Daily Archives 2nd September 2018

लण्डनमा नेपथ्यको तेश्रो प्रस्तुति

लण्डन। यहाँस्थित ओ टु ब्रिक्सटनमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत गरेको हो । ब्याण्ड पहिलो पटक पाँच वर्षअघि विम्बले एरेनामा प्रस्तुत भएको थियो जुन नेपाली संगीतकै इतिहासमा एउटा कोशेढुँगा बन्न सफल भयो । त्यसपछि दोश्रो र तेश्रोपटक ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना भएको हो । कार्यक्रममा जसै नेपथ्य गाउन सुरुभएको थियो, उसैगरी हलभरिका दर्शकले पनि गाएरै साथ दिएका थिए । कार्यक्रमको सुरुअात नै नेपथ्यको सार्वजनिक हुनै लागेको दसौं अल्बमबाट भएको थियो – ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’
More

गायिकाद्धय सृजु र कला लम्साल तीज मनाउन बेलायतमा

लण्डन । बेलायातवासीलाई तीजमा नचाउन आदी दर्जन भन्दा बढी गायिकाहरु बेलायत उत्रिएका छन् । यहाँस्थित नेपाली संघसँस्थाको आयोजनामा हुने तीज बिषेश कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत आएका हुन् । यसैक्रममा नारीहरुको महान पर्व हरितालिका तीजको रौनक थप्न गायिकाद्धय सृजु अधिकारी र कला लम्साल आइतवार ग्याटवीक एअरपोटमा उत्रिए । शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमवार बर्मिघममा आयोजना हुने तीज कार्यक्रममा उनीहरुको प्रस्तुती रहने छ । गायिका, नायिका तथा संगीतकार बाट चिनिएकी मिठो स्वरकी धनी गायिका सृजु अधिकारीले बिभिन्न महत्सोवहरुमा धुम मच्चाउदै आएकी छिन । सांगीतिक क्षत्रको सबै अनुभव बटुलेकी गायिका स्टेज कार्यक्रममा समेत निकै चर्चित छन् । यसअघि अगाडी मलेसियाको एक
More

‘अस्पताल बन्द छ, तपाईको शल्यक्रिया हुँदैन’

काठमाडौं । चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीलाई समस्या परेको छ । देशभरीका सबै अस्पताल बन्द गराएका चिकित्सकका कारण आज धेरै बिरामीले उपचार नै पाएनन् । कर्णाली घर भएका लक्ष्मीप्रसाद न्यौपाने ४० बर्षीया आफ्नी श्रीमती कमला न्यौपानेलाई लिएर भदौ १४ गते त्रिवि शिक्षण अस्पताल महाराजगंज आए । पाठेघरको समस्या भएपछि अस्पताल भर्ना भएकी कमलाको पाठेघरको शल्यक्रिया आइतबार गर्ने समय चिकित्सकले तय गरेका थिए । तर जब उनी शल्यक्रिया गराउन भन्दै शल्यक्रिया कक्षमा गईन्, चिकित्सकले ‘अस्पताल बन्द छ, तपाईको शल्यक्रिया हुँदैन’ भन्दै फकाईदिए । नवलपरासीका रुद्रबहादुर धर्तीले पनि मिर्गौलामा समस्या भएर श्रीमती रुकुमाया घर्तीलाई आईतबार बिहानै अस्पताल लिएर आए
More

च्याब्रुङ बजाएर कार्यक्रम उद्घाटन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ किरात वाकथुङ चुम्लुङको ३०औँ स्थापना दिवस मूल समारोह समितिको आइतबार आयोजित कार्यक्रममा च्याब्रुङ बजाएर कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर: किरण भट्टराई
More

विष्टलाई फर्काउनुका कारण खुलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुका कारणसहित लिखित जवाफ पेश गर्न गृहमन्त्रालयका नामका आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज विष्टलाई विदेश जानबाट रोक्नुका कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई शुक्रबार विष्टले थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानूनविपरीत जानबाट रोक लगाएको भन्दै यही भदौ १५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । विदेश जाने क्रममा विष्टलाई यही भदौ ८ गते विमानस्थलबाटै फर्काइएको थियो । विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको
More

वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ

वीरगन्ज । वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५४ लाख ९६ हजार रुपैयाँ समेत बरामद भएको छ । वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाबारेमा अनुसन्धान भईरहेको भन्दै पक्राउ परेकाहरुको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
More

विदेशमा रहेका नेपालीलाई मताधिकार देउ : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय मल्ल र भण्डारीको इजलासको पूर्णबाट अइतबार सार्वजनिक गरिएको छ। यद्पी फैसला भने २०७४ चैत ७ गते भएको थियो । सर्वोच्चको यो फैसला गैरआवासीय नेपालीको हकमा भने यो लागु हुने छैन् । ‘विदेशमा रहेका सबै नागरिकहरुलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नु’, आदेशमा भनिएको छ, ‘नेपाली नागरिकता नत्यागेको
More

श्रीलङ्काली राष्ट्रपति आनन्दकुटी विहारमा

काठमाडौँ – श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहारमा जानु भई आज अस्थि धातुको दर्शन गर्नुभयो । राष्ट्रपति सिरिसेनाले स्वदेश फिर्ता हुनुअघि श्रीलङ्का सरकारको रु २१ करोडको सहयोगमा पुनःनिर्माण गर्न लागिएको उक्त विहारको निरीक्षण गर्नुभएको थियो । सङ्घनायक भिक्षु अश्वघोष महास्थवीर, विहारका प्रमुख संरक्षक भिक्षु मैत्री महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्य महास्थवीरलगायतले राष्ट्रपति सिरिसेनालाई विहार तथा त्यस क्षेत्रमा हुने धार्मिक गतिविधिका बारे जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति सिरिसेनालाई बुद्धको प्रतिमा उपहारस्वरुप प्रदान गरिएको थियो भने राष्ट्रपतिले विहारलाई कलात्मक शैलीबाट निर्माण गरिएको चाँदीको कलश प्रदान गर्नुभयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
More

शेयर बजार नौ अङ्कले बढ्यो

काठमाडौँ – साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो । स्टककाअनुसार आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ । नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ । आज तीन उपपमूहको शेयर
More

कृष्णबालन जोगाउन मुश्किल

पोखरा – आर्थिक समस्याले प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन जोगाउन मुश्किल पर्दै गएको छ । विशेषतः श्रीकृष्णजन्माष्टमीका दिन र अन्य विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई बालने कलाकारले देखाउने कृष्णबालन लोप हुन्े अवस्थामा पुगेको हो । आधुनिक संस्कृतिप्रतिको मोहले पनि यसलाई ओझेलमा पारेको छ । न्यूनतम ३० कलाकार चाहिने कृष्णबालनलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लगभग रु १४ लाख आवश्यक पर्ने बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष खगराज आचार्यले बताउनुभयो । आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदसाथै बालने कलाकार तयार गर्न तालीम आवश्यक पर्छ । प्रतिष्ठानले यसको जगेर्ना गर्न ठाउँ ठाउँमा पुगेर आवश्यक तालीम दिँदै आएको छ । शुरुमा बालन सञ्चालनका
More