Daily Archives 18th August 2018

नेपाली मेलाको तयारी पुरा – तमुधिं यूके

लण्डन । बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको नेपाली मेला यसपटक अगस्ट २६ तारिख आइतबारका दिन हुंदैछ । लण्डनको केम्पटन पार्क रेस कोर्समा आयोजना हुने दशौं नेपाली मेलाको तयारी पूरा भएको आयोजक तमु धिले जनाएको छ । शनिबार एक पत्रकार सम्मेलन गरेर तमु धिं यूकेले मेलाको तयारीबारे जानकारी गराउंदै सहभागिताका लागि बेलायतस्थित नेपाली समुदायलाई आव्हान समेत गरेको छ । पत्रकार सम्मेलनमा तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नेपाली संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रबद्र्धन गर्ने मेलाको लक्ष्य रहेको भन्दै हरेक वर्ष मेलालाई सुधार र व्यापक बनाउंदै लगिएको जनाए । तमु धिं यूके आयोजक रहेपनि मेला बेलायतका सबै नेपालीको साझा
More

नेविसंघको म्याद तीन महिना थप

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको म्याद तीन महिना थप भएको छ । नैनसिंह महर नेविसंघ अध्यक्षमा निर्वाचित भएको दुई वर्ष पूरा भएकै दिन कार्यसमितिको म्याद तीन महिना थप्ने निर्णय कांग्रेसले गरेको हो । नेविसंघको विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको भएपनि विशेष परिस्थितिमा ३ महिना थप्न सकिने प्रावधान छ ।यसअघि कांग्रेस नेतृत्वले नेविसंघलाई महाधिवेशन गराउने ३ महिने कार्यतालिका बुझाउन निर्देशन दिएको थियो । २०७३ साल भदौ २ गते महरले ११ औं महाधिवेशनपछि नेविसंघको अध्यक्षको रुपमा कार्यभार सम्हालेका थिए । सभापति देउवा निकट र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहका विचमा नेविसंघमा पटक पटक विवाद हुँदै आएको
More

दूरदर्शीताको अभाव भयो : संयोजक भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उहाँले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले देशमा निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नतस्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन समयको राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन
More

साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्याले शनिबार काठमाडौँमा आयोजना गरेको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण समारोह मा विपन्न परिवारमा जन्मेकी काभ्रेकी ११ वर्षीय नेहा तामाङलाई डा मदनप्रसाद एवं नर्मदेश्वरी सत्यालरा स्थापित साहित्य सन्ध्या मन पुरस्कार तथा सम्मान प्रदान गर्दै साहित्यकार प्रा आनन्ददेव भट्ट । तस्बिरः अशोक घिमिरे
More

कमल लामिछानेलाई जिताउ अभियान विश्वभर तीब्र

काठमाडौं । प्राज्ञिक क्षेत्रमा पु-याएको योगदानलाई कदर जिसिआईको शीर्ष २० मा नेपालका सहप्राध्यापक डा. कमल लामिछाने राखेको छ । विश्वभरि सञ्जाल रहेको र मानवीय क्षेत्रमा क्रियाशील जेसिआइले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पु-याएका १० उत्कृष्ट व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दछ । अमेरीकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले पनि जेसीआइको यो सम्मान पाएका थिए । संयोगवश यो वर्ष पहिलोपटक नेपालबाट सहप्राध्यापक डा. लामिछाने शीर्ष २० भित्र परेका छन् । उनलाई प्राज्ञिक क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै शीर्ष २० भित्र राखिएको जेसीआईले जनाएको छ । अब तपाईं हाम्रै भोटले यो सम्मान एकजना नेपाली डा. लामिछानेले पाउने कि नपाउने भन्ने निर्धारण हुनेछ ।
More

महान अभियानमा सरकार जुटेको छ : प्रधानमन्त्री ओली

लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा आज आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकको कायापलट गर्ने योजनाका साथ सरकार अघि बढेको छ, पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिनेछ ।” उहाँले सङ्घर्ष होइन, मुलुकको गरिबी हटाउन र समृद्धिमा जुट्न सबैसँग आग्रहसमेत गर्नुभयो । व्यावहारिकरुपमा मुलुकको गरिबी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा प्रदेश नं २ मा समृद्धिका हरेक उपायलाई अवलम्बन गरिने बताउनुभयो । उहाँले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
More

