Daily Archives 22nd August 2018

सान फ्रान्सिस्कोमा नेपाली कम्युनिटी सेन्टर निर्माणकोलागि दस लाख भन्दा बढी उठ्यो

सान फ्रान्सिस्को बे एरियामा  हालै सम्पन्न धार्मिक महोत्सवमा त्यहाँ निर्माण हुन लागेको नेपाली कम्युनिटी सेन्टरको लागि १० लाख भन्दा धेरै चन्दा उठेको छ। सो रकम धार्मिक महोत्सवमा सहभागी भक्तजनहरुबाट सँकल्प गरिएको हो। सो अवसरमा आ आफ्न गक्ष अनुसार दान गरेको मा सर्वाधिक  एक लाख डलर सम्म   सँकल्प प्राप्त भएको कुरा धार्मिक महोत्सवका सँयोजक तथा एन ए एन सि का वरीष्ठ उाधक्ष इश्वर सिटौलाले बताउनु भयो। अगस्त १२ देखी अगस्त १९ सम्म भएको सो  धार्मिक महोत्सवको समापन समारोहमा महा वाणिज्य दूत ॠषि ढकाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित सैयौँ व्यक्तिहरुको उपस्थिती थियो। सो धार्मिक महोत्सव वुद्द धर्मका धर्म गुरुहरु तथा
More

एनआरएन मध्यपूर्व भेलामा कांग्रेस नेता रमेश लेखक

लन्डन । गैरआवासीय नेपाली संघको छैटौ मध्यपूर्व भेलामा प्रमुख अतिथिकारुपमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई प्रमुख अतिथि बनाएको छ । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार : ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ यही अगष्ट २३ देखि २५ सम्म यूएईमा हुन लागेको एनआरएनएको क्षेत्रीय भेलामा कांग्रेस नेता रमेश लेखक समेत सहभागी हुदै छन् । उनि बुधवार यूएई उत्रिए । मन्त्री मगरसहित ,श्रममन्त्रालयका उपसचिव विपिन आचार्यलगायत एनआरएनएका विश्वभरका प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रममा खाडीमा रहेका नेपालीहरुको समस्या र समाधानका उपायका विषयमा छलफल हुने छ । भेलामा सरोकारित मन्त्रालयका मन्त्री गोकर्ण विष्ट सहभागी हुने अपेक्षा गरिए पनि
More

फेरि मायामा फसे बिजय (भिडियोसहित)

लन्डन । युट्युब हिट कपलको रुपमा परिचित चर्चित जोडि भीजे प्रीति मध्येका भीजे उर्फ् बिजय घिमिरे प्रेममा फसेका छ्न । च​न्च​ले स्वभावका चक्लेटि घिमिरेसंग जो कोहि युव​ति न​जिक हुन​ चाहन्छन तर अल्लारे बानिले ग​र्दा आफै फ​सिएको अनुभ​ब उनि सुनाउछ​न । आफ्नो भ​र्ख​र रिलिज ग​रिएको म्युजिक भिडियो मार्फ​त उनि बजारमा आएका छन् । आफ्नै श​ब्द​ स​ङ्गितमा त​यार भ​एको डान्सिङ बिट​को गितलाई प्यारललले निर्देश​न गरेका छन। ​ फसियो बोल को म्युजिक भिडियोमा मेगन, सविना र लिजाको साथसाथै बिजय, कोकोम्यान, सेगा,तारा,संजय, जय अथर, ज्याक राई आदिलाई देख्न सकिन्छ ।
More

अमेरिकी योजना आयोगमा नेपाली मुलका खनाल नियुक्त

होमप्रसाद लम्साल । अमेरिका – २० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सदस्यमा छानिएका छन्। ७५ हजार जनसंख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराइन्। और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लवमा सहसंयोजक रहेरका खनाललाई अबको दुई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियुक्त गरिएको हो। योजना आयोग सदस्य खनालले स्थानीय अर्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ। अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ। नागरिकसँग कुरा गर्दै खनालले आफुले स्थानीय
More

स्वामी अरुण लण्डनमा

लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण लण्डन आइपुग्नुभएको छ । आफ्ना सहयोगीहरु स्वामी आनन्द अर्हत तथा स्वामी आत्मो नीरवसंग युके आइपुग्नुभएका स्वामी अरुणलाई हिथ्रो विमानस्थलमा ओशो सन्न्यासीहरुले भावपूर्ण स्वागत गरेका थिए। आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। उहाँले यही अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ CV13 0LP मा ध्यान शिविर सन्चालन गर्नुहुने बताइएको छ। यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा “आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने” भन्ने विषयमा प्रवचन दिनुहुनेछ।
More

‘सरकार सपना बाँड्नमै केन्द्रित भयो’

बाँके । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाउनुभएको छ । “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले भन्नुभयो । नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार विकासमा भन्दा सपना बाँड्ने काममा केन्द्रित भएको छ, भन्नुभयो । “अत्यधिक मूल्य वृद्वि भइरहेको छ । जनताको ढाड सेक्ने काम कर वृद्धि गरिरहेको छ”, उहाँले भन्नुभयो, “कर नबढाउन काँग्रेसले जितेका स्थानीय तहमा हामीले निर्देशन गरिसकेका छौँ ।” काङ्ग्रेसले जितेका स्थानीय तहमा कर वृद्धि नगर्ने पार्टीको
More

