Daily Archives 24th August 2018

साधारण सभामा सहभागी

भक्तपुरमा आजदेखी सुरु भएको नेपाल बार एशोसियशनको ४५ औं कार्यकारिणी परिषद् बैठक एवं बार्षिक साधारण सभामा सहभागी सर्वोच्च अदालतका कामु प्रधानन्यायाधिश ओमप्रकाश मिश्र । तस्विर : रमेश गिरी, भक्तपुर
More

छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

सुर्खेत । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारदिया गाउँपालिका–४ बर्दिया गुरुवागाउँ घर भई सुर्खेतमा मिस्त्रीको कामगर्दै आएका २४ वर्षीय थारुको हात शल्यक्रियागरी जोडिएको डा.रावलले जानकारी दिनुभयो । थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालिएको थियो । हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको
More

श्रीमान-श्रीमतीद्वारा आत्महत्या

भीमदत्तनगर । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्-श्रीमती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताउनुभयो । मृतकका भाइले झ्यालबाट दाइ-भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो ।
More

कन्चनपुरमा प्रहरीको गोली लागि एक युवकको मृत्यु, छ घाइते

कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागी एक युवकको मृत्यु भएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको विरोधमा भएको प्रदर्शनमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । गोली लागेर १४ वर्षीय युवक चेतन भट्टको मृत्यु भएको हो । अन्य छ जना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले छानबिन थालेपछि केही शान्त भएपनि अपरान्हदेखि फेरी प्रदर्शन शुरु भएको थियो ।
More

एनआरएन मध्यपुर्व सम्मेलनमा कस्ले के भने?

दुवई (युएई)– गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताए । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’ वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको
More

युनियन अधिवेशन असोज दोस्रो साता

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति गठन गरेको छ । अधिवेशन सम्पन्न गर्नका लागि युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन मूल समारोह समिति गठन गरेको छ । नेपाल प्रेस
More

मुस्ताङको ठिनी गाउँ

हिमालपारीको जिल्ला मुस्ताङको ठिनी गाउँ । विगतमा हिउँ मात्र पर्ने यस गाउँमा जलवायु परिवर्तनसँगै पानी पर्न थालेपछि माटाले छाइएका घर जोखिममा परेकोले जस्ताको प्रयोग बढ्दै गएको छ । तस्वीर: निरज थकाली, मुस्ताङ (ठिनी)
More

महासमिति बैठकको तयारीमा काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । गत वैशाख १६ गते सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचनाअनुसार पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको
More

तीन दिनदेखि तनावग्रस्त महेन्द्रनगरको अवस्था सामान्य

कन्चनपुर । तीन दिनदेखि तनावग्रस्त भएको महेन्द्रनगरको अवस्था शुक्रबार केही सामान्य बनेको छ । स्थानीयको माग अनुसार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो । तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् । तर, स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । यता, प्रहरीको दमन विरुद्ध ऐक्यबद्धता जनाउदै एकदिनका लागि विद्यायल बन्द गरिएको छ । निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले बन्दको घोषणा गरेका हुन् । बिहीबार स्थानीयको
More

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो

धादिङ । पृथ्बीराजमार्ग अन्र्तगत धादिङका बिभिन्न स्थानमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिकाको जुँगेखोला, भुमेस्थान, गल्छी गाउँपालिको गल्छी लगायतका आधा दर्जन बढी स्थानमा पहिरो जाँदा यातायात अबरुद्ध भएको हो । यातायात अबरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका छन् । सडक खुलाउन स्काभेटरको प्रयोग गरिएको छ ।
More

भड्किलो तीज : हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै

नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको नारी जागरण अभियानकी अभियन्ता एवं पोखरा महानगरपालिका–५ की वडासदस्य अञ्जु केसीले बताउनुभयो । “एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज खाने प्रबृत्तिले यस पर्वप्रति नै नकारात्मक भावना बढाएको छ,” उहाँले भन्नुभयो । धेरै मूल्य पर्ने गरगहना
More

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए । अनलाइन खबर
More

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर बृद्धि लगायतका बिषयमा छलफल हुनेछ । यसअघिको केन्द्रीय समिति बैठकमा महाधिवेशनलगायतको माग उठेपछि महासमिति बैठक भदौमा बोलाउने सहमति भएको थियो ।तर, भदौको पहिलोसातासम्म पनि मिति तय नभएपछि नेताहरुले असन्तुष्ट जनाएपछि सभापति देउवाले छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
More

छुट्टाछुटै घटनामा दुईको मृत्यु

लहान – सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आउनुभएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस्तै सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् । सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेको र
More

बागलुङमा सेनाको गाडीले ठक्कर दिदा सुत्केरी महिला घाईते

बागलुङ – नेपाली सेनाको गाडीले बागलुङ बजारको सडकमा पैदल हिडिरहेकी सुत्केरी महिलालाई ठक्कर दिँदा महिला गम्भीर घाईते भएका छिन । बा २ झ ३२७८ नम्बरको सेनाको गाडीले ठक्कर दिँदा बेनी नगरपालिका–२ म्याग्दीकी मुना खडका घाईते भएकी हुन् । बागलुङ नगरपालिका–३ शिवधाराचोक नेपाल बैक अगाडी पैदल यात्रा गरीरहेकी खडकालाई सेनाको गाडीले ठक्कर दिएको थियो । बेनीदेखि बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा माईत हिडेकी खडकालाई सेनाको गाडीले विहिवार दिउसो गम्भिर घाईते बनाएको हो । दुई महिनाको सुत्केरी खडकालाई श्वासप्रश्वासमा समस्या देखिएको छ । उनको खुट्टा र पेटमा चोट लागेको छ । घाईते खडकालाई थप उपचारको लागि नेपाली सेनाले नै पोखरा लगेको जिल्ला प्रहरी
More

भीमदत्तनगर दिनभर अशान्त

भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर बिहीबार दिनभर अशान्त भएको छ । ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । प्रहरीको गोली र छर्रा लागी घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा
More

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

काठमाडौँ – भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा महासङ्घका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लगाउने कानून महासङ्घलाई मान्य नहुने बताउँदै प्रेसप्रति संवेदनशील हुन सरकारसंग आग्रह गर्नुभयो । प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले देवानी फौजदारी संहिता २०७४ प्रेसलाई नियन्त्रण गर्ने ढङ्गबाट आएको उल्लेख गर्दै यसको संशोधनका लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडीले सरकार जहिले
More