Daily Archives 3rd September 2018

जनसम्पर्क समिति बेलायतले बिपी जयन्ति मनाउने

लन्डन । जनसम्पर्क समिति बेलायतले बिपी जयन्ति मनाउने तयारी गरेको छ । समितिका सभापति युवराज गुरुङका अनुसार १०५ औँ बिपी जन्मजयन्ती आगामी आइतवार (९ सेप्टेम्बर) लन्डन स्थित माया पबमा मनाउने तयारी गरीएको हो । दिउसो १ बजे देखि सुरु हुने कार्यक्रममा नेपाली कांग्रेस म्याग्दी जिल्ला सभापति खमबिर गर्बुर्जा प्रमुखअथिति रहने छ । कार्यक्रमलाई सफल पर्न महेश दाहाललाई संयोजक तोकिएको जनसम्पर्क समितिले जनाएको छ । को हुने बीपी कोइराला ? प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी यो साता मुलुकभर तथा विदेशमा समेत मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४
More

बेलायतमा अपांगता भएकाहरुको सहयोगार्थ च्यारिटी (फोटो फिचर )

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता भएकाहरुको सहयोगार्थ च्यारिटी कोष संकलनका लागि एक च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा बेलायत स्थित गैर आवासीय नेपाली समुदाय लगायत देश विदेशबाट आउने पाहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो । बेलायतका लागि नेपालका राजदुत डा दुर्गा बहादुर सुबेदीको आथित्यमा सम्पन्न अपाङ्गता भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रममा एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय
More

नेपाली नेशनल कन्भेन्सन शिकागोमा सम्पन्न, नागरिकता बिधेयक सच्याउन सहयोग गर्नेछौँः माधव नेपाल

अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको नेशनल नेपाली कन्भेन्सन आइतबार सम्पन्न भयो । शिकागोको होटल हिल्टनमा आयोजित सम्मेलन गत शुक्रबार शुरु भएको थियो । “नेपाली समुदायको लागी एकता” भन्ने नारा बोकेको सम्मेलनको शनिबार प्रमुख अतिथि एवं नेपालका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए । समारोहमा बोल्दै नेता नेपालले अमेरिकामा आर्जन गरेको उन्नत ज्ञान, सिप र श्रोत साधनलाइ नेपालको हितमा समेत उपयोग गर्न आग्रह गरे । “यहाँ सिकेको सिप र क्षमतालाइ मातृभुमीको हितमा लागाउनुस” उनले भने । नेपालले गैर आवासीय नेपालीले विमति राखेको नागरिकता विधेयकलाइ उनिहरुको मर्म अनुकुल संसोधन गर्ने आफुले
More

विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरुलाई एनआरएनएको निर्देशन

लण्डन । गैरआवासीय नेपाली संघले आफ्ना ७८ वटै राष्ट्रिय समन्वय परिषदलाई विधान सभामा सहभागी हुन आव्हान गरेको छ । आगामी अक्टोबर १२ अक्टोबरमा काठमाडौंमा हुने विधान सभामा सहभागी हुन चाहने एनसीसीलाई संघले आगामी अक्टोबर ११ भित्र अनिवार्य रुपमा नाम दर्ता गराउन आह्वान गरेको हो । नाम दर्ताका लागि प्रति सहभागी हुन चाहानेले एक सय अमेरिकी डलर दर्ता शूल्क सचिवालयमा जम्मा गर्न महासचिव डा. बद्री केसीले आब्हान गर्नु भएको हो । संघको विधानको दफा २९ को उपदफा ३ ले विधान सभामा अन्तर्राष्ट्रिय समन्वय परिषदका तत्कालिन, निवर्तमान र संस्थापक पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, हरेक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष वा निजले तोकेको एक प्रतिनिधि,
More

‘स्वास्थ्यकर्मीहरु किन हजारौं व्यक्तिको मृत्युको कारण बन्दैछन् ?’

