Daily Archives 15th August 2018

१६५ वर्षपछि नयाँ मुलुकी देवानी संहिता लागू हुँदै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो । यो ऐन २०२० सालमा संशोधन भयो । त्यही ऐनलाई प्रतिस्थापन गरी अहिले नयाँ कानूनका रुपमा ‘मुलुकी देवानी संहिता, २०७४ ल्याइँदैछ । यसमा देवानी संहिता र देवानी कार्यविधि संहिता रहेका छन् । मुलुकी देवानी संहिता नेपालको अहिलेसम्मकै सबैभन्दा लामो ऐनको रुपमा रहेको छ । यो संहितामा छ भाग, ५२ परिच्छेद र ७२१
More

प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी

काठमाडौं । नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु सार्वजनिक नगरिएको पनि जनाएको छ । प्रबुद्ध व्यक्ति समूहको सचिवालयले आज एक विज्ञप्ति जारी गरी समूहको काम र प्रतिवेदनबारे नेपाली र भारतीय सञ्चारमाध्यममा विगतमा सम्प्रेषण भएका समाचार, टिप्पणी र सूचना पूर्णतः अनुमानमा आधारित भएका तथा नेपाल–भारत सम्बन्धका विषयमा इतिहासदेखि सार्वजनिक भएका र छलफलमा आएका विषयवस्तु
More

पुनः निर्माण प्राधिकरणमा पुनः ज्ञवाली

काठमाडौं । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उहाँलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसक्नुभएको थियो । उहाँ २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल
More

टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

धनगढी । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो । उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ । न्यायाधीश भट्टराईको इजलासबाट उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो बढेको छ । टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुग्दैछ । घटनाका अभियुक्तमध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागार र एक जना (रेशमलाल चौधरी) केन्द्रीय कारागार तथा अभियुक्तका
More

खेलाडी प्रशिक्षक राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा एसियाली खेलकुद (एसियाड) मा भागलिन जाने खेलाडीहरु तथा प्रशिक्षकहरु । एसियाडमा नेपालको तर्फबाट विभिन्न २९ खेल का लागि १२९ पुरुष र ५६ महिला खेलाडीले भाग लिनेछ । तस्बिर: रत्न श्रेष्ठ
More

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ । उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गर्नुभयो । उहाँले देशभित्रै खेलकूदका पूर्वाधार निर्माण गर्न सकेमा अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यका बारेमा पनि आवश्यक व्यवस्था गर्न सरकारले सोच्नुपर्ने
More

चिनियाँ सरकारद्वारा प्राध्यापक झा पुरस्कृत

काठमाडौं । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो । उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० प्रतिभाशाली व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् । उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशिसहितको छ । सन् २००९ देखि प्रत्येक दुई वर्षमा प्रदान गरिने
More

अगस्त १९ मा मिस नेपाल युएसए छानिने, प्रतिष्पर्धीहरु प्रशिक्षणमा व्यस्त 

डलास (टेक्सस) । मिस नेपाल युएसए २०१८ को उपाधि यात्राका लागि अन्तिम प्रतिष्पर्धामा रहेका १८ जना प्रतिष्पर्धी प्रशिक्षणमा जुटेका छन् । अगस्त १९ मा र्‍याम्पमा उत्रनुअघि आफ्नो क्षमता अभिवृद्दिका लागि प्रतियोगितामा सहभागी भएकाहले  पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर  राजिव श्रेष्ठवाट विभिन्न विद्यामा  प्रशिक्षण लिइरहेका छन् । अीन्तम प्रतिष्पर्धाका लागि  अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने,  कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा,  सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका हुन् । उनीहरुको आइतवार परिचयात्मक कार्यक्रम समेत
More

रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

बनियानी, झापा – ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” उहाँका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक÷एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले
More

दुई भारतीय तीर्थयात्रीको मृत्यु

रसुवा – तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भइरहेको छ । रासस
More

चालु आर्थिक वर्षमा कम्तीमा एक लाख व्यक्तिलाई रोजगारी : मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही दिनभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसम्बन्धी उत्साहजनक कार्यक्रम ल्याउने जानकारी गराएका छन् । उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमले चालु आर्थिक वर्षमा कम्तीमा एक लाख व्यक्तिलाई रोजगार सिर्जना गर्न नयाँ कार्यक्रम ल्याउन लागेको बताए । यसका लागि सातवटै प्रदेशमा रोजगार केन्द्र स्थापना गरिने उनले जानकारी दिए । मन्त्री विष्टले रोजगारीको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गर्न रोजगार सम्बन्धी ऐन छिटै संशोधन गर्ने तयारीमा सरकार रहेको बताए । उनले रोजगारीको अवसर नपाएका गरीब समुदायलाई एक सय दिन रोजगारीको अवसर सिर्जना गर्ने मापदण्ड पनि सरकारले
More

सम्मानित पर्वतारोही

सिंहदरबारमा बुधबार आयोजित सम्मान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्मानित पर्वतारोही लाक्पा याङ्जी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पालगायत । तस्बिर: नवीन पौडेल
More

विराटनगर महानगरपालिका कर वृद्धिको निर्णयबाट पछि हट्यो

विराटनगर । विराटनगर महानगरपालिका कर वृद्धिको निर्णयबाट पछि हटेको छ । कर वृद्धि फिर्ताको माग गदै चौतर्फी दबाब बढेपछि महानगर कर वृद्धिको निर्णयबाट पछि हटेको हो । महानगरपालिकाले आर्थिक ऐन २०७५ मा संशोधन गरी वृद्धि गरेको करको दर र शुल्क तथा महशुल घटाएको हो । महानगर कार्यपालिकाको बैठकबाट ऐन संशोधन गरी कर, शुल्क, महशुल, नवीकरण दस्तुर आदिमा व्यापक हेरफेर गरिएको छ । आर्थिक ऐन संशोधन गरिएपछि जन्म तथा मृत्यु दर्तामा ५ सय रुपैयाँ लिने व्यवस्था संशोधन गरेर ३५ दिनसम्म दर्ता गर्दा निःशुल्क हुने व्यवस्था गरिएको छ । छोरीको हकमा जहिले दर्ता गर्दा पनि जरिवाना लाग्ने छैन भने छोराको हकमा ३५
More

बस दुर्घटनामा ४० घाइते

नुवाकोट । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । आज बिहान १०:३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
More

भारतीय प्रधानमन्त्री मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द

काठमाडौं । यही आउँदो भदौ १४ र १५ गते आयोजन हुन गइरहेको बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी र पोखराको भ्रमण रद्द भएको छ । भारतीय दूतावास र नेपाल सरकार मोदीको लुम्बिनी र पोखरा भ्रमणको तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर भ्रमण रद्द गरिएको छ । सुरक्षाको कारणले प्रधानमन्त्री मोदीको भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ । यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी विभिन्न कारणले स्थगित हुँदै आएको थियो । ‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन् । सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ । त्यही
More

पानीमा विष मिसाउनेमाथि कारवाही माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ । उहाँले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली काँग्रेसका प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र वाग्मती प्रवेश गरेको जानकारी दिनुभयो । बाढीका कारण धेरै भौतिक सम्पत्ति नाश भएको छ भन्दै उहाँले नदीनाला सफा गर्न स्थापना भएका सङ्घसंस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गर्नुभयो ।
More

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

काठमाडौं । धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताउनुभयो । बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिनुभयो । नीलोपुलमा राति एक बजे बाढी आएको र त्यस क्षेत्रको एउटा सानो पुल भत्काई पानी थुनिएपछि सतहबाट बस्तीमा बालुवासहित लेदो पानी पसेको स्थानीयबासीले बताएका छन् । त्यस्तै गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल,
More

पानीमा विषादी: २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

विराटनगर — विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङको जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरूमध्ये ४ जना सिकिस्त छन् । लेटाङ नगरपालिका–९, जाँतेस्थित श्रीमाध्यमिक विद्यालय परिसरमा रहेको ट्यांकीको पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् । ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन् । विषादी कसले मिसायो भन्ने खुलेको छैन । पानी पिएका विद्यार्थीलाई रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ । सिकिस्त बनेका कक्षा ९ की खुश्बु मिश्र, ७ की सृष्टि निरौला, ९ की कमला लिम्बू र ५ का मनीष थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बढी बान्ता गरेर शरीर गलेपछि उनीहरूलाई
More

सौराहामा एन्फा विशेष साधारणसभा

सौराहा । अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ । देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो । मंगलबार साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकार, आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन
More

प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका
More