Daily Archives 4th September 2018

एनआरएन र पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बीच छलफल

लण्डन । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गर्नु भएको छ । लाप्राकमा निर्माण भइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माणको अवस्था बारे एनआरएनएका पदाधिकारीसँग छलफल गर्दै सीइओ ज्ञवालीले यस्तो आग्रह गर्नु भएको हो । लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी काम गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई
More

कर्मचारी समायोजन पुस मसान्तसम्ममा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले निजामति प्रशासनको क्षमतामाथि प्रश्न नभए पनि कार्य क्षमताको उचित प्रयोग र सुशासनको पाटोबाट प्रशस्तै आलोचना हुने गरेको उल्लेख गर्नुभयो । सङ्घीयताको अभ्यास गरिरहेको अवस्थामा केन्द्रिकृत मानसिकताका कारण अधिकाश निजामती कर्मचारीले काठमाडौँ र सुगम स्थान छोड्न नचाहेको बताउँदै मन्त्री पण्डितले भन्नुभयो, “कर्मचारी खटनपटन र सरुवामा शतप्रतिशत निष्पक्ष गर्न खोजिरहेका छौँ, खटाएको ठाउँमा राष्ट्रसेवकले काम गर्नेपर्छ, ट्रेड यूनियनलाई सरुवामा संलग्न हुन दिएको छैन । स्थानीय तहमा कर्मचारी जान आनाकानी गरेपछि
More

सहयोगको वातावरण बनाउन छिमेकको भ्रमण : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताउनुभयो । “दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ ।” उहाँले भन्नुभयो, “अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालीका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।” अध्यक्ष
More

आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मृगौला पीडित नौ वर्षीया सुस्मिता विश्वकर्माको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै वैदेशिक रोजगार सरोकार समाज खोटाङका अध्यक्ष रेखा राई । उपचारका लागि सहयोग रकम जुटाउन शुरु गरिएको ‘आर्थिक संकलन अभियान’ क्रममा संकलन भएको रु ३७ हजार १२५ सहयोग रकम पीडितलाई प्रदान गरिएको हो । तस्विर: केदार मगर/खोटाङ
More

लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न एनआरएनएलाई प्राधिकरणको आग्रह

काठमाडौं । गोरखाको लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण हुनुपर्नेमा जोड दिइएको छ । लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सङ्घका केन्द्रीय पदाधिकारीसँग छलफल गर्नुभयो । लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने भएकाले पुनः निर्माण शीघ्र सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । बाँकी कामको निश्चित समयसीमा निर्माण गरी काम गर्न र त्यहाँ आयआर्जनको पनि योजना बनाउन प्राधिकरणले सुझाव दिएको छ । “प्राधिकरणले पुनः निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई
More

साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करणमा नेपाल पहिलो खेलमा पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा पाकिस्तानसँग भएको खेलमा नेपाल २-१ ले पराजित भएको हो । साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २९ खेलमध्ये आठमा जित, १७ मा हार, चारमा बराबरीको नजिता निकालेको छ । साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज पनि पराजित भएको छ । यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । आज शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म हुनेछ । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल
More

पोल्यान्डमा नेपालीहरु माझ उपप्रधानमन्त्री पोखरेल

वार्सा । रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पोल्यान्ड भ्रमणमा हुनुहुन्छ । पोल्यान्डमा उहाँले प्रवासी नेपाली मन्च पोल्यान्डको सकृयतामा बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा उपप्रधानमन्त्री पोख्रेलले बिदेश बस्ने हरेक नेपालीलाई समग्र राष्ट्रिय स्वार्थको लागि अगाडि बढ्न अनुरोध गर्नुभयो । पोल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा पोल्यान्ड आउनु भएका पोख्रेलले वारसवामस विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेटघाट गर्नुभयो । उक्त भेटघाटमा जनसम्पर्क समिती अध्यक्ष डा एलिनी पोख्रेल सुबेदी, एनआरएन पोल्यान्डका संस्थापक अध्यक्ष डा बोधराज सुवेदी एनआरएनए पोल्यान्डका उपाध्यक्ष जीवन केसी, पानी अभियानकर्ता मित्रलाल पार्दे, प्रवासी नेपाली मन्च पोल्यान्डका पूर्वअध्यक्ष टंक कटुवाल आनन्द घिमिरे नवराज ढकाल अक्षय रिजाल एवं प्रवासी नेपाली मंच
More

नेपाल हङकङसँग ३ विकेटले पराजित, सन्दिपको ५ विकेट

काठमाडौं । मलेसियामा जारि एसिया कप छनोट क्रिकेटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै रहृयो । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निके खराब ब्याटिङ गर्‍यो र ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ९६ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालका लागि सन्दीप लामिछानेले एक्लैले ५ विकेट लिन सफल भए भने बसन्त रेग्मी र सागर पुनले समान १/१ विकेट लिए । उत्कृष्ट बलिङ गरेको नेपालले सुरुवातमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोर्नु पर्‍यो ।
More

नेपाल रेडक्रस दिवस

मंगलबार ५६औँ नेपाल रेडक्रस दिवसको अवसरमा धादिङमा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्वीर: सीताराम अधिकारी
More

निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार

ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर विक छन् । उनले बिहान ४ बजे भुत आयो भन्दै निदाईरहेकी श्रीमती गिता मायालाई खुकुरीले अन्धाधुन्ध प्रहार गरेका थिए । खुकुरीले टाउको र ढाडमा चोट लागेकी गितालाई फिस्टेल एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट पैदल ५ घण्टाको दुरीमा रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । हतियार प्रहार गर्ने व्यक्तिलाई प्रहरी चौकी रावादोलुले नियन्त्रणमा लिएको छ ।
More

मेरो कसैसँग तालमेल भएको छैन : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो । उहाँले लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्नेमा जोड दिँदै उहाँले विकासका योजनालाई केन्द्रीकरण होइन सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्छ भन्नुभयो । मुलुकी संहिता २०७४
More

एसिया कप छनोट : नेपालको खराब प्रदर्शन

काठमाडौं । मलेसियामा जारि एसिया कप छनोट क्रिकेटमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङमा उत्रेको नेपालले निकै खराब सुरुवात गर्दै ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सफल भयो । पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा कप्तान पारस खड्का आफैं आएका थिए तर, उनी पनि अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भएका छन् । आठौं ओभरको अन्तिम बलमा आउट भएका उनले मात्र १४ रन बनाए । ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५
More

सेतो दरबार ; छोटो कथा

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेरले प्रति रोपनी रु. ६० को दरले ३७५ रोपनी जग्गा खरदि गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार ,इटालीयन मार्बलका टेबल , बेल्जियमका ऐनाहरु ,बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका आठ ओटा स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरु भारतको सोनापुरसम्म रेलद्वारा र सोनापुरबाट भीमफेदीसम्म गाडा ,बग्गी र हात्ती र त्यहाँबाट मानिसद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए । वि.सं. १९९० मा आगलागी भएर ध्वस्त भएको यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरु पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । आगलागी
More

कालीगण्डकी नदीमा खसेर बिरामी बेपत्ता

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकी नदीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् । उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२ भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा पुर्जा कालीगण्डकीमा खसेका थिए । सडक अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतीको हात समाएर पहिरो छिचोल्ले क्रममा चिप्लिएर नदीमा खसेका पुर्जाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
More

धुवाँमुक्त अभियान गतिहीन

रोल्पा – जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ । सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन । जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा असार मसान्तसम्म करीब १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन् । अझै २७ हजार परिवार सुधारिएको चुलोबाट वञ्चित छन् । तत्कालीन जिल्ला विकास समितिले जिल्ला परिषद्बाट सन् २०१७ भित्र रोल्पालाई घरभित्रको धुँवामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो । सो अभियानले गति लिन नसकेपछि सर्वसाधारणले गुनासो गर्न थालेका छन् । हालसम्म लुङ्ग्री र रुन्टीवढी गाउँपालिकाको एक÷एक वडा, रोल्पा नगरपालिकाको एउटा वडा र
More

टेलिकमको मोबाइलमा देशभर समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । यद्यपि, ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ । नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । मोबाइल नेटवर्कमा खराबी आए पनि त्यसको पहिचान हुन नसकेको उसको भनाइ छ । मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ ।
More

अरिङगालको टोकाइबाट बालिकाको मृत्यु

बैतडी – अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन् । रासस
More

भूमध्यसागरीय बाटो हुँदै यूरोप भित्रिने क्रममा मृत्यु हुनेको संख्या बढ्दो

जेनेभा । भूमध्यसागरीय बाटो भएर यूरोप प्रवेशमा कडाइ गरिएसँगै यो बाटोको प्रयोगमा ह्वात्तै कमी आएपनि उक्त बाटो यूरोप जाने क्रममा आप्रबासी शरणार्थीले ज्यान गुमाएका घटनामा भने कमी आउन नसकेको संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ। सन् २०१८ को जनवरीदेखि जुलाईसम्म उक्त बाटो भएर यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या ५८ हजारभन्दा बढी रहेको राष्ट्रसङ्घीय शरणार्थी मामिला हेर्ने निकाय ९यूएनएचसीआर०ले जनाएको छ। यो सङ्ख्या सन् २०१७ को सोही समयको तुलनामा ४१ प्रतिशतले कमी भएको जनाइएको छ। आप्रबासीले भूमध्यसागर हुँदै इटाली पुग्ने खतरनाक बाटोको प्रयोग गत बर्षभन्दा निकै घटेर ९५ हजारबाट १८ हजार ५०० पुगेको छ। तर खतरनाक सामुद्रिक बाटो
More

अर्थमन्त्रीद्वारा करदाता सेवा र आन्तरिक राजश्व कार्यालय उद्घाटन

दमक – अर्थमन्त्री डा युवराज खतिवडाले मोरङको सुन्दरहैचा नगरपालिका–१० स्थित विराटचोकमा करदाता सेवा कार्यालयको सोमबार उद्घाटन गर्नुभएको छ । पूर्वी मोरङका उद्योगी व्यावसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरबाट हुने सेवा सहजरुपमा प्रदान गर्न विराटचोकमा करदाता सेवा कार्यालयको स्थापना गरिएको हो । करदाता कार्यालय स्थापनापछि पूर्वी मोरङका करीब ३८ हजार करदाता प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा खतिवडाले सङ्घीयता नै खतरामा पार्ने गरी करको विरोध भएको बताउनुभयो । सरकारले दोहोरो कर कतै नलिएको बताउँदै मन्त्री खतिवडाले जनतालाई असर पर्ने खालको कर नबढाउनसमेत स्थानीय सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, युवा
More

बसले किचेर बालिकाको मृत्यु

चितवन – पश्चिम चितवनमा स्कूल बसले किचेर सