Daily Archives 13th August 2018

साँसद रेग्मीसँग बेल्जियममा अन्तरक्रिया

लुभेन । एनआरएन बेल्जियमको आयोजनामा नेपाल महिला सँघकी केन्द्रीय अध्यक्ष एवँ साँसद उमा रेग्मीसँग हिजो १३ अगस्टमा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा साँसद रेग्मीले आम एनआरएनहरुको राष्ट्रप्रेमप्रति सम्मान जनाउदै विकासका साझेदार तथा सकरात्मक परिवर्तनका सँवाहक रुपमा चित्रण गर्नुभयो । उहाँले एनआरएनहरुका हक अधिकार तथा कानूनी रुपमा सँरक्षणका लागि आफू र आफनो दलको प्रतिबद्धता पनि जाहेर गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथीको आशनबाट बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले बैदेशिक रोजगारी तथा एनआरएन सँग सम्बद्ध कुटनैतिक र कानूनी जटिलतावारे चर्चा गर्दै निराकरणका सम्भावनाबारे प्रकाश पार्नु भयो । सोही अवसरमा पूर्व सभासद एवँ आदिवासी जनजाति
More

ग्रेटर रस्मूर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न

अल्डरसट स्थित भेटघाट रेस्टुरेनटमा ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिए पश्चात संस्थाका अध्यक्ष जीव बेलबासे र सल्लाहकार क्याप्टेन रिटायर्ड बिर बहादुर थापाले सयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरेका थिए । बरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान फण्ड, उपाध्यक्ष नेम थापाले इन्फर्मेसन डे, महिला बिभागका सहसंयोजक सुस्मा गुरुङले नारी दिवस र साँस्कृतिक बिभाग संयोजक दिनेश गुरुङले आ-आफ्नो सबकमिटिको प्रतिबेदन पेश गरेका थिए भने संस्थाका कोषाध्यक्ष टोप पल्लिले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।कार्यक्रममा संस्थाका महासचिब मान गुरुंगले बार्षिक
More

स्वामी अरुण बेलायत आउनुहुँदै

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण यही अगष्ट २१ तारिखका दिन लण्डन आइपुग्दै हुनुहुन्छ। आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले यही अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ CV13 0LP मा ध्यान शिविर सन्चालन गर्नुहुने बताइएको छ। शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले shankardhakal@hotmail.com मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ। यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा “आध्यात्मिक र
More

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७.९४ बिन्दुमा पुगेको छ । आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ । आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ । होटल समूह २.५ विन्दुले घट्दा बैंकिङ ७.५४, विकास बैंक १६.२२, जलविद्युत् ३.९८, वित्त २.३६, निर्जीवन
More

सरकारका पाँच महिनामा हवाई क्षेत्रमा उल्लेखनीय पहल

काठमाडौं । वर्तमान सरकार गठन भएलगत्तै भएको सचेत पहलका कारण अन्तर्राष्टि¬«य नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले नेपाललाई राख्दै आएको कालो सूचीबाट हटाएको छ । हवाई क्षेत्र कालोसूचीमा रहँदा नेपालको नागरिक उड्डयन मात्रै नभई पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परेको थियो । सो सङ्गठनको आग्रहमा सरकारले आन्तरिक तथा बाह्यरुपमा गर्नुपर्ने हवाई सुरक्षासँग जोडिएका नीति, भौतिक, प्राविधिक क्षेत्रमा सुधार गरेको छ । सरकारको सकारात्मक पहलपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताउँदै आउनुभएको छ । गत महिना आइकाओको मुख्यालय क्यानडाको मन्ट्रिलको भ्रमण गरी मन्त्री अधिकारीले कालोसूचीबाट हटेको प्रमाणपत्र लिनुभएको थियो ।
More

समितिका सभापतिको निर्वाचन भदौ ५ मा

काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिनुभयो । समितिका सभापतिहरुको निर्वाचन भइनसकेकाले हाल बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आउनुभएको छ । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ । प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० विषयगत समिति छन् ।
More

संसदमा नागरिकता संशोधन विधेयक पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ पेश गर्नुभएको छ । उक्त विधेयकका बारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन गर्ने सन्दर्भमा भारतसँग छलफल भइरहेको जानकारी दिँदै विगतको सन्धिसझौताका कारण जुन किसिमले नियम गर्नुपर्ने हो, त्यो भइनरहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अरु अधिकार दिने ढंगबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । यसअघि नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ र
More

जलमग्न बस्ती

अविरल बर्षापछि कञ्चनपुरको जगबुढा नदीमा आएको बाढी महाकाली नगरपालिका १०, शान्ति टोलमा पसेपछि जलमग्न भएको बस्ती । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
More

विप्लवका प्रवक्ता विश्वकर्मालाई उपस्थित गराउनु : सर्वोच्च अदालत

काठमाडौं । केही दिन अघि चन्दा असुली गरेको आरोपमा नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेका थिए । अहिले उनी प्रहरी हिरासतमा छन् । यसै मुद्धालाई लिएर सर्वोच्च अदालतले प्रवक्ता विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बाटोको म्यादबाहेक ४८ घन्टाभित्र सर्वोच्चले बन्दीसहित लिखित जवाफ दिन भनेको हो । पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । गत आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । आइतबार मात्र उनलाई जिल्ला
More

२ नम्बर प्रदेशका मन्त्री अभिराम शर्मा रिहा

जनकपुर । जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमन बिक हत्याको अभियोग लागेका दुई नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई साधारण तारेखमा रिहा गरेको छ । सोमबार नै अदालतमा आत्मसमर्पण गरेका शर्मालाई अदालतले थुनछेक बहसपछि साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो । उनीमाथि तराइ मधेसका आन्दोलनकारीको कुटाइबाट सख्त घाइते भई एम्वुलेन्समा उपचारका लागि अस्पताल लैजादै गरिएका बिकको हत्याको अभियोग छ । उच्च अदालत जनकपुरले पक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा उपस्थित भएका हुन । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा राज्यमन्त्री शर्मासहित २८ जनाविरुद्ध मुद्दा लागेको छ । २०७२
More

आम्दानी वृद्धि गर्ने लक्ष्य

काठमाडौँ – नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५÷७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ । टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पु¥याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ । टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलब १९ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो
More

शोक प्रस्ताव पारित

काठमाडौँ – राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले पारित गरेको हो । विसं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद राणाको ९१ वर्षको उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातका कारण निधन भएको थियो । पूर्व सांसद राणा नेपालको प्रथम जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो भने पछि गोर्खा परिषद्बाट नेपाली काङ्ग्रेसमा प्रवेश गरी केन्द्रीय सदस्य बन्नुभएको थियो । बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षरत एक प्रखर व्यक्तित्वको छवि बनाउनुभएका स्व राणाको निधनप्रति गहिरो
More

इलाममा बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

इलाम । इलाममा स्कुल बस दुर्घटना हुँदा चौध विद्यार्थी घाइते भएका छन् । मेचि राजमार्गको इलाम नगरपालिका १ बागखोर बजारमा मे १ ख १९ सय ५५ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते ३ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ घाइतेलाई थप उपचारका लागि विर्तामोडको बि एण्ड सी अस्पतालमा पठाइएको छ । इलाम पाँचथरको सीमाना राँके बजारबाट आशदिप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्से बजार आउँदै गरेको स्कुल बस सडकबाट बरिब २० मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले बसका चालक देउमाई नगरपालिका १ बस्ने दिलबहादुर मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
More

प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माद्वारा अदालत समक्ष आत्मसमर्पण

काठमाडौं । सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमन बिक हत्याको अभियोग लागेका दुई नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । मन्त्री शर्मा आज जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका हुन । शर्माले आत्मसमर्पण गरेपछि अदालतमा थुनछेक बहस भैरहेको छ । उनीमाथि तराइ मधेसका आन्दोलनकारीको कुटाइबाट सख्त घाइते भई एम्वुलेन्समा उपचारका लागि अस्पताल लैजादै गरिएका बिकको हत्याको अभियोग छ । प्रहरीको फरार सूचिमा रहेका राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेशसभा सदस्य शर्मालाई केही समयअघि मुख्यमन्त्री लालबाबु राउतले सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका थिए । उच्च अदालत जनकपुरले प्रक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा
More

ताङ्गतिङ्ग समाज युकेको वार्षिक भेला

लण्डनको नर्थोल्टस्थित नर्थोल्ट भिलेज कम्युनिटी सेन्टरमा युकेका प्राय: नेपाली समाजहरुले जस्तै ताङ्गतिङ्ग समाज युकेले पनि २०१८ सालको बार्षिक भेला तथा समर बिविक्यु यही शनिबार विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ । तमुधिं युकेद्वारा गत अप्रिल महिनामा आयोजित क्होला सोंथर (तमुहरुको उदगम स्थल) भ्रमणटोलीका सदस्यहरुलाई पुर्ख्यौली गाउँ ताङ्गतिङ्गको भ्रमण गर्नुभएकोमा तमुधिं युकेका अध्यक्ष सहित ताङ्गतिङ्ग पुग्नुभएका सदस्यज्यूहरुलाई खादा लगाई धन्यबाद तथा सम्मान ज्ञापन गरेको थियो । उक्त भ्रमण टोलीका प्राय: सदस्यहरुले ताङ्गतिङ्गको पनि भ्रमण गर्नुभइ ताङ्गतिङ्ग युवा क्लबलाई आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिका रुपमा धर्म गुरु तथा तमु लामा संघ नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङ्ग हुनुहुन्थ्यो भने
More

आज साउनको अन्तिम सोमबार

काठमाडौं । साउनको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबार भगवान् शिवको प्रिय दिन भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । आजको दिन व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्दछ । यसैबीच भक्तपुरको डोलेश्वरमा पनि सोमबारे मेला लागेको छ ।
More

कलंकी र जोरपाटी सडक फराकिलो नबनाई कालोपत्रे गर्ने तयारी

काठमाडौं । सरकारले कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी–साँखु सडकलाई फराकिलो बनाउने योजना थाती राख्ने भएको छ । अब यी सडकलाई चौडा नबनाई पुरानै साइजमा कालोपत्रे गरिने भएको छ । सडक विस्तार एवं मुआब्जाका विषयमा अदालतसम्म विवाद पुगेपछि सरकार एक कदम पटाडि हटेको छ । अब विवाद नसुल्झिए पनि सडक मर्मतको काम नरोकिने भएको छ । सडक विस्तारका सन्दर्भमा सर्वोच्चले दिएको फौसलामाथि न्यायिक पुनरावलोकनमा जाने तयारी हुँदै गर्दा सरकारले विवादित घरहरुलाई छाडेर सडक विस्तारको काम सक्ने निर्णय गरेको हो । यसैसाता जोरपाटीको सडक अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले हालका लागि विवादित क्षेत्रलाई छाडेर सडक विस्तारको काम अघि बढाउने प्रस्ताव
More

निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्ने लगायतका ३० वटाभन्दा बढी निर्वाचनसम्बन्धि समस्या स्वतस् समाधान हुने पनि स्पष्ट पार्नु भयो । ‘नेपालको निर्वाचन कानुनी संरचना’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने आयोगको अडान राख्नु भयो ।  प्रमुख निर्वाचन आयुक्त यादवले खर्च कम हुने उल्लेख गर्दै मतदान स्थलमै मतगणना हुने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । । पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिनु
More

सहमति कार्यान्वयन गर्न राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
More

सिटीको सुखद् सुरुवात

लन्डन । साविक बिजेता म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गए राति भएको खेलमा आर्सनललाई २–० गोल अन्तरले हराउदै सिटीले विजयी सुरुवात गरेको हो । सिटीले आर्सनललाई उसैको मैदानमा हराएर शानदार जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र बर्नान्डो सिल्भाले एक–एक गोल गर्नु भयो । इमिरेट्स स्टेडियममा पहिलो हाफको १४औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनु भयो । दोस्रो हाफको ६४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को सहज जित दिलाउनु भयो । घरेलु टोली आर्सनलले सिटीविरुद्ध केहि गोलको अवसर बनाएपनि गोल गर्न सकेनन् । आर्सनलका पेरिक एम्रिक आबुमियाङले दोस्रो हाफमा
More