक्षेमाथि छुरा प्रहार भएको हो। रातको करिव पौने १ बजेतिर ३-४ जनाको समूहमा आएका भियतनामी युवाहरु मध्यका एक जनाले अन्धाधुन्ध छुरा प्रहार गरेका थिए। छुरा प्रहार गर्नेसंगै आएका अन्य भियतनामीहरुले रोक्न खोज्दाखोज्दै र नेपाली युवाहरुले ज्यान
More

नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया

पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०“ विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को कार्यक्रम टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्त ५ तारिख आईतवार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल हुनुहुन्थ्यो भने विशेष अतिथिको रुपमा संस्कृति तथा पर्यटन मन्त्रालय का उप सचिव पुस्प कटवाल रहनु भएको थियो। अन्तरक्रिया कार्यक्रमलाई दुई भागमा सञ्चालन
More

विश्व नेपाली साहित्य सम्मेलन १२ अगष्टका दिन क्यान्टवरीमा हुदै

गत ४ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य सम्मेलनका आयोजक तथा ब्यवस्थापक समितिले एक पत्रकार सम्मेलन गरि आउदो १२ अगष्टको दिन युकेको सबैभन्दा पवित्र साहित्यिक भूमि क्यान्टवरीमा सम्मेलन हुने कुरा जानकारी दिएका छन् । महासङ्घ केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएको २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा यो सम्मेलन हुने भएको हो । महासङ्घको विभिन्न मुलुकका प्रतिनिधी, नेपालबाट यस सम्मेलनको निम्ति आमन्त्रित प्रोफेसर तुलसी दिवस, प्राडा गोविन्द भट्टराई लगायत, प्राडा. नोवलकिसोर राई, समालोचक खगेन्द्र संग्रौला, भारतीय हिन्दी साहित्यकार तेजेन्द्र शर्मा, जर्मन प्रोफेसर बि च्यान्लरको उपस्थिती रहने छ । सम्मेलन क्यान्टवरी
More

गल्कोट समाज युकेको अध्यक्षमा राजु कंडेल निर्विरोध

कृष्ण देवकोटा । ग्लास्गो । गल्कोट समाज युकेको अध्यक्षमा राजु कंडेल निर्विरोध भएका छन् । समाजको वर्मिंघम स्थित युउ ट्री रेस्टुरेण्ट एण्ड वारको सोमवार सम्पन्न अधिवेशनले कंडेललाई निर्विरोध चयन गरेको हो । यस्तै उपाध्यक्षहरु भोज राज कंडेल, गोविन्द राम ,तुलक रेग्मी, सचिव दिलाराम गौतम, सहसचिव सुजन गौतम ,कोषाध्यक्ष चन्द्र शाहनी, सहकोषाध्यक्ष लिलवहादुर खत्री र सदस्यहरु क्रमश पुष्प उप्रेति,वद्री गौतम, राम थापा, सुरेश भन्डारी,किसान खत्री,विष्णु श्रेष्ठ ,श्याम खत्री, शुशिला गैरे, राजुसाहनी, रन्जीला साहनी ,दिलाराम गैरे, देवीलाल गैरे, रुद्रलाल गैरे,थमन खड्का ,लक्ष्मण भण्डारी,जीवन भन्डारी, तोरण राज मल्ल, दुर्गा खड्का ,मंगला वस्नेत, धनवगादुर क्षेत्री, दीपक साहनी, डिम्पालाल गैरे र धन वहादुर केसी चयन
More

यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै

काठमाडौं । राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास तथा प्रविधि समितिको आजको पहिलो बैठकमा उपस्थित केही सांसदले यस्तो गुनासो गर्नुभयो । यस्तो समस्या व्यवस्थापिका–संसद्को विकास समितिमा पनि सांसदहरुले राख्ने गर्नुभएको थियो । सांसद दुर्गा पौडेलले राजधानीकै सडक हुन् कि धान रोप्ने खेतका गरा छुट्याउन अप्ठ्यारो पर्ने गरेको बताउनुभयो । जिल्ला जिल्लामा बिना योजना सडक निर्माण गर्दा वर्षामा पहिरो गएर गाउँ नै बगाइरहेकाले विकासका काम गर्दा ध्यान दिन सरोकार भएका निकायलाई सचेत गराउन उहाँले माग गर्नुभयो । “यातायात एकाधिकार कागजमा मात्र
More

एउटै वडाका १६१ महिला इराकमा

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो । गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ । सो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँगेर बसेका छन् । एउटै घरबाट नन्द,
More

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ । इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए । सिलिङ्गस
More

विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताउनुभएको छ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताउनुभएको हो । फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान जानुभएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी हुनभएको थियो । सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो । शहरमा हुनुपर्ने न्यूनतम आधार, विकासका सूचकलगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सममेलन महत्वपूर्ण भएको शाक्यले बताउनुभयो । प्रमुख शाक्य यही साउन १५ गते त्यसतर्फ जानुभएको थियो ।
More

प्रहरी इन्काउन्टरमा अपहरणकारीको मृत्यु

काठमाडौं । काँडाघारीबाट आइतबार अपहरणमा परेका बालक मृत अवस्थामा फेला परेका छन् । ११ वर्षीय बालक निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरण गर्ने दुई जनालाई पनि प्रहरीले इन्काउन्टर गरेको छ । प्रहरीको इन्काउन्टरबाट अपहरणमा संलग्न अजय तामाङ र गोपाल तामाङ घाइते भएका थिए । उनीहरुको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा भक्तपुरको ठिमीमा दोहोरो फायरिङ भएको हो। उनीहरु आइतबार दिउँसो नै बालकको आमाले सञ्चालन गर्ने खाजा पसलमा आएर बसेका थिए। साँझ बच्चालाई घुम्न भनेर लिएर गई अपहरण गरेका थिए । अपहरणपछि उनीहरुले ४० लाख फिरौती मागेका
More

श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली

बाँके । एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले कारागारमा रहेकाले उनका छ छोराछोरी बिचल्लीमा परेका हुन् । उनले झारफुक गर्न जाने भन्दै श्रीमतीलाई तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेका थिए । हाल टुहुरा जस्तै बानेका उनीहरु जहाँ जान्छन् त्यहीँ खान्छन् । कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोरोले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाको भाइबुहारी आसरा खानले बताउनुभयो । “गरिबीका कारण आफ्नै ज्यान त पाल्न गाह्रो
More