काठमाडौं । प्रतिनिधिसभामा सोमबारदेखि सांसद र विभागीय मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सेसन सुरु भएको छ । सांसद र मन्त्रीबीच पहिलोपटक भएको प्रत्यक्ष प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बजेटमा विपन्न विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर उच्च प्राविधिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत शैक्षिक कर्जा दिने घोषणा कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेका थिए । सांसद गौतमको प्रश्नमा तत्काल जवाफ दिन सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई निर्देशन दिए । योसँगै सोमबारदेखि प्रश्नोत्तर सेसन सुरु भएको हो । सांसदहरु तेजुलाल चौधरी, प्रेम सुवाल, विरोध खतिवडा र अमरेशकुमार सिंहले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, छात्रवृत्ति, निःशुल्क शिक्षालगायतका विषयमा मन्त्री पोखरेलसँग प्रश्न गरेका थिए । सांसदहरुको
More

देउडा नृत्य

गौरा पर्वको अवसरमा काठमाडौँमा टुँडिखेलमा आयोजित कार्यक्रममा देउडा नृत्य गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता भिम रावल लगायत । तस्बिर : नवीन पौडेल
More

यौन दुव्र्यवहार गर्ने फरार शिक्षक पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–३ बगाहाका राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातको समयमा आफ्नै विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीया छात्राको घरमा गएर कोठामा प्रवेश गरी यौन दुव्र्यवहार गरेका थिए । छात्रा कोठामा चिच्याएपछि बस्नेत फरार भएका थिए । छात्राका आफन्तले प्रहरीमा जाहेरी दिएपनि फरार रहँदै आएका बस्नेत गत शनिबार पक्राउ परेका थिए । पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको जिप्रका उदयपुरका प्रमुख चन्द्रदेव राईले बताए ।
More

बङ्गबन्धुको पुरस्कार अझै पाइएन

काठमाडौं । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचांै संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ ।” त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको
More

आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सरकार सहमत

काठमाडौं । आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सरकार सहमत भएको छ । मुलुकी अपराधसंहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न सरकार तयार रहेका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले जानकारी दिए । स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा कानूनका विवादास्पद विषयमा चिकित्सकका असन्तुष्टिबारे सहमतिको प्रयास भएको थियो ।वार्तामा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव, चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ लगायत सहभागी भएका थिए । गत भदौ एक गतेदेखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐनमा कडा सजायको प्रावधान राखिएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । आइतबार चिकित्सकले आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारी आन्दोलन गरेपछि सरकारले नेपाल चिकित्सक संघलाई वार्तामा
More

कृषकलाई बाल्टी उपहार

बुटवल – बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । सो वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्नुभयो । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गर्नुभयो । समृद्धिका लागि कृषि र पर्यटनलाई आधार बनाएर सोहीअनुरुप कार्यक्रम चालू आवको बजेटमा समावेश गरिएको आचार्यले बताउनुभयो । सो अवसरमा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उपमहानगरपालिकाले समृद्ध बुटवल सुखी जनताको सङ्कल्पका साथ समृद्धिका आधार तय गर्दै तिनै आधारलाई
More

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जानकारी दिनुभयो । पाँच प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महसुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभाबकारी बनाउन पहल गर्ने र यस्को अनुभूति नेपाली जनताले केही समयपश्चात् मात्र गर्ने चर्चा गर्नुभयो । उहाँले रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई रु एक लाख
More

कुबेतमा अचेत किसान अस्पतालमा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा ( अचेत अवस्था ) राखेर उपचार गरिएको थियो । दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उहाँ अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहनुभएको छ । घरखर्च जुटाउन प्रवास पुग्नुभएका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उहाँको परिवार चिन्तित बनेको छ । कुबेतको कुक्जे कम्पनीमा कार्यरत किसान प्रवासमै थलिएपछि परिवारको
More

जलकुम्भी झार

पोखराको फेवातालमा उम्रेको जलकुम्भी झार । तस्वीरः हरि बाँस्तोला, पोखरा
More

बिम्स्टेक सफल : सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिनुभयो । बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उहाँले सार्कको पनि आफ्नै महत्व रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताउनुभयो । चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताउनुभएका उहाँले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिनुभयो, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न
More

