Daily Archives 28th August 2018

यूके डान्स अफ २०१८ को फाइनल अक्टोबर १४ मा

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुंदै आएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’को तेस्रो संस्करणका लागि तयारी सुरु भएको छ । तेस्रो यूके डान्स अफ २०१८ को फाइनल आगामी अक्टोबर महिनाको १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा तय भएको छ । प्रतियोगिताको आयोजक सपन इन्टरटेनमेन्ट यूकेका निर्देशक सपनकुमार राई र कार्यक्रम संयोजक निशा गुरुङले विहिबार सांझ लण्डनमा एक प्रेस मिट आयोजना गर्दै कार्यक्रमको तयारीबारे जानकारी गराएका छन् । ‘यूके डान्स अफका विगतका दुई वटा संस्करणको सफलतापछि अहिले हामी ठूलो उत्साहका साथ तेस्रो वर्षका लागि तयारीमा जुटेका छौं’, निर्देशक सपनकुमार राईले भने, ‘यसपटक विगतको भन्दा पनि अझै बढि व्यापक सहभागिता र थप
More

बरिष्ठ अभिनेता निर शाहलाई “अभिनय संम्राट”को उपाधि

नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बरिष्ठ अभिनेता निर शाहलाई ”अभिनय सम्राट” उपाधि सहित कोलोराडोमा भब्य अभिनन्दन गरिएको छ । श्रष्टा सम्मान तथा कवी गोष्ठी कार्यक्रम अन्तर्रगत शनिबार कोलोराडो स्थित म्याकरेक सेन्टर वेष्टमिनिष्टरमा स्थानीय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, ब्यवसायी तथा सर्वसाधारणको उपस्थितीमा बरिष्ठ अभिनेता शाहलाई अभिनन्दन गरिएको हो । यसरी सम्मान गर्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, एनआरएन कोलोराडो च्याप्टर, रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल, नेपाली घर, संखुवासभा समाज अमेरीका, नेवाखःल लगायतका संस्थाका पदाधिकारी र कोलोराडोका गन्यमान्य, बुद्धीजिवी कवि, कवयत्री, गायक, कलाकार, ब्यवसायी तथा सर्वसाधारण रहेका छन्
More

कृसु क्षेत्री को “चराको गीत “लोकार्पण सम्पन्न

न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्री को “चराको गीत “लोकार्पण सम्पन्न न्यू योर्क- न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति ‘चराको गीत’ (कविता संग्रह) को अगस्ट २५ तारिख न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएकोछ। ‘चराको गीत’ को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो । समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए । बिलयन लेखन् का प्रबर्तक साहित्यकार
More

गौतमलाई चेन्जमेकर अवार्ड प्रदान

काठमाडौं । अन्तराष्ट्रिय सस्था जर्मन एलाएन्सले सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा युवा समाजसेवी राजेन्द्र गौतमलाई चेन्जमेकर अवार्ड २०१८ प्रदान गरेको छ । पुनर्निर्माण र बालबालिकाको शिक्षाको क्षेत्रमा पुर्याएको योगदान स्वरुप गौतमलाई सम्मान प्रदान गरिएको एलाएन्सले जनाएको हो । चेलीबेटी बेचबिखन सम्बन्धी खोज तथा अनुसन्धानका निम्ती धनकुटामा रहेका कारण अन्तरास्ट्रिय युवा दिवस २०१८ को उपलक्ष्यमा १२ अगस्टमा काठमाडौंमा आयोजित सम्मान कर्यक्रममा उपस्थित हुन नसकेका गौतमलाई एलाएन्सले पून सम्मान गरेको हो । पूर्व आयोजित कार्यक्रममा एलाएन्सले बातावरणको क्षेत्रमा कार्यरत तारा रोका, युवा अधिकारकर्मी मनोज बिक, कृषिको क्षेत्रमा कार्यरत मिनु भुसाल र महिला अधिकारकर्मी बेली यादवलाई समेत सम्मान गरेको थियो । बिगत एक दशक
More

म्यान्माका राष्ट्रपति काठमाडौँमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आइपुग्नुभएका म्यान्माका राष्ट्रपति विन मिन्त त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत । तस्बिर: प्रदीपराज वन्त
More

बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको हो । बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौँमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ । आजको बैठकमा बिम्स्टेकअन्तर्गतका सहयोगलाई थप प्रभावकारी बनाउने तथा सङ्गठनलाई व्यावहारिक बनाउनेबारेमा गहन छलफल हुनका साथै बिस्टेकको प्रभावकारिताका निम्ति बिम्स्टेक विकास कोष स्थापनाको संभाव्यता, सदस्य देशको सुझावअनुरुप विद्यमान १४ सहायताका क्षेत्रको तार्किक
More

दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौं । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो । बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने
More

३ तारे होटल सुविधा भएको धर्मशाला शुक्रबार उद्घाटन हुने

काठमाडौं । नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीले यही भदौ १५ गते शुक्रबार संयुक्तरुपमा गर्नुहुने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिनेछ । तिलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला
More

प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन नचलाउन सरकारलाई चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । मंगलबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराएका हुन् । कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उनले हुकमी शैलीमा मुलुकको शासन प्रणाली संचालन हुन नसक्ने बताए । नेपाल वायु सेवा निगमको वाईड बडी विमान खरिदमा भएको अनियमितता बारे छानविन गर्न अख्तियार प्रवेश गरेपछि मन्त्रालयले त्यसमा ढाकछोप गर्न खोजेको दावि पनि सांसद अधिकारीले गरे । अनियमितता ढाकछोप
More

