Daily Archives 31st August 2018

जनसम्पर्क समिति अमेरिकामा ४ बुंदे सहमति

ध्रुव भण्डारी । न्यूयोर्क। बुधवारका दिन, नेपाली काँग्रेसका प्रवक्ता एवं प्रखर वक्ता विश्व प्रकाश शर्मासंग न्यूयोर्कमा रहनुभएका नेपाली काँग्रेसका अग्रज एवं जनसम्पर्क समिति अमेरिकामा आवद्ध सबै तहका साथिहरूको माझमा घनिघूत रूपमा अनौपचारिक छलफल भएको छ । छलफलको पहिलो चरणमा पार्टी प्रवक्ताले सुधार गर्नुपर्ने कुराहरू के के हुन भनि प्रवक्ता आफैले सहभागिहरूसँग सुझाव माग गरेका थिए भने दोस्रो चरणको छलफलमा समग्र काँग्रेसको र जनसम्पर्क समिति अमेरिकाको बारेमा सहभागिहरूको तर्फबाट आफ्नो भनाई र सुझाबहरू मागेका थिए । झण्डै ४ घण्टा निरन्तर चलेको उक्त अन्तरकृया एवं छलफल कार्यक्रमा जनसम्पर्क समिति अमेरिकाको नेता तथा कार्यकर्ताहरूले खुलेर आफ्ना भनाई/सुझावहरू प्रवक्ता सामु राखेका थिए । अन्त्यमा
More

युकेबाट प्रदेश न १ को नाम लिम्बुवान हुनुपर्ने माग

गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ । नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने गरि गोर्खा राज्य संग सम्झौता गरि नेपालमा जोडिएको ताजा इतिहासलाई सम्मान गर्दै । ऐतिहासिक आधारमा प्रदेश न. १ को नाम ‘लिम्बुवान“ वा ‘लिम्बुवान किरात“ राख्नु पर्दछ । देशविदेश र संयुक्त राष्ट्रसङ्घमा समेत लिम्बुवानको मुद्धा एवं पहिचान स्थापित भईसकेको कारण स्थायी शान्ति, समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले प्रदेश
More

ओसिनिया क्षेत्रमा विज्ञ सम्मेलन १५ सेप्टेम्बरमा

लन्डन ।अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित विज्ञ सम्मेलनको आयोजना हुने भएको छ । आगामी अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलनकै पूर्वतयारीको रुपमा गर्न लागिएको विज्ञ सम्मेलनबाट सो क्षेत्रका विज्ञले आर्जन गरेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी समेत गरिने ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए । यही सेप्टेम्बरको १५ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरुको सहभागिता रहने छ । अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा
More

प्रधानमन्त्रीद्वयबाट पशुपति धर्मशालाको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्नुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिरको दर्शनका लागि पुग्नुभएको थियो ।
More

अभिवादन गर्दै भारतका प्रधानमन्त्री

विम्स्टेकको चौथौं सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्बिर: रत्न श्रेष्ठ
More

कांग्रेस आई अध्यक्ष राहुल गान्धी अचानक काठमाडौंमा

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी आज दिउँसो काठमाडौं आईपुगेका छन् । मानसरोवर यात्राका लागि उनी भारतीय इन्डिगो विमानवाट शुक्रबार बिहान ११ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन । उनी नेपाल हुँदै तिब्बतको मानसरोवरको यात्रामा जान लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । राहुल काठमाडौंको -याडिसन होटलमा बसेका छन् । शनिबार विहान हेलिकप्टरवाट नेपालगञ्ज जाने कार्यक्रम छ । नेपालगञ्जबाट हुम्ला हुँदै उनी मानसरोवर यात्रामा निस्कने बताइएको छ । उनी १२ दिनको मानसरोबर यात्रामा निस्केका हुन । नीजि भ्रमण भएकाले काठमाडौं बसाईका क्रममा उनले कुनै राजनीतिक भेटघाट भने नगर्ने बताईएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका
More

बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न, १८ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौं । १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ । आयोजक राष्ट्रका रुपमा नेपालले अध्यक्षता गरिरहेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन् । सम्मेलनका क्रममा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र/विदेशमन्त्री तथा अधिकारीहरुले उर्जा साझेदारीसँग सम्बन्धित ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको छ
More

नेपाली विद्यार्थीलाई भारतमा कूलपति स्वर्ण पदक

काठमाडौं । भारतको कानपुरमा रहेको छत्रपति शाहजी महाराज विश्वविद्यालयको दीक्षान्त समारोहमा नेपाली छात्रा आकृति श्रेष्ठ कुलपति स्वर्ण पदकले सम्मानित हुने छिन् । उनले एमएस्सी न्युट्रिसन विज्ञानमा सर्वाधिक अंक ल्याएर कलेज टप गरेकाले कुलपति स्वर्ण पदकले सम्मानित हुने भएकी हुन् । पञ्जाव केसरीमा प्रकाशित समाचारअनुसार मकवानपुरका गणेशमान श्रेष्ठ र अमृताकुमारी श्रेष्ठकी छोरी आकृति श्रेष्ठले सीएसजेएमयुबाट एमएस्सी न्युट्रिसन साइन्सको अध्ययन गरेकी थिइन् । उनले ८१ दशमलब ०५ अंक हासिल गरिन् । जीव विज्ञान संकायमा सर्वाधिक अंक हासिल गरेकी आकृतिलाई कूलपति स्वर्ण पदक दिइनेछ । राम्रो शिक्षा लिएर आफ्नै देशको विकासमा योगदान दिने प्रतिक्रिया उनले सञ्चारकर्मीहरुलाई दिएकी थिइन् ।
More

भलाकुसारी

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री ल्योन्पो छिरिङ आङचुकसँग रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा भलाकुसारी गर्दै । तस्वीर: प्रदीपराज वन्त
More

बिम्स्टेकको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष-सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष-सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि सहभागी हुनुहुन्छ । रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उहाँहरूका श्रीमती-श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष-सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ । बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी
More