Daily Archives 21st August 2018

नेपाल र आयरल्याण्ड दौत्य सम्वन्ध स्थापना दिवस भव्य (फोटो फिचर )

लन्डन । नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्ष शुभारम्भ भएको सुखद् उपलक्ष्यमा संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदीले आयोजना गर्नुभएको नेपाल-आयरल्याण्ड मैत्री दिवस शनिवार आयरल्याण्डको राजधानी डव्लिनमा भव्यतापूर्वक सम्पन्न भयो । आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी. हिगिन्सले प्रमुख अतिथिका रुपमा उक्त विशेष समारोहलार्इ सम्वोधन गर्नुहुँदै भौगोलिक रुपमा आयरल्याण्ड र नेपाल टाढा रहे पनि दुर्इ मुलुक कला, साहित्य, संगीत संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्व-वन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताउनु भयो । आयरल्याण्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेका हुन् भन्नुहुँदै राष्ट्रपति हिगिन्सले विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा
More

एनआरएन मध्यपूर्व क्षेत्रीय भेलाले श्रमिकका बारेमा ठोस निष्कर्ष निकाल्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय भेलाले श्रमिकका बारेमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । संघका प्रवक्ता भूषण घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा चुनौति र समस्यामा भेलाले गम्भीर छलफल गर्नेछ । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार ‘ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित अगष्ट २३ देखि २५ तारिखसम्म युएईको दुबईमा छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकको आयोजना हुँदैछ । मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउनु यस बैठकको मुख्य उद्देश्य रहेको प्रवक्ता घिमिरेले जारी
More

ओरालो यात्रामा शेयर

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१८ बिन्दुले घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.९५, जलविद्युत् ०.५६, निर्जीवन बीमा ४.४७
More

अब रोजगार उपलब्ध नभए निर्वाह भत्ता पाइने

काठमाडौं । के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीको सुनिश्चितता गराउने व्यवस्था गरेको छ । विधेयकमा कुनै पनि रोजगारमा संलग्न नभएको वा न्यूनतम आयआर्जन हुने स्वरोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारी उपलब्ध गराउने प्रस्ताव गरेको छ । यस कार्यक्रमलाई प्रभावकारी
More

बिराटनगरका ३२ घर चुल्होमा पुग्यो वायो ग्यास

विराटनगर । गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका चौधमा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट उत्पादित ग्यासको प्रधानमन्त्री केपी ओलीले आज एक कार्यक्रमबीच उदघाटन गरे । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्यासका सिलिण्डर काँधमा बोकेर हिडनुपर्ने अवस्था अन्त्य भएको भन्दै मुलुक विकासको दिशातर्फ उन्मुख भएको बताए । वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा ८४ लाखमा ग्यास उत्पादन गरिएको हो । पहिलो चरणमा ग्यास ३२ वटा घरमा जडान गरिएको छ । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीको जनताको घरघरमा ग्यास पु-याउने सपना साकार भएको बताए
More

बोटे दराई महिलाका आयआर्जनका लागि ताल

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह चितवनले स्थानीय बोटे दराई जातीको परम्परागत पेशालाई संरक्षण गर्ने अभियान थालेको छ । अभियान अन्तरगत ताल निर्माण गरी दराई बोटे महिलालाई सामुहिक माछापालन व्यवसाय सञ्चालन थालेको हो । स्थानीय बोटे तथा दराई जातीका महिलाहरु माछा मारेर जीवन निर्वाह गर्ने गर्छन् । तालकको बीचमा पर्यटक विश्राम स्थल, कफी सप बनाउन लागिएको लागिएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराबहादुर गुरुङले बताए । उनका अनुसार दराई बोटे जातीका महिलाले यस तालमा सामुहिक माछापालन व्यवसाय गर्न सक्छन् । ‘दराई बोटे महिला सामुहिक माछापालन समुह नै बनाएर ताल निर्माण बढाएका छन्’, गुरुङले भने । तालको
More

जनावरको डिएनए शुरुसँगै नयाँ मुद्दा

ललितपुर – नेपालमा जङ्गली जनावरका डिएनए परीक्षण शुरु भएसँगै नयाँँ खालका मुद्दासंग सम्बन्धित डिएनए परीक्षणका लागि आउन थालेका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको डिएनए परीक्षण शुरु गरेको हो । जङ्गली जनावरको स्वरुप बदलेर निर्यात हुने, जङ्गली भनेर घरपालुवा वा घरपालुवा भनेर जङ्गली जनावर बिक्री हुने, छिमेकी मुलुक वा तेस्रो मुलुकबाट समेत जनावरको अङ्ग चोरी हुनेजस्ता मुद्दाका डिएनए परीक्षणका लागि आइरहेको प्रयोगशालाका निर्देशक जीवनप्रसाद रिजालले बताउनुभयो । प्रयोगशालामा जनावरको डिएनए परीक्षण शुरु भएको सबैलाई जानकारी भएसँगै यहाँ विभिन्न मुद्दासंग सम्बन्धित जनावरका डिएनए परीक्षणका लागि आउने क्रम बढिरहेको छ । उहाँले भन्नुभयो, “वर्षौंदेखि थन्किएका मुद्दामा समेत
More

निलम्बनको सिफारिश

नेपालगञ्ज – नेपाल पत्रकार महासङ्घ बाँके शाखाले सदस्य विजय मल्ललाई निलम्बन गर्ने निर्णय गरेको छ । उक्त शाखाको यहाँ बसेको बैठकले सदस्य मल्लले सामाजिक सञ्जालमा महासङ्घ र पदाधिकारीको गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिनुभएकाले निलम्बनको निर्णय गरेको हो । अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको बैठकले सदस्य मल्लको सदस्यता निलम्बन गर्न केन्द्रमा सिफारिश गरेको बैठकपछि प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी बैठकले शाखाका सदस्यले भदौ महिनाभित्र आप्mनो सदस्यता नवीकरण गरिसक्नुपर्ने सुझाव दिएको छ । रासस
More

विधेयकहरू सम्बन्धित समितिमा

काठमाडौं । राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ हुन् । ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गर्नुभएको थियो । ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रिय सभाको अर्काे बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ ।
More

‘बकर इद’को अवसरमा प्रदेश २ मा भोली सार्वजनिक विदा

काठमाडौँ । प्रदेश दुईको सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद उल जोहा ‘बकर इद’ को अवसरमा भोली सार्वजनिक विदा दिएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले तीनवटा विधयेकलाई पारित गरेको छ । १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्रिपरिषदले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक, कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक र प्रदेशसभा सचिव नियुक्ति सम्बन्धि विधेयक पारित गरेको हो ।
More