Daily Archives 12th August 2018

स्ट्याण्डवेल नेपाली समाजको भेला आगामी शनिवार

लण्डन । लण्डनस्थित सेर्फटन काउन्सिल अन्तरगर्त स्ट्याण्डवेल क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको भेला हुने भएको छ । लण्डनस्थित हित्रो विमानस्थल देखी करिब १ माइलको दुरीमा रहेको सो क्षेत्रमा नेपाली समुदायको उपस्थित बढ्दै गए पछि त्यहाँस्थित नेपालीहरुले एक आपसमा चिनजान गर्ने उदेश्यले भेलाको आयोजना गरेका हुन् । आयोजक मध्य एक टिका लिम्बुका अनुसार सो भेला स्ट्याण्डवेल हाईस्ट्रिटमा अगष्ट १८ तारिख, शनिवार हुन लागेको हो । ‘पहिलो पटक भेटघाट गर्ने योजना वनाएका छौं एकअर्का बीच चिनापरिचय गर्नेनै मुख्य उदेश्य हो’ लिम्बुले भने । ‘आगामी दिनमा सो क्षेत्रमा रहेका नेपालीहरुलाई कसरी संगठित गर्ने भन्ने वारेमा भेलामा छलफल हुने जानकारी लिम्बुले दिएका छन् ।
More

धादिङ-नुवाकोट समाज युके वार्षिक भेटघाट (फोटो फिचर)

लण्डन । धादिङ र नुवाकोट जन्म भई बेलायतमा बसोवास गर्दै आएका नेपालीको साँझा संस्था धादिङ–नुवाकोट समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । लण्डनस्थित साउथ ह्यारो फुटवल कल्वमा धादिङ नुवाकोट समाजले विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो । बिगत ११ बर्ष देखी कृयाशिल यस संस्था केहि बर्ष देखी अत्यन्तै सकृय सामाजिक संस्थाको रुपमा स्थापित छ । कार्यक्रममा धादिङ र नुवाकोटमा जन्म भई बेलायतलाई मुल कर्मथलो बनाएर बसोवास गर्नेहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । भेटघाट कार्यक्रममा धादिङ नुवाकोट समाजका अध्यक्ष चोक तामाङले आफ्नो जन्मभुमिको सम्झाना र सम्मान सो कार्यक्रमको आयोजना गरेको वताए । कार्यक्रमका प्रमुख अतिथि बेलायतका
More

साहित्यकार डा. शर्मा सम्मानित

वीरगन्जमा आइतबार आयोजित नेपाल–भारत साहित्य महोत्सव २०१८ को उद्घाटन समारोहमा भारतका वरिष्ठ साहित्यकार डा. योगन्द्रनाथ शर्मा (बायाँ) लाई कदरपत्रले सम्मानित गर्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत । तस्बिर: बिजय कुमार महतो
More

एमबीबीएस ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत चिकित्सक फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको ‘एमबीबीएस’तर्फको चिकित्सक दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलका अनुसार ७ सय ७६ जनाले एमबीबीएसतर्फको ‘लाइसेन्स’ परीक्षा दिएकोमा १ सय ८९ जना मात्रै उत्तिर्ण भएका हुन् । परीक्षामा सहभागी परीक्षार्थी पुरानै भएकाले पनि यो पटक सबैभन्दा धैरै फेल भएको अनुमान गरिएको छ । शनिवार नै काउन्सिलले लिएको ‘बीडीएस’तर्फको परीक्षामा भने ५७.४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ‘बीडीएस’मा १ सय २७ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तिर्ण भएका हुन् । औपचारिक अध्ययन पुरा गरेका चिकित्सकहरु लाइन्सेन्स परिक्षामा अनुत्तिर्ण हुनुले मेडिकल शिक्षाको गुणस्तरमै प्रश्न उठेको छ ।
More

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ । स्टकका अनुसार आज कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार
More

केही सञ्चार माध्यमले दायित्व भुलेर जथाभावी गरे : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै खतरा नहुने बताएका हुन । लोकतन्त्रकै लागि नेकपा स्थापना भएको, आफू १४ वर्ष जेल बसेको भन्दै उनले लोकतन्त्रलाई खतरामा पर्न नदिने प्रतिबद्धतासमेत जनाए । प्रधानमन्त्री ओलीले माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको गुनासो पनि गरे । नेकपाको सरकारले लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन नगर्ने भन्दै त्यो कुरा मिडियाले पनि बुझ्न आवश्यक रहेको उनको भनाइ
More

महानगरपालिकाको कार्यालयमा प्रेसरकुकुर बम विस्फोट

बिराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कार्यकक्षमा आज दिउसो बम बिस्फोट भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडी प्रेसरकुकर बम विस्फोट भएको हो । विस्फोटबाट नगरप्रमुखको कार्यकक्षमा रहेको दराज, सोफा लगायतमा क्षति पुगेको छ । कार्यालय भवनको झ्यालका सिसा फुटेका छन् भने नगरप्रमुख पराजुलीले चढने गरेको को १ झ ४९४ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । विस्फोट हुँदा महानगर प्रमुख पराजुलीको कार्यकक्षमा उपप्रमुख इन्दिरा कार्की लगायत केही जनप्रतिनिधि र सेवाग्राहीसँग छलफल गरिरहेका थिए । सेवाग्राहीसँग छलफल गरिरहेको समयमा एक्कासी ठुलो आवाजमा विस्फोट भएपछि मानवीय क्षति भने नभएको नगरप्रमुख पराजुलीले जानकारी दिए । विस्फोट कसले गराएको हो भन्ने खुलेको
More

विप्लव समूहका प्रवक्तालाई रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपाका स्थायी समिति सदस्य रहेका रहेका प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगंगाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट दायर गरेका हुन् । उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका छन् । विकले रिटमा विना पूर्व जानकारी, विना पूर्जी पक्राउ गरी राजनीतिक आस्थाका अधारमा चन्दा सम्बन्धी झुट्टा
More