करको भ्रम चिर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो । नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु पर्दछ । गलत हल्ला र प्रचारको पछाडि नलागौँ ।” नेपाल नगरपालिका सङ्घको छैटाँै राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले करको विषयमा जनस्तरमा अनेक प्रकारका हुने नहुने भ्रम फैलाइएकाले त्यसलाई चिरेर जनतालाई सेवा दिन आग्रह गर्नुभयो । करको विषयमा रहेको बुझाइका कारण भ्रम उत्पन्न गराउन खोजिएकाले जनतालाई बुझाएर साथैमा लिएर जाने वातावरण बनाउनुपर्नेमा
More

सार्क, ‘दालभात’ र बिमस्टेक

एकराज पाठक दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक प्रस्तुति पनि हो । सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने विषयलाई उनीहरुको आधारभूत तथा नैसर्गिक अधिकारका रुपमा सो घोषणापत्रमा प्रस्तुत गरिएको छ । दालभात यस क्षेत्रका नागरिकको साझा खाना हो । प्रायः दक्षिण एशियाली क्षेत्रका नागरिकको प्रमुख खानामा दालभात नै पर्छ । त्यसैले यस क्षेत्रका नागरिकलाई भोकै बस्न नपरोस् र
More

नहर बगाएपछि स्थानीयवासी अँध्यारोमा

जाजरकोट – बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन्  । बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघुजलविद्युत्, ४५ किलोवाटको बागमारे लघुजलविद्युत्, १५ किलोवाटको झुमराखोला लघुजलविद्युत्, १६ किलोवाट लहरेखोला लघुजलविद्युत् र १३ किलोवाट लहरे लघुजलविद्युत् आयोजनाको नहर र विद्युत् उत्पादनगृहमा क्षति पु¥याएपछि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको हो । बाढीले कुलो, बाँधस्थल, विद्युत्गृहलगायत संरचनामा क्षति
More

बिम्स्टेक पदाधिकारीको बैठक

काठमाडौँमा मंगलबार बसेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९औँ बैठक । तस्बिर: प्रदीपराज वन्त
More

युएस बंगलाको विमान दुर्घटनामा पाइलट नै दोषी

काठमाडौँ । गत मार्चमा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको यूएस बांगला विमान दुर्घटना चालकको अस्वस्थताका कारण भएको बताइएको छ । युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल सरकारद्वारा गठित एक समितिले विमानका पाइलट अबिद सुल्तान मानसिक चिन्ता र तनावमा रहेकाले दुर्घटना भएको दाबी गरेको हो । ढाकाबाट काठमाण्डौसम्मको एक घण्टे यात्राका क्रममा चालक सुल्तानले कयौपटक धुम्रपान गरेको तथा अवतरणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ‘टिआइए’का अधिकारीसँग झुटो बोलेको पनि अध्ययनले जिकिर गरेको छ । अध्ययनमा उडानपूर्व विमान चालकको व्यवहार असामान्य हुँदाहुँदै बंगालदेशका अधिकारीले अनुमति दिनुलाई समेत विमान दुर्घटनाको कारण भनिएको छ । ४ चालक दलका सदस्य तथा ६७ यात्रु सवार उक्त
More

म्यानचेस्टर युनाइटेडको पोस्टमा टोटेनह्मको ३ गोल

लन्डन । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । टोटनह्यामले घरेलु मैदानमै म्यानचेष्टर युनाइटेडलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले एक तथा लुकास मोउराले दुई गोल गरे । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडब्राइटनसँग पनि पराजित भएको थियो । लगातार तेस्रो जित निकालेको टोटनह्याम ९ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ स्थानमा रहेका लिभरपुल, टोटेनहम, चेल्सी र वाटफर्ड सबैले लगातार तीन जित दर्ता गरेका छन् । युनाइटेड भने लगातार दोस्रो हारसँगै अंक तालिकामा माथि उक्लन सकेन ।
More

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौं, ५७ वटा स्वागतद्वार

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो । राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ ।
More

औलोको उच्च जोखिम

बैतडी – पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् । “हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भन्नुभयो । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक
More

खोलाले लियो ज्यान

जाजरकोट – खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु भएको छ । तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम शनिबार शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो । हाट बजारबाट फर्किने क्रममा दुवै जनालाई खोलाले बगाएको हो । क्याटो र मरिम्लामा वर्षमा एक पटक हाट बजार लाग्ने गर्छ । यस वर्ष गत साउन २५ गतेदेखि यहि भदौ १० गतेसम्म हाट बजार लागेको थियो । रासस
More

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

बेइजिङ – चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ । नयाँ बनाउन लागिएको देवयानी संहिताले दशकौँ देखिको विवाद अन्त्य हुने अधिकारीहरूले विश्वास लिएका छन् । संसारकै सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चिनिने चीनले दुई जनाभन्दा बढी सन्तान जन्माउनेलाई दण्ड जरिवानाको व्यवस्था गरेको थियो । परिवार नियोजनसम्वन्धी यस व्यवस्थालाई परिवर्तन गर्न बनाइएको कानूनको मस्यौदालाई राष्ट्रिय जनकङ्ग्रेसमा सन् २०२० मा मतदान गराईने तयारी गरिएको श्रोतले जनाएको भन्दै पत्रिकाले
More

निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ – इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाको आयोजनामा सोमबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीव २०० जनाले स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरेका थिए । महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले शिविरको उद्घाटन गर्दै स्थानीय बासिन्दालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त सामाजिक कार्यबाट धेरै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय पवन प्रकृति इङ्ग्लिस सेकेण्डरी स्कूलका प्रधानाध्यापक उत्तरकुमार राईले स्वास्थ्य शिविरले विद्यार्थीलाई र वरपरका स्थानीय बासिन्दालाई फाइदा पुगेको बताउँदै आगामी दिनमा पनि शिविर निरन्तर हुनुपर्नेमा जोड दिनुभयो । आयोजक स्वस्तिक
More