Daily Archives 8th August 2018

नेपाली नागरिकता त्यागेर मात्र ‘एनआरएन नागरिकता’ पाइने

लन्डन । गैर आवासीय नेपाली नागरिक (एनआरएन) लाई दिने भनिएको एनआरएन नागरिकता   पाउन साविकको नागरिकता पहिला त्याग गर्नु पर्ने भएको छ । सरकारका तर्फबाट गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार संसदमा दर्ता गराएको नागरिकता सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयकमा एनआरएनले नागरिकता पाउन त्यस्तो व्यवस्था गरिएको हो। २०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरे बमोजिम विधेयकमा उक्त व्यवस्था गरिएको हो। एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण जुटाउनु पर्ने छ । नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने
More

चित्त नबुझे अनुशासन समितिमा जान एनआरएन केन्द्रिय सदस्य सिम्खडाको चुनौती

लन्डन । गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकमा आसन र भासण पर्याप्त नपाएको भन्दै बिरोधपत्र जारी गर्ने एक समूहलाई चित्त नबुझे अनुशासन समितिमा जान सुझाइएको छ । संघका केन्द्रिय सदस्य रामशरण सिम्खडा एक पत्र मार्फत सो सुझाव दिएका हुन् । सिम्खडाद्वारा जारी पत्र जस्ताको तस्तै विगत १५ बर्षको ईतिहासमा गैरआवासीय नेपाली संघ भरपर्दो र प्रवासमा रहने सबैले आशाको नजरले हेरिने संगठनका रुपमा विकसित भएको छ । त्यसमा धेरै अग्रजको पसिना त सिँचित छ नै वर्तमानका जुझारु नेतृत्वको पनि कठोर मेहनत संलग्न छ । प्रायः कार्यक्रमपश्चात् सबै खाले टिकाटिप्पणी आउँछन् त्यसलाई सकारात्मक र सुधारको लागि ग्रहण गर्नु आयोजकको कर्तव्य ठहर्दछ ।
More

एनआरएन मध्यपूर्व अगष्ट २३–२५ सम्म हुने

यूएई, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्वको सम्मेलनको तयारी युएईमा तीब्र भईरहेका आयोजक समितिले बताएको छ । आगामी अगष्ट २३–२५ सम्म हुने सम्मेलन बैदेशिक रोजगारिको समस्याहरुको बिषयमा केन्द्रीत हुने बताईएको छ । सम्मेलन युएईको ब्यापारिक शहर दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने आयोजकले बताएको छ । एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई कार्य बाँडफाँड गर्दै विभिन्न उपसमिति निर्माण गरेको छ । जसका लागि मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरु सक्रिय रहेका छन् । अहिलेको मध्य पूर्व भेलाले श्रमिक र मध्य पूर्वका समस्याका बारेमा ठोस कुराहरु सरकारसम्म पु¥याउँदै समस्या समाधानमा पहलकदमी लिन सक्ने सम्भावानाको रुपमा समेत हेरिएको
More

गौतमको जीवनी विमोचित

काठमाडौं,। कुलचन्द्र गौतमको जीवनी पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएको विश्व नागरिक) मंगलबार सत्यमोहन जोशीद्वारा विमोचन भएको छ । दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमलाई सम्झने क्रममा वक्ताहरुले यो दुइ ठाउँबीचको दुरीलाई अथ्र्याउँदै गौतमले पु¥याएका योगदानको चर्चा गरेका थिए । कार्यक्रममा गौतमलाई उतिबेलाको गुल्मीवासी, संयुक्त राष्ट्रसंघको उच्च ओहदामा आसिन कर्मचारीदेखि लिएर काठमाडौंमा नागरिकसमाजको अगुवाका रुपमा चिन्ने व्यक्तित्वहरुको होटल हिमालयमा बाक्लो उपस्थिती थियो । वक्ताहरु पनि यी तीनवटै ठाउँको प्रतिनिधित्व गर्थे । ‘पुस्तक पढ्दा महिला तथा वालवालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष
More

एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा हुने

कम्पाला, युगान्डा – गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा यहि डिसेम्बर २९ र ३० मा अायोजना हुने भएको छ। दुई दिन सम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम, नेपाली साहित्य गोष्ठी, र सास्कृतिक कार्यक्रम आयोजना हुने र दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण, अफ्रिकाको बाटो बाट हुने नेपाली मानव तस्करी, केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्विकृती, पासपोर्ट नविकरण आदिको समस्या र सामुहिक लगानी, नेपाल र अफ़्रिकिन देश बिच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने एनसीसी युगान्डाका
More

कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नेविसंघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न काँग्रेसले गठन गरेको संयन्त्रअनुसार निर्वाचित भएको मितिले आगामी भदौ २ गते केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुँदैछ । महाधिवेशन हुन सक्नेगरी पर्याप्त तयारी नभइसकेको सन्दर्भमा संघको विधानमा उल्लेखित प्रावधानअनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था छ । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले सो प्रावधान लागू गर्नुपर्ने आवश्यकताअनुरुप कार्ययोजना पेश गर्न आज निर्देशन दिएको पार्टीले जनाएको छ ।
More

बलाधिकृत थापाले बिहीबारदेखि कमाण्ड सम्हाल्दै

काठमाडौं । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै हुनुहुन्छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नुहुनेछ । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लाग्नुभएको हो । बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ । विसं २०१७ भदौ २५ गते गाउँ शहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।
More

उज्वलको ‘रातै छ चोली’

काठमाडौं– गायक तथा संगीतकार उज्वल थेबे लिम्बूको पछिल्लो गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीतजस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ लोक फ्लेवरको गीत हो । लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील रहेका उज्वलले यसपटक फरक स्वाद पस्कन डान्सिङ शैलीको गीत ल्याएको बताए । नेपाली चलचित्रहरुमा समेत संगीत गर्दै आएका उज्वलको सार्वजनिक भएको ‘रातै छ चोली’मा शब्द तथा संगीत पनि उनैको रहेको छ । ‘रातै छ चोली’ गीतको भिडियोलाई राजेन्द्र थेबेले निर्माण गरेका हुन् । पेमा तामाङले निर्देशन गरेको उक्त गीतको भिडियोमा मोडल विशाल सेनेहाङ लिम्बू र सुस्मिता नाछिरिङ राईलाई फिचरिङ गरिएको छ
More

मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा

काठमाडौँ – दश वर्षको अवधिमा चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गाैला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गर्नुभएको थियो । प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या आठ रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ । अस्पतालले आर्थिक अभावका कारण
More

नेकपा सचिवालय बैठक : जिल्ला र भ्रातृ संस्था एकीकरणको मापदण्ड बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन बिस्तारका बारेमा छलफल भएको छ । सचिवालय बैठकमा जिल्ला र भ्रातृ संस्था एकीकरणको मापदण्ड तयारीबारे छलफल भएको थियो । तर त्यसबारे कुनै निष्कर्ष निकाल्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयका बारेमा बैठकलाई जानकारी गराएका थिए । बैठकमा सांगठनिक एकीकरण टुंग्याउन कार्यसूची निर्माणका बारेमा पनि छलफल भएको थियो । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले अर्को बैंठक बिहिबार बस्ने र पार्टीको स्थायी समिति बैंठक चाडै डाँक्ने निर्णय भएको जानकारी दिए । बैठकमा सरकारले
More