Daily Archives 16th August 2018

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

नयाँ दिल्ली । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उहाँ ९३ बर्षको हुनुहुन्थ्यो । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उहाँको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उहाँलाई बचाउन सम्भव भएन । एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, “उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उहाँको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।” यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजी को निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गर्नुभएको छ । भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न
More

फोहोर बोकेको गाडी जाममा

वर्षाका कारण बाटो बिग्रिएपछि काठमाडौँबाट फोहोर लिएर आइरहेको गाडी नुवाकोटस्थित सिसडोल पुग्नुभन्दा एक किलोमिटर अघिदेखि लामबद्ध । तस्बिरः शर्मिला पाठक
More

प्रम ओलीसँग नव प्रवेशी

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग नव प्रवेशीहरु । तस्बिर: प्रदीपराज वन्त
More

‘जथाभावी कर वृद्धि संघीयता मास्ने षड्यन्त्र’

काठमाडौं । स्थानीय तहले विभिन्न बहानमा सयौं गुणासम्म करवृद्धि गरेपछि चौतर्फी विरोध सुरु भएको छ । करवृद्धिको विरोधमा सत्तारुढ दलकै सांसदसमेत उभिएका छन् । प्रतिपक्षी दलका सांसदहरुले त संघीयता खारेज गर्ने वातावरण बनाउन केन्द्र सरकारको उक्साहटमा करवृद्धि भइरहेको आरोप लगाएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मकै पोलेर बेच्नेहरुसँग दैनिक ४५ रुपैयाँ, हाँस–कुखुरा बेच्नेसँग प्रतिगोटा १६ रुपैयाँ, भैंसी बेच्नेसँग प्रतिभैंसी एक हजार रुपैयाँ कर लिन थालेको छ । रुकुम पश्चिम, आठबिसकोट गाउँपालिकाले कुनै व्यक्ति बेपत्ता भएर फेरि घर फर्किए, उ फर्किएको प्रमाणित गर्न ५०० रुपैयाँ कर लिने निर्णय गरेको छ । सोही गाउँपालिकामा गरिब भएको प्रमाणित कागजात लिन २५ रुपैयाँ बुझाउनुपर्नेछ
More

घुससहित अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ । एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन तथा कित्ताकाट प्रयोजनका क्रममा घुस माग्दामाग्दै आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी लालको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।
More

मुलुकी फौजदारी संहिता : छ अपराधमा आजीवन कारावास

काठमाडौं । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले
More

आमाले गरिन् नौ महिने जुम्ल्याहा छोरीको निर्मम हत्या, चर्पीमा पुरिन्

ताप्लेजुङ । ताप्लेजुङमा एक महिलाले दुई छोरीको निर्मम तरिकाले हत्या गरेकी छन । पाथिभरा याङ्बरक गाउँपालिका बडा नम्बर दुई कि कमला बिकले दुई छोरीलाई चर्पिको खाल्डोमा डुवाएर हत्या गरेकी हुन । चर्पिको खाल्डोमा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको हो भने अर्की छोरीको शव चर्पिको खाल्डोमा फेला परेको बताइएको छ । नौ महिने जुम्ल्याहामध्ये गंगा शौचालयमा मृत फेला परेकी थिइन । जमूनाको भने उपचारका क्रममा गएराति झापाको मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई शिशुलाई हत्या गरेर आमा कमला भने बेपत्ता भएकी छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । कमलाको विवाह इलामका एकजना गाडी
More

कर बढाउँदैमा समृद्धी आउँदैन : पौडेल

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने सरकार उल्टै निरुत्साहित गरेर हावादारी गफमा अल्झिएको आरोप लगाएको छ । काठमाडौमा बिहिबार समसामयिक अर्थ राजनीतिको समीक्षा कार्यक्रमको आयोजना गरेर कांग्रेसले प्रधानमन्त्री र मन्त्रीको हावादारी गफले समृद्धिको सपना पूरा नहुने दाबी गरेको हो । कर वृद्धि सहितका जनहित विपरितका काममा केन्द्रित बनेको सरकारबाट जनताले राहत नपाउने भन्दै कांग्रेस नेताहरुले सरकारको कामलाई काग्रेसले अबरोध गरेको भनेर जनतालाई भ्रममा पार्न खोजिएको बताए । देशको आर्थिक अवस्था धरासायी बनाएर निजी क्षेत्रलाई समेत निरुत्साहित गर्न सरकार केन्द्रित भएको कांग्रेस नेताहरुको आरोप थियो । सरकारले जनचाहना विपरित गरेका गलत कामको सशक्त प्रतिवाद गर्न काग्रेस
More

शहीद स्मारकले गति लिँदै

काठमाडौँ – राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको गोकर्णको राष्ट्रिय शहीद तथा शान्ति स्मारक शहरी विकास मन्त्रालयअन्तर्गत रहने भएको छ । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी गत असार २० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । स्मारक यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत थियो । मन्त्रालयको सङ्गठन पुनःसंरचनासँगै शान्ति मन्त्रालय खारेजीमा परेपछि स्मारक शहरी विकासको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत आयोजनाका रुपमा काम हुने भएको हो । विसं २०६२÷२०६३ को जन आन्दोलनपछि मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको बैठकले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक बनाउने निर्णय ग¥यो । शान्ति मन्त्रालयमार्फत निर्माण भइरहेको आयोजना
More

सर्जक तथा गायक शिव अखेली र प्रजापतिले गरे अहिलेका युवाहरुलाई झटारो (भिडियो)

काठमाण्डौ – गायक तथा सर्जक शिव अखेलीले आफै लेखेको शब्द आफै गाएका छन् । वरिष्ठ गायक प्रजापति पराजुली ,शिव अखेली तथा प्रतिमा वि.क.को स्वरमा रहेको पात बेरेर बिँडी बोलको गीत आजमात्र गुराँस मुभिज प्रालिले बजारमा ल्याएको हो । गीतमा घरको आर्थिक अवस्थाको ख्यालै नगरी कच्चा उमेरमै कुलतमा लाग्ने युवाहरु अझ भनौ किशोर किशोरीहरुलाई झटारो हानिएको छ । प्रायः किशोरीहरुमा ट्याटु हान्ने र केटाहरुमा चुरोट खाने लत बस्ने प्रबृत्तिलाई यो गीतमा छर्लङ्ग देखाइएको छ । रमा थपलिया तथा सुरवीर पण्डितको मुख्य अभिनय रहेको सो गीतको लय भने सन्देश पौडेलले सिर्जना गरेका हुन ।
More

मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ – हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो । सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो । पुल कोल्टिएपछि सवारी आवागमन बन्द गरी मर्मत थालिएको ङिस्याङ–१ का वडाध्यक्ष भुुजुङ गुरुङले जानकारी दिनुभयो । यस्तै चामे गाउँपालिकाअन्तर्गत कोतो भन्ने स्थानमा पनि पहिरोले सडक भास्सिएपछि सवारी आवागमन बन्द भएको
More

नेपाल प्रहरीका २७ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ठूलो संख्यामा एसएसपीको सरुवा गरेको हो । मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा बसन्त लामालाई पठाएको छ । त्यसैगरी रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्नकुमार कार्कीलाई पठाइएको छ । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा रहेका विश्वराज पोखरेललाई नेपाली राजदूतावास नयाँ दिल्लीमा पठाइएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि
More

मौरीको पछि लागे फुलबारी पुगिन्छ : प्रम ओली

काठमाडौं । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी र ब्रजेश गुप्ता औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छन् । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्। कार्यक्रममा बोल्दै ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए। प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताए। कार्यालयमा त्रिपाठी र गुप्तालगायत अन्य केही नेताहरु नेकपामा औपचारिक रुपमा प्रवेश गरेका छन् । नेकपाका अध्यक्षद्द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को उपस्थितिमा उनीहरुलाई पार्टीमा भित्र्याइएको हो । गत निर्वाचनअघि राजपा
More

सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

गाईघाट । जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझ चौदण्डीको हटियातर्फ अटो रिक्सामा आफन्तकोमा जाँदै गरेकी किशोरीको पछि लागेर अभियुक्तद्वयले हँडियाको जङ्गलमा किशोरीलाई बलात्कार गरेका र फेरि पनि उनीहरूले ललाइफकाई किशोरीलाई घर ल्याइदिने भन्दै सोही राति अटोरिक्सामा गाईघाटस्थित त्रियुगा बसपार्कको एक होटलमा ल्याएर अन्य युवकसहित मिलेर पुनः
More

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

भारत । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । उनको उपचार भैरहेको भारतको राजधानी दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थान ‘एम्स’ले पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी दिएको हो । अस्पतालले निकालेको विज्ञप्तीमा उनको अवस्था पछिल्लो २४ घण्टामा थप नाजुक भएको र अवस्था गम्भीर रहेको उल्लेख छ । ९३ वर्षका वाजपेयी गएको ९ हप्तादेखि एम्स अस्पतातमा उपचार भैरहेको छ । वाजपेयीमा मृगौलामा संक्रमण लगायतका समस्या देखिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार बेलुका अस्पताल पुगेर वाजपेयीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन । वाजपेयी भारतीय जनता पार्टीका संस्थापक नेता हुन । उनी
More

आज नागपञ्चमी, भयबाट बच्न नागपूजा

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने
More

सहमतिपछि आन्दोलन फिर्ता

रत्ननगर – रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ । गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गए राति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता लिइएको छ । आर्थिक वर्ष ०७४÷७५ को करलाई आधार बनाएर करको दर समायोजन हुनेछ । “अहिले बढेको कर सोहीअनुसार नै लिने र पछि समितिले जुन
More

केशर महल ; एक जानकारी

काठमाण्डौ – चन्द्र शमसेर सत्तामा रहँदा निर्मित यस दरबार चन्द्र शमसेरले आफ्नो साहिँला छोरा केशर शमसेरलाई दिएपछि केशर महलको नामले प्रख्यात भएको थियो । विलासी जीवनशैली भएका केशर शमसेर सिंहदरबारमा नबसी केशरमहलमै सुरा–सुन्दरीहरुसँगै ज्यादा समय बिताउँथे र केटीहरुकै निमित्त पैसा उडाउँथे । आफ्नो बुवाजस्तै जुवाको सौखिन केशर शमसेरले चन्द्र शमसेरसँग जुवामा जितेको १ लाखले केशर महलमा भव्य बगैँचा निर्माण गराए , जसलाइृ स्वप्न बगैँचा भनिन्छ । आफ्नो बुवाको २९ वर्षे शासनकालमा यिनले वीर पुस्तकालयबाट अधिकांश पूस्तक ओसारी बनाएको केशर पुस्तकालय वि.संस २०२१ सालमा केशर शमसेरको मृत्युपश्चात् उनको इच्छानुरुप नेपाल सरकारलाई हस्तान्तरण गरियो । हाल यो दरबारमा केशर पुस्तकालय रहेको छ
More

६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ

नवलपरासी । ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो । यही साउन १२ गते दिउँसो किशोरीहरुले ती महिलालाई बोक्सी भन्दै गाउँलेकै अगाडि सार्वजनिक रुपमा गालीगलोज गरेका थिए । जेष्ठ नागरिकलाई गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि घटनामा संलग्न भएका सिंजाली र कामुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अनलाइन
More

उदयपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलका नगरपालिका–३ खैरेनी टप्पु बस्ने ३५ वर्षीय रामकुमार सार्कीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। बुधबार आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले घरको टाटी भत्काई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। डिसी नेपाल
More