कांग्रेस वरिष्ठ नेता पौडेल यूरोप भ्रमणमा

काठमाडौं । नेपाली जनसम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा जाने हुनु भएको छ । १० दिनको यूरोप भ्रमणमा वरिष्ठ नेता पौडेलले यूरोपका विभिन्न देशमा रहेका जनसम्पर्क समितिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको चिन्तन पौडेलले जानकारी दिनुभयो । सेप्टेम्बर १५ मा नेता पौडेल यूरोप पुग्न हुनेछ । सेप्टेम्बर १७ मा नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमलाई नेता पौडेलले सम्बोधन गर्नु हुनेछ । जनसम्पर्क समिति बेल्जियमले नेपालको वर्तमान परिपे्रक्ष्यमा लोकतान्त्रिक समाजवाद’ विषयक वृहद अन्तरक्रियामा नेता पौडेल सहभागी हुनु हुनेछ । नेता पौडेल बेल्जियमपछि स्पेन, स्वीट्जरल्यान्ड, फ्रान्स, नेदरल्यान्डलगायत अन्य ६ मुलुकको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर २६ तारिखमा
More

सुदूरपश्चिमका नारीले गौरा पर्व मनाउँदै, सभापति देउवाको शुभकामना

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्वको गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्व उमा महेश्वरसहित दुबोको पूजा गरी सनातन हिन्दू नारीले मनाउने गर्दछन् । विशेष गरी सुदूरपश्चिमका नारीले यो पर्व मनाउने गरेका छन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान फैलने र मनोकामना पनि पूरा हुने विश्वासका साथ मनाइने यस पर्वमा उमामहेश्वरको पूजा, उपासना र व्रतसमेत बस्ने प्रचलन छ । यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि पर्वका अवसरमा वृहत्
More

सरकार र चिकित्सक संघबीच वार्ता हुँदै

काठमाडौं । गत भदौ एक गतेदेखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐनमा कडा सजायको प्रावधान राखिएको भन्दै आन्दोलनका उत्रिएका चिकित्सक र सरकारबीच आज वार्ता हुने भएको छ । आइतबार चिकित्सकले आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारी आन्दोलन गरेपछि सरकारले नेपाल चिकित्सक संघलाई वार्तामा बोलाएको हो । दिउँसो स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा कानूनका विवादास्पद विषयमा चिकित्सकका असन्तुष्टिबारे सहमतिको प्रयास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्तामा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव, चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ लगायत सहभागी हुनेछन् । नयाँ अपराध संहिताको दफा २ सय ३० देखि २ सय ३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग चिकित्सकहरुको छ । चिकित्सक
More

अवैध भारतीय रकमसहित एक जना पक्राउ

काठमाडौँ । झापाको काँकडभिट्टा नाकाबाट अवैध भारतीय रकमसहित एक जना पक्राउ परेका छन्। प्रहरीले आज बिहान काठमाडौँका रविन्द्र बज्राचार्यलाई १२ लाख ८० हजार भारु रकमसहित काँकडभिट्टा नाकाबाट पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका बज्राचार्यलाई शंका मानेर चेकजाँच गर्दा प्रहरीले अवैध रकम फेला पारेको हो। बज्राचायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। डिसी नेपाल
More

घरधनी र व्यवसायीको सम्झौतामा घरबहाल कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताएका छन्। जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँले आइतबार यहाँ आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उनले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने बताए। “सम्झौतामा के उल्लेख गरेका छन्, त्यहीअनुसार घरधनी वा बहालबस्नेले घरबहाल कर तिर्नुहोस्,” उनले भने। शाक्यले गत वर्षको तुलनामा काठमाडौँ महानगरपालिकाले कर घटाएको भन्दै सबै व्यवसायलाई करको दायरामा ल्याउन महानगरपालिका लागेको उल्लेख गरे। उनले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै व्यवसायको आधारमा महानगरपालिकालाई कर तिर्न आग्रह गरे। आन्तरिक राजश्व विभागका निर्देशक सरोज निरौलाले घरवहाल कर
More

सुनकोशीमा दुई भारतीय बेपत्ता

चौतारा – सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ । रासस
More