Daily Archives 19th August 2018

सम्पदा र बिमल भए चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता

चितवन : सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् l टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ l यस सौन्दर्य प्रतियोगितामा महिला तर्फ फर्स्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकिले ताज जित्न सफल भएका थिए भने पुरुष तर्फ राजेश सुनार फर्स्ट रनरअप भएका छन l चितवनको नारयनगडमा सम्पन्न भएको यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको टप वान मिडिया
More

स्वेताले माझी बस्तिको लागि सहयोग गर्ने

मेलबर्न । अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा गत बर्ष भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन । दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने
More

गैरआवासीय नेपाली संघ फिन्ल्याण्डद्वारा परोपकारी दौड प्रतियोगिता

गैरआवासीय नेपाली संघ फिनल्याण्डले सन् २०१३ देखि हरेका बर्ष आयोजना गर्दै आएको परोपकारी दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरेको छ । नेपाल सरकारले सुरु गरेको शिक्षामा अभिभाकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्धेश्यले यस वर्ष यो प्रतियोगिताको आयोजना गरिएको हो । राजधानी हेलसिन्कि स्थित माल्मी एयरपोर्टमा सम्पन्न प्रतियोगिताबाट ९ हजार यूरो भन्दा बढी रकम संकलन भएको जानकारी प्राप्त भएको छ । संकलित रकम विविध कारणले विद्यालय शिक्षाबाट बञ्चित नेपालका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्नका लागि खर्च गरिने एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । अध्यक्ष गौतमका अनुसार सहयोग प्रदान गरिने क्षेत्र पहिचानका लागि नेपाल सरकार शिक्षा मन्त्रालयसंग आवाश्यक तथ्यांकको लागि
More

असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

सुन्दरीजल । उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो । “तीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम शुरु भएको छ, तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय
More

शिक्षक चार : विद्यार्थी तीन

डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउनुहुन्छ । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताउनुभयो । जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय
More

मलामी गएका व्यक्तिको करेन्ट लागेर मृत्यु

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको ब्यवस्थापकीय कमजोरीका कारण शनिबार राती एकजनाको मृत्यु भएको छ । दाहसंस्कारका क्रममा पशुपति आर्यघाट पुग्नेहरुको आश्रयका लागि बनाइएको कुसीमै करेन्ट लागेर मृत्यु भएपछि पशुपति क्षेत्र विकास कोषको वेवास्ता उदांगो पारेको मात्रै छैन, रातको समय भएको हुँदा ठूलो क्षती हुनबाट जोगिएको छ । टुरिस्ट गाइडको काम गर्ने मित्रपार्कका ४० वर्षीय पुष्प गन्धर्वको ज्यान लिने यो कुर्सीले यस अघि पटक–पटक परेवाको ज्यान लिदै आएको थियो । गन्धर्वको निधनपछि आक्रोशित बनेका स्थानियले पशुपति क्षेत्र विकास कोषको लापरवाहीका कारण घटना भएको भन्दै कोषको कार्यलय घेराउ मात्रै गरेनन । सडकमा नारावाजी गरेर क्षतिपुर्तिको माग सहित सदस्य सचिवको राजीनामासम्म माग
More

राज्यमन्त्री डा. झा पत्रकार भेटघाटमा

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रदेश सरकारको हालसम्मको काम कार्यवाही संतोषजनक नरहेको बताउँदै प्रदेश–२ की भौतिक पूर्वधार विकास राज्यमन्त्री डा. डिम्पल झा । तस्बिर: बिजय कुमार महतो
More

फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ : काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकको पेशागत मर्यादा एवं राज्यको प्रहरी प्रशासनलाई अपराध अनुसन्धानमा पर्न सक्ने असर र पेशा व्यवसायको स्वतन्त्रतालाई प्रभावित गर्ने उक्त संहिताको प्रावधानका सम्बन्धमा पनि पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले सरोकार भएका पक्षसँगको संवादमार्फत उक्त संहितामा संशोधन र सुधार गर्दै जानुपर्छ भन्ने काङ्ग्रेसको धारणा रहेको जानकारी दिनुभयो । यही
More

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ । स्टकका
More

केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा

काठमाडौं । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका बेला विभागबाट उक्त जानकारी प्राप्त भएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । नेपाल–चीन
More