जनप्रतिनिधि श्रमदानमा

बागलुङ – झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक मर्मतमा निस्किए । जनप्रतिनिधिलाई कर्मचारी, शिक्षक, गाउँका अगुवा र सर्वसाधारणले साथ दिए । महिनामा एक दिन श्रमदान गर्नुपर्ने गाउँसभाको नीति कार्यान्वयन गर्न गाउँपालिका अध्यक्षदेखि स्थानीयवासी श्रममा खटिएका हुन् । गाउँपालिका केन्द्रदेखि वडा नंं दुईको कमेरे डाँडासम्मको करीब चार किमी सडक मर्मतसुधार गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । शहीद मार्गमा पर्ने उक्त सडकमा सम्याउने, नाली काट्ने, खाल्डाखुल्डी पुर्नेलगायका काम गरिएको छ । “दिनभर एक सय जनाभन्दा बढी श्रममा खटिनुभयो,’ अध्यक्ष घर्तीले भन्नुभयो, “विकास, निर्माणको काममा जनसहभागिता जुटाउन श्रमदानको नीति ल्याएका हौँ ।” सडक मर्मतमा मजुदुर
More

खोलाले बगाउँदा एक जनाको मृत्यु

तुलसीपुर – ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस
More

प्रतिनिधिसभा : राणाको निधनमा शोक प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उहाँ विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका थियो । उहाँ नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुनुभएको थियो । नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो ।
More

पुस्तकालयमा दुई पक्षबीच विवाद

नेपालगन्ज । बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् । यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको
More

इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने

चन्डीगढ । भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए । पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिनुभएको छ । यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिनुभएको छ । उहाँले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिनुभएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटीआई) ले अगष्ट ११
More

टेलिकमकी प्रबन्ध निर्देशक कामिनीको हातमा स्पष्टिकरणको पत्र

काठमाडौं । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले ७२ घणटे स्पष्टीकरण सोधेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अब कुनै मौका नदिने गरी कामिनीलाई स्पष्टीकरण सोधेको हो । उनलाई शुक्रबार नै स्पष्टीकरण पत्र थमाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जानकारी दिएको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए अब कामिनीलाई मन्त्रिपरिषदको निर्णयबाट बर्खास्त गरिनेछ । ‘भण्डारीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने बताउनुभएको थियो,’ सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्रोतले भन्यो, ‘तर उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्नुभएन । टेलिकम झन् धरासयी बन्दै गएको छ । त्यही भएर स्पष्टिकरण सोधिएको हो ।’ गत वैशाखमा पनि कामिनीलाई स्पष्टीकरण
More

एनआरएन विज्ञ सम्मेलनको समुद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको समुद्घघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन । अक्टोबर १२ देखि १५ सम्म हुने सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुग्ने संयोजक डा. हेमराज शर्माले वताए । गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाइ लिइएको उनको तर्क थियो । सम्मेलनमा सहभागी हुने अधिकांश विज्ञहरुको टुङ्गो लागिसकेको गैरआवासीय नेपाली संघले
More

दुई सय रोपनी गाँजा फडानी

बागलुङ – अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो । वडा नं १, २ र ३ मा पनि गाँजा फडानी गरिने कार्यालयका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो । “बाँकी ठाउँको गाँजाखेती आइतबार र सोमबार नष्ट गर्ने तयारी छ,” उहाँले भन्नुभयो । व्यावसायिक भाँगो खेतीको नाममा गाँजा बनाउन प्रयोग गरेपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ । वर्षेनी फडानी गर्दा र सचेतना
More

वडा कार्यालयलाई जग्गादान

दमक – झापाको गौरादह नगरपालिका– ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले करीब रु ७० लाख मूल्य पर्ने सात कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । हालको वडा कार्यालय साविक बैगुन्धुरा गाविसको कार्यालयमा सञ्चालन हँुदै आएको छ । अमर मावि बैगुन्धुराको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गर्दै आएको साविक बैगुन्धुरा गाविस र हालको वडा कार्यालयको आफ्नै जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भएको थियो । हालको वडा कार्यालय भवन भएको ठाउँबाट करीब पाँच सय मिटर दक्षिण सोही सडकमा जग्गा प्राप्त
More

काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शनिबार भारतको कोलकोतामा निधन भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन्। सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्। सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। डिसी नेपाल
More

लागुऔषधसहित पाँच पक्राउ

रत्ननगर । चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध शनिबार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका-१ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका-७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नं २ का २६ वर्षीय सलीम मियाँ र चितवन खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य छन्। उनीहरुका साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम एक हजार
More

सनातन विद्वत परिषद् स्थापना

काठमाडौँ – शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि आधिकारिक रूपमा शास्त्रीय ब्याख्या गर्न सनातन विद्वत परिषद् नेपालको स्थापना गरिएको छ । परिषद्मा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन, धर्मशास्त्र, ज्योतिष, तन्त्र, कर्मकाण्ड आदि विषयका विज्ञ हुनुहुन्छ । मृत्यु संस्कारका बारेमा फैलाइएका भ्रम निवारण गर्न परिषद्ले ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ नामक पुस्तक प्रकाशन गरेको छ । अन्त्येष्टि संस्कारका बारेमा शास्त्रले उल्लेख गरेका विषय समेटिएको पुस्तक शनिबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले विमोचन गर्नुभयो । कार्यक्रममा उहाँले अन्त्येष्टि संस्कारका बारेमा भ्रम फैलाउने समूह शास्त्रार्थ गर्न तयार हुनुपर्ने बताउनुभयो । नेपाल
More