Daily Archives 30th August 2018

पुजालाई पोर्चुगलबाट हमाल दम्पतीको सहयोग

लण्डन – गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। बेनी नगरपालिका ६ फोओठेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्रमा गरिबीभित्रको पीडा लुकेको भन्दै बागलुङको काठेखोला गाउँपालिका मुलथाना जन्म घर भई बानपा २ श्रीनगरटोल निवासी हमाल दम्पतीले ५० हजार १ सय ४८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। ‘आर्थिक अभावले कहिल्यै विद्यालय जानबाट बन्चित हुनु नपरोस्,
More

यतीको च्यारिटीमा पूर्वप्रधानमन्त्री माधव नेपाल सहभागी हुने

लण्डन । वेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसियसन युकेले च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालका विकट जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको सहयोगार्थ २८ अक्टोवरमा हुने सो च्यारिटी कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहभागी हुने यती नेपाली एसोसियसन युकेले जनाएको छ । एसोसियसनले विहीवार लण्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । नेपालका असहाय, अशक्त, निमुखा, विपन्न वर्ग, द्वन्द पीडित तथा दुर्गम र पिछडिएका क्षेत्रका बालबालिकाको शिक्षाको लागि काम गर्दै आएको मानव जीवन संरक्षण मञ्च,नेपाल र हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ सो च्यारिटी कार्यक्रमको आयोजना हुन लागेको हो । ती संस्थाले पहिलो चरणमा
More

अध्यात्म विना सुखी जीवन संभव छैन :स्वामी आनन्द अरुण

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अध्यात्म विना सुखी जीवन संभव नहुने बताएका छन्। ओशेा क्याम्प युके तथा विश्व हिन्दु महासंघ युके शाखाद्वारा लण्डनको साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित एक समारोहलाई संबोधन गर्दै स्वामी अरुणले पैसाले जीवनमा ठूलो घर, मोटरजस्ता सुविधा जोडन सकिने तर सुख, सन्तोष र आनन्द जोडन नसकिने उदाहरणहरु दिए। उनले संसारका सबैभन्दा धनी पश्चिमा मुलुकहरुमा आत्महत्या, डिप्रेसन, तनाव र अन्य मानसिक समस्याहरु बढ्दै गएको जनाउँदै अब नेपालका गाउँघरमा गएमा मात्रै हाँसीरहेका मानिसहरु भेटन सकिने बताए। ‘आध्यात्मिक तथा भौतिकरुपले जीवनमा कसरी समृद्ध बन्ने’ भन्ने विषयमा प्रवचन दिंदै स्वामी अरुणले आफ्ना गुरु ओशोले
More

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताउनुभएको छ । यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उहाँले हिमालय पर्वत शृङ्खला र हिन्द महासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्छ भन्नुभयो । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् । प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो । “भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो”, उहाँले भन्नुभयो, “हामी सबै विकासशील देश हौँ, शान्ति र समृद्धि सबैको
More

हिन्दूराष्ट्र अपरिहार्य छ : अध्यक्ष थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको आरोप लगाउनुभयो । हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट शुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश र जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताउनुभयो । उहाँले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र पुनःस्थापना गराइ
More

‘अध्यात्म विना सुखी जीवन संभव छैन’

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अध्यात्म विना सुखी जीवन संभव नहुने बताएका छन्। ओशेा क्याम्प युके तथा विश्व हिन्दु महासंघ युके शाखाद्वारा लण्डनको साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित एक समारोहलाई संबोधन गर्दै स्वामी अरुणले पैसाले जीवनमा ठूलो घर, मोटरजस्ता सुविधा जोडन सकिने तर सुख, सन्तोष र आनन्द जोडन नसकिने उदाहरणहरु दिए। उनले संसारका सबैभन्दा धनी पश्चिमा मुलुकहरुमा आत्महत्या, डिप्रेसन, तनाव र अन्य मानसिक समस्याहरु बढ्दै गएको जनाउँदै अब नेपालका गाउँघरमा गएमा मात्रै हाँसीरहेका मानिसहरु भेटन सकिने बताए। ‘आध्यात्मिक तथा भौतिकरुपले जीवनमा कसरी समृद्ध बन्ने’ भन्ने विषयमा प्रवचन दिंदै स्वामी अरुणले आफ्ना गुरु ओशोले
More

तीन दिन बद्ली र वर्षा

काठमाडौं । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो । आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा
More

नौ अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा पुगेको छ । कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । आज होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । होटल २.३१ बिन्दुले घट्दा बैंकिङ ९.११, विकास बैंक ७.९१, जलविद्युत् ५.३१, वित्त १.३२, निर्जीवन
More

एशियाका कलाकर्मीको काठमाडौँ भेला

विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रको काठमाडौँमा बिहीबारदेखि शुरु भएको चारदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल । तस्बिर : कृष्णराज गौतम
More

बिम्स्टेक शिखर सम्मेलन शुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी हुँदै हुनुहुन्छ । शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त
More

हारसँगै नेपालको एशिया कप क्रिकेट खेल्ने सपना अधुरो

काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भयो । हारसँगै नेपालको एशिया कप क्रिकेट खेल्ने सपना अधुरो नै रह्यो । खेलमा नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन जोडे । एक दिवसीय अन्तर्रााष्ट्रय क्रिकेटमा नेपाललाई
More

सात मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका छन्। उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे। आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनेछन्। बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन्। सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका हुन्। रासस
More

लागु औषधसहित युवक पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ । भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस
More

दुर्घटनामा सत्र जना घाइते

राजविराज – सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । रासस
More

छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खस्नु भएको थियो । गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
More

विमस्टेक सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख काठमाडौंमा, राष्ट्रपति भण्डारीसँग सामूहिक भेट

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गर्नुभयो । आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उहाँहरुको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनुहुनेछ । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आउनुभएको छ । बिमस्टेकको
More

एशिया कप क्रिकेट : नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई-दुई विकेट लिए । पहिलो खेलमा बुधबार
More

विधेयक अलपत्र छाडेर सभामुख चीनतिर

काठमाडौँ । मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन् । ‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’ मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन् । टोली २७ गते फर्किने कार्यक्रम छ । सभामुखको निजी सचिवालयले महरा चीन जान लागेको पुष्टि गर्‍यो । ‘चीन जाने कार्यक्रम तय भएको छ,’ सभामुखका प्रेस विज्ञ डिल्ली मल्लले भने । टोलीमा नेकपाकी शान्तिमाया तामाङ, हेमकुमार राई, कांग्रेसकी रंगमती शाही, फोरमका उमाशंकरप्रसाद अरगरिया र राजपाका एकवाल मियाँलगायत ६ जना सांसद छन् । असोज
More

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गर्नुभएको थियो ।
More

बिम्स्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गर्नुभएको छ । आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गर्नुभएको सन्दर्भमा उहाँहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले हार्दिक स्वागत गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस
More