Daily Archives 23rd August 2018

चर्चित गायिका कला पंगेनीको लण्डनमा तीज विषेश प्रस्तुती हुने

लन्डन। नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा आगामी सेप्टेम्बरका ८ तारिखका दिन लन्डनको फेल्थमस्थित फेल्थम एसेम्ब्ली हलमा तीज कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा नेपालबाट आएकी लोक तथा दोहोरी गायिका कला पंगेनीको विशेष प्रस्तुति रहने आयोजक लेडिज कम्युनिटीले जानकारी दिएको छ । नेपाली कला संस्कृति र परम्परालाई निरन्तरता दिंदै विभिन्न खालका कार्यक्रमको आयोजना गर्दै आएको नेप्लिज लेडिज कम्युनिटीद्वारा हरेक वर्ष तिजको कार्यक्रमको आयोजना गरिंदै आएको छ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै सांगीतिक क्षेत्रमा यात्रारत गायिका कला पंगेनी बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७२ को विजयता पनि हुन् । उनका लोक गीत,रोइला,पन्चे
More

पार्टीको विश्व सञ्जाल भ्रामक मात्र : नेपाली कांग्रेस

लण्डन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको पछि पार्टीले त्यस सम्वन्धमा ध्यानाकर्षण भएको जनाएको छ । पार्टी विहीवार जनसम्पर्क समितिका अध्यक्षहरुलाई एक पत्र लेख्दै विभिन्न संचार माध्यम तथा अनलाइन लगायतमा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वयन समिति गठन भएको खबरप्रति पार्टीको गम्भीर ध्यानार्कषण भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी पत्रमा उल्लेख छ । पत्रमा पार्टीले हालका मिति सम्म त्यस किसिमको कुनै अन्तर्राष्ट्रिय स्तरको समन्वय समिति वा विश्व संजाल गठन गर्नका लागि कसैलाई पनि अख्तियारी प्रदान नगरेको र पार्टीले पनि गठन नरेको व्यहोरा स्पष्ट पार्दै यस्ता गतिविधीबाट कुनै
More

दुबईमा एनआरएन छैटौँ मध्यपूर्व बैठक सुरु

दुबई । ‘सुरक्षित र मर्या्दित वैदेशिक रोजगार हाम्रो सरोकार ‘ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित युएईको दुबईमा एनआरएनएको छैटौँ मध्यपूर्व बैठक सुरु भएको छ । बैठकमा वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउने संयोजक आर के शर्माले बताउनुभयो । कार्यक्रमको अनौपचारिक छलफल आजबाट सुरु भएपनि मुख्य कार्यक्रमको औपचारिक सत्र भने भोलि हुनेछ । विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गराउने वातावरण निर्माण, विदेशबाट फर्केकाको पुर्नस्थापना, सुरक्षित मर्यादित वैदेशिक रोजगारको कसरी गर्ने भन्ने विषय बैठकमा छलफल गरिने संयोजक शर्माले बताउनुभयो । वैदेशिक रोजगारीमा
More

हिंसाविरुद्ध अभियान

‘यौनजन्य हिंसाविरुद्धको साझा अभियान’ द्वारा सचेतना कार्यक्रममा सहभागी हुन आह्वान गर्दै चितवनका महिला । तस्वीर: नारायण ढुंगाना
More

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौं । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ ।
More

कञ्चनपुरमा कफ्र्यु

भीमदत्तनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफर्यु आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कफ्र्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । भीमदत्त नगरपालिका वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कफ्र्यु जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन जारी नै राखिएको छ ।
More

विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक लगाएको देखिदा पुनःपक्राउलाई कानूनसंगत मान्न मिल्दैन ।” विश्वकर्मा बुधबार ढिला अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण आजका लागि अदालतमा उपस्थित हुन भनिएको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुका कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन
More

काङ्ग्रेसको विधान मस्यौदा समिति गठन

काठमाडौं । नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनाहरुलाई पुनः संरचना गर्न विधानमा आवश्यक संशोधन गर्न काङ्ग्रेस केन्द्रीय कार्य समितिको गत वैशाख १६ गते सम्पन्न बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो । काङ्ग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर,
More

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी गरिएको छ । आर्थिकरुपमा पर्यटकले पार्ने प्रभावलाई त्यस्तो तथ्याङ्कले योगदान गर्छ । यस्तो प्रणाली विश्व पर्यटन सङ्गठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी,
More

‘रगतको खोजीमा हुनुहुन्छ ! चिन्ता नगर्नुस्’

तुलसीपुर । के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ । तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको तुलसीपुर नगर जेसिजका अध्यक्ष दीपेश भण्डारीले बताउनुभयो । जेसिजले आफ्ना सदस्यहरुको ब्लड ग्रुप क्याम्प गरी कुन सदस्यको कस्तो ग्रुपको ब्लड छ सो ग्रुप वर्गीकरण गरी तालिका निर्माण गरेर अञ्चल अस्पताल तुलसीपुर र रक्तसञ्चार केन्द्रमा उपलब्ध गराएको छ
More