Daily Archives 17th August 2018

आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

गत १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो । युकेका लागि नेपालका राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले सयुक्त रुपमा दीप प्रज्वलन गरि समुदघाटन गर्नुभएको थियो । ब्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार संकेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्नुभयो । नेपाल सरकारका प्रतिनीधि
More

दूतावासबाटै नागरिकता वितरण गर्ने व्यवस्था गर्न एनआरएन युकेको माग

लन्डन । गैर आवासीय नेपाली संघ युकेले एनआरएन नागरिकता विदेशस्थित नेपाली दूतावासबाट प्रदान गर्ने व्यवस्था गर्न माग गरेको छ । नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे चासो व्यक्त गर्दै एनआरएन युकेले उक्त माग गरेको हो । लन्डनस्थित नेपाली दूतावासमार्फत विभिन्न माग राख्दै बुझाएको ज्ञापन पत्रमा ‘गैरआवासीय नागरिकता लिन गृह मन्त्रालयमा निवेदन दिनुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ । गैरआवासीय नेपालीलाई गृह मन्त्रालय भन्दा पनि आफू रहेको मुलुकमा रहेको नेपाली दूताबास वा नियोग मार्फत नागरिकता प्राप्त गर्ने व्यवस्था गरियोस्’ भनिएको छ । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र प्रवक्ता रमेशसिंह सरांगकोटीले हस्ताक्षर गरि
More

कार्यदल गठन गर्ने निर्णयको एनआरएनद्वारा स्वागत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने निर्णयको गैरआवासीय नेपाली संघ स्वागत गरेको छ । संघले सरकारको यो निर्णयलाई महत्वपूर्ण कदम भनेको छ । कार्यदल गठनका लागि मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिकाप्रति संघले आभारसमेत प्रकट गरेको छ । संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि पहल गरेको थियो । संघ र कर्मचारी सञ्चय कोषबीच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै समझदारी पत्रमा भएका सर्त तथा अवस्थालाई अक्षरस
More

एनआरएनलाई नागरिकता ‘सकरात्मक पहल’, सरकारलाई ९ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । राजनीतिक अधिकारबाहेक गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकता नेपाल सरकारको सकरात्मक पहल भएको गैरआवासीय नेपाली संघ एनआरएनले जनाएको छ । अध्यक्ष भवन भट्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको यो पहलको एनआरएन स्वागत गर्दछ ।’ एनआरएनलाई प्रदान गरिएको नागरिकताबारे संघले ९ वटा बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष भट्टले जारी गरेको विज्ञप्ती जस्ताको त्यस्तै गैरआवासीय नेपाली संघको अथक प्रयास पश्चात नेपालको संविधान २०७२ ले संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘नेपालको गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सकिने प्रावधान संविधानमा राखेको थियो । संविधानको उक्त प्रावधान लागू गर्न कानुन आश्यक भएकोमा
More

प्राञ्जल र थापा बेलायत आउँदै, लण्डनमा गजलसाँझ

लन्डन । मोतीजयन्तीको अवसर पारेर बेलायतको राजधानी लण्डनमा ‘गजलसाँझ’ को आयोजना गर्न लागिएको छ । एनआरएनए, युकेको भाषासाहित्य विभागको आयोजनामा युवाकवि एवं प्रसिद्ध गजलकार मोतीराम भट्टको संस्मरण गर्दै पहिलोपल्ट भव्य रूपमा गजलसाँझको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए । सेप्टेम्बर ९, आइतबारका दिन लण्डनको साउथह्यारोस्थित ‘ह्यारो बरो फुटबल क्लब’ मा आयोजना हुने कार्यक्रममा गजलवाचनका निम्ति नेपालबाट प्रसिद्ध गजलकार रवि प्राञ्जल र करुण थापा बेलायत आउन लागेको आयोजक समिति सदस्य लक्ष्मी राई ‘लारा’ ले जानकारी गराइन् । प्राञ्जल र थापाले कार्यक्रममा १०-१० वटा गजलवाचन गर्नेछन् । “नखुलेको आकाश खुलेर आयो” भन्ने रवि प्राञ्जलको प्रसिद्ध गजल पनि उक्त कार्यक्रममा वाचन
More

जनकपुरमा बालिका सम्मेलन

जनकपुरमा शुक्रबार आयोजित दोश्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन समारोहमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर : अजयकुमार साह
More

विश्वकर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश

काठमाडौं । व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो। प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । चन्दा ऐन २०३० अनुसार
More