गैंडालाई विमानमा राख्दै

नेपाल सरकारद्वारा मित्रराष्ट्र चीन सरकारलाई उपहार स्वरुप दिइएको दुई वटा गैडा मितिनि र सोल्टी आज शुक्रबार साँझ विमानस्थलमा वन तथा वातावरणमन्त्री शक्ति वस्नेतद्वारा नेपालस्थित चिनिया दुतवासका प्रतिनिधि झाङ फानलाई हस्तान्तरण पश्चात गैंडालाई विमानमा राख्दै विमानस्थलका कर्मचारीहरु । तस्बिर : प्रदीपराज वन्त
More

बालिकामाथी अप्राकृति मैथुन गर्ने हेड सर थुनामा

पर्वत । आफैंले अध्यापन गराउने बालिकामाथी अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका हेड सर पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो । प्रअ पौडेलले करीब एक
More

धरहरा पुनर्निर्माण अन्योलमा, आर्थिक प्रस्ताव पाँचौंपटक स्थगित

काठमाडौं । धरहरा पुनर्निर्माण गर्न आह्वान गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौंपटक स्थगित भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार प्रस्ताव खोल्ने मिति तय गरेको थियो । प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंंकास्पद भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो । सो उजुरी छानबिनका क्रममा रहेकाले शुक्रबार तय गरेको मितिमा प्रस्ताव खोल्न नसकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । प्राधिकरणले पुनः ५ गते प्रस्ताव खोल्ने नयाँ मिति तय गरेको छ । ‘कसको विरुद्धमा उजुरी दिएको हो भन्ने विषयमा प्राधिकरणलाई जानकारी नहुँदा समस्या परेको हो’, उनले भने– ‘उजुरी परेको कम्पनीबारे जानकारी भएको भए समयमै
More

घुस रकमसहित मम: हाउसबाट वडासचिव पक्राउ

इटहरी । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका टोलीसँग मलाई गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध जनाएका थिए । उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ ।
More

प्रधानमन्त्री ओलीले आज प्रदेश २ को संसदलाई संवोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रदेश २ को संसदलाई संबोधन गर्दैछन । संबोधनका लागि प्रधानमन्त्री ओली हेलिकप्टरबाट विहान दश बजे जनकपुर पुग्ने कार्यक्रम छ । प्रदेश सभाको विशेष बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ र उद्योग मन्त्री मातृकाप्रसाद यादव पनि सहभागी हुने प्रदेश सभाको संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा अनिवार्य सहभागी हुन प्रदेश सभाका सबै सांसदलाई निर्देशन दिइएको छ । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संवोधनमा असहमति जनाएको छ । प्रधानमन्त्रीले प्रदेश संसदमा संबोधन गर्ने परम्परा नरहेकाले यसले संघीयतालाई कमजोर बनाउने कांग्रेसको दाबी
More

सरकारसँग छैन राजस्व छूटको अभिलेख, विवरण संकलन गर्न महालेखालाई हैरानी !

काठमाडौं – सरकारले गत आर्थिक वर्ष २०७३/०७४ मा राजस्व छूट दिएका विभिन्न वस्तु तथा सेवाको अभिलेख नराखेको पाइएको छ । आर्थिक ऐन– २०७३ को दफा १९ बमोजिम विभिन्न वस्तु तथा सेवाको दस्तुर, शुल्क, महसुल र करका दरहरूमा दिइएको राजस्व छूटको अभिलेख फेला नपरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयको तथ्यांकअनुसार कानूनबमोजिम नै दिइएको ५९ अर्ब २० करोडभन्दा बढीको राजस्व छूटको पूर्ण विवरण छैन । कानूनबमोजिम कुनै पनि सेवा तथा वस्तुको दस्तुर, शुल्क, महसुल र करका दरहरू घटाउन बढाउन वा आंशिक वा पूर्ण छूट दिनसक्ने, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा भन्सार ऐनबमोजिम तोकिएका दरबन्दीमा लाग्ने कर महसुल
More

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

जाजरकोट – रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको बताइएको छ । बाफिकोट गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै चामल लिएर गइरहेको रा१त ३१०६ नं को ट्याक्टर करीब एक हजार मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस
More

कलङ्कीको अण्डरपास सञ्चालनमा

सरु पौडेल ,काठमाण्डौ – साउन पहिलो सातामा सञ्चालनमा आउने भनिएको कलङ्की – कोटेश्वर अण्डरपास भाद्र १ गते देखि सञ्चालनमा आएको छ ।अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये दुई लेन खुला गरिएको छ । दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ, अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ । चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो
More

एशियाली खेलकूदको महाकुम्भ शनिबारदेखि

काठमाडौँ – एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने दिनेछन् । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नुहुनेछ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन्
More