राणा क्रान्तिकारी नेता हुनुहुन्थ्यो : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणा क्रान्तिकारी र विद्रोही स्वभावको नेता भएको बताउनुभएको छ । नेता स्व राणाको निधनको १३ दिनमा काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले उहाँ सम्भ्रान्त परिवारमा जन्मेर पनि समावेशी शासनको पक्षपाक्षी भएको स्मरण गर्नुभयो । भारतको कोलकत्तामा विद्यार्थीकालमा नै आफ्नो भेट भएको स्मरण गर्दै सभापति देउवाले स्व राणा जातभात र संस्कार नमान्ने क्रान्तिकारी नेता भएको बताउनुभयो । काङ्ग्रेसका पुराना अग्रज नेता राणाको गत साउन २५ गते कोलकात्तामा ९० वर्षको उमेरमा निधन भएको थियो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइराला प्रधानमन्त्री हुनुभएको नेपालको प्रथम
More

पढ्न नपाएका बालबालिका

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा नजिकै विद्यालय नहुँदा सानै उमेरदेखि पढ्न नपाएका बालबालिका । तस्बिर : सन्तोष पुर्कुटी
More

आमाको कुटाइबाट छोरीको मृत्यु

भद्रपुर । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
More

अब ट्याक्सी चालकका लागि पनि ड्रेस अनिवार्य, नलगाए कारवाही

काठमाडौं । काठमाडौमा भाडाका ट्याक्सी चालकहरुले अनिवार्य रुपमा ड्रेस लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले आज सुन्धरामा एक विशेष कार्यक्रमको आयोजना गरी ट्याक्सी चालकका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो । ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएपनि पर्याप्त ड्रेस तत्काल संभव नभएकाले एक महिनाको समय दिएको छ । एक महिना भित्र सबै ट्याक्सी चालकले ड्रेस नलगाए कारवाही गरिने बरिष्ठप्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई आग्रह गरे । उनले पूर्वाधार, पार्किङ एवं माग
More

कञ्चनपुरको भीमदत्तनगर तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झडप

कञ्चनपुर । कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ । भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केही समय अगाडि झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि दुई सेल अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी
More

अख्तियारद्वारा ६१ प्रतिशत उजुरी फछ्र्योट

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४÷७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जानकारी दिइयो । कार्यालयका उपसचिव रमेश ढकालका अनुसार नवलपुरबाहेकका गण्डकी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी ३४६ वटा उजुरी कास्कीमा परेको छ त्यसपछि क्रमशः पर्वतमा ८३, तनहुँमा ६२, स्याङ्जामा ६०, बागलुङमा ५५, लमजुङमा ४९, म्याग्दीमा ४१, गोखरामा २६, मुस्ताङमा चार र मनाङमा एकवटा मात्र उजुरी परेको छ । त्यस्तै आयोगको कार्यक्षेत्रअन्तर्गतको लुम्बिनीमा छ वटा मात्र उजुरी परेको
More

लागूऔषधसहित चार पक्राउ

लहान – प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ । डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ । खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ । सोही ठाउँका निरञ्जन कार्की र नारायण चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रासस
More

मलेसिया गएका दिनेश तीन वर्षदेखि बेपत्ता

पाल्पा । मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् । दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताउनुभयो । ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ । मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्र्पक हुन नसकेको गुनबहादुरले बताउनुभयो । विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीको
More

शुभकामना आदान प्रदान गर्दै

मुस्लिम धर्ममान्नेहरुको विषेश पर्व इदको अवसरमा घण्टाघर स्थित मस्जीदमा शुभकामना आदान प्रदान गर्दै दुई मुस्लीम समुदायका युवाहरु । तस्बिर :  प्रदीपराज वन्त
More

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् : महामन्त्री कोइराला

नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ । काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन भन्नुभयो । यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर
More

पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

काठमाडौं । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उहाँका भतिजा सन्तोष न्यौपानेले जानकारी दिनुभयो । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित हुनुहुन्थ्यो । न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय उहाँ साप्ताहिक जनसत्ताका प्रधानसम्पादक हुनुुहुन्थ्यो । न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा हुनुहुन्छ । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
More

मुस्लिम समुदायले आज बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज ईद उल अजहा एवं बकर इद मनाउँदै छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिनुभयो । बकर इदको अवसरमा प्रदेश ५ को सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारले
More

विप्रेषण आप्रवाहमा वृद्धि हुने राष्ट्र बैंकको अनुमान

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाको अनुरोधमा कर्जा सूचना केन्द्रबाट कालोसूचिमा परेका ऋणीहरूको संख्या बढेको पाईएको छ । केन्द्रीय बैङ्कले यसको तथ्याङ्क संकलन गरेको छ । २०७४ असारमा ५२४७ ऋणी कालोसूचिमा रहेकोमा २०७५ असारमा त्यो संख्या ६२४१ पुगेको छ । कालोसूचिका ऋणीको वृद्धिले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा विशेष ध्यान र्पुयाउनुपर्ने देखाएको छ । यसैबीच, नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छ भने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने जनाएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७४-०७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको राष्ट्रिय अर्थतन्त्र
More

आन्दोलनको तयारीमा पत्रकार महासंघ

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलनको तयारी गरेको छन् । मुलुकी संहिताका व्यवस्थाले स्वतन्त्र प्रेस संकुचनमा परेको भन्दै ती व्यवस्था संशोधनको माग राख्दै आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघका उपाध्यक्ष विपुल पोखरेलले महासंघको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिए । महासंघको निर्णय यस्तो छ । नेपाल पत्रकार महासंघको मिति २०७५ भाद्र ३ गते बसेको उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले यही भाद्र १ गतेबाट लागू भएको मुलुकी ९फौजदारी० संहिता २०७४, मुलुकी ९देवानी० संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्दै अंकुश लगाउने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउने
More