अधिकार खोसिएको पाइए ऐन सच्चाइन्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाईए तत्काल सच्याउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजबाट लागू गरिएको नयाँ मुलुकी ऐन व्यवहारका क्रममा अपूर्ण देखिए वा अनपयुक्त लागे सच्याउने प्रतिवद्धता जनाएका हुन । उनले नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्दै लगिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्पष्ट पारे । कार्यक्रममा काययमुकायम प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले इमान्दारितका
More

प्रेमीद्वारा प्रेमिकाको हत्या

उर्लाबारी । ग्रामथान गाउँपालिका–३ सिद्राहामा आज बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुवै जना घुम्न भनेर आज बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफुलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि
More

सहलेखापाल र मेडिकल सहायक घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभ-याङ स्वयम्भूमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई आज घुससहित नियन्त्रणमा लिएको छ । ट्रायल परीक्षा उत्तीर्ण गरेका २६ परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रकम घुसबापत लिएको सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई रु १६ हजार घुसबापतको रकमसहित सहलेखापालको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
More

अब नेपालीहरुको श्रम गन्तव्य युरोप

काठमाडौं । वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने उल्लेख गरिएको छ । कतिपय देशका लागि युरोप पुरानै गन्तव्य भए पनि नेपाली श्रमिकका लागि धेरैपछि मात्र नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको हो । यसैगरी सानो सङ्ख्यामा नेपाली कामदार कार्यरत जापान,
More

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्किएका छन् । आफ्नी कान्छी नातिनीलाई पढाइको सिलसिलामा थाइल्यान्डमा भर्ना गर्न गत साउन १६ गते पूर्वराजा शाह बैंकक प्रस्थान गरेका थिए । १५ दिनको थाइल्यान्ड बसाइँपछि उनी स्वदेश फर्किएका हुन् । उनको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र ठूली नातिनी पनि सँगै फर्किएका छन् । योपटक पूर्वराजा शाह स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमाजस्तो राजावादीहरुको भीड लागेन ।
More

बाजपेयीलाई श्रद्धाञ्जली दिन निधि भारत प्रस्थान

काठमाडौँ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् । बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
More

कलंकी अण्डरपास संचालनमा आउन अझै केही दिन लाग्ने

काठमाडौं । कोटेश्वर बल्खु कलंकी चक्रपथ सुधार आयोजना अन्तर्गत कलंकी चोकमा निर्माण गरिएको अण्डरपास सञ्चालनमा आउन थप केही दिन लाग्ने भएको छ । सडक विभागले भदौ एक गतेदेखि नै अण्डरपास सञ्चालन गर्ने घोषणा गरेपनि केही काम बाँकी नै भएकाले थप समय लाग्ने भएको हो । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको चक्रपथ विस्तार आयोजनाका अनुसार अण्डरपासमा रंगरोगन गर्ने, साइन बोर्ड राख्ने लगायतका केही प्राविधिक काम पुरा हुन बाँकी छ । केही दिनमा नै ति काम पुरा गरेर अण्डरपास सर्वसाधारणका लागि खोल्ने तयारी गरिएको आयोजनाले जानकारी दिएको छ । छ महिनाभित्र निर्माण पुरा गर्ने गरि २०७२ सालमा अण्डरपासको निर्माण शुरु भएको
More

प्रतिस्थापन सम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू भएको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास व्यक्त गरेका हुन । उनले नयाँ कानुन सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क पनि गरे । मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै उनले यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे । नेपालले पीडितलाई न्याय दिन नसकेको भनि
More

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु वा छोटकारीमा ‘अखिल राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन् । यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली रहेका छन् । क्रान्तिकारीका अध्यक्ष तामाङले भोलिसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने जानकारी दिए । केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने
More

सिंहदरबार अगाडि एक युवकले गरे नाङ्गै प्रर्दशन

काठमाडौँ। सरकारको बिरोधमा एक युवकले सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन गरेका छन्। गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नाङ्गै प्रर्दशन गरेका हुन्। त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नाङ्गै प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन्। उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए। उनको छाती ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर,
More

सत्तापक्षकै सांसदले गरे मन्त्री महासेठको आलोचना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् । उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उनीसँग प्रश्न गरेका थिए । सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिए ।
More

चोरीको गाडी हवल्दारको निवासमा

नवलपरासी । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई पक्राउ गरेको छ । गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजमा गाडी खोज्ने क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको थियो ।
More

एक वर्षमा १८ अर्बको बिजुली आयात

काठमाडौं । आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो । प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ । भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ । प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ । अघिल्ला वर्ष भन्दा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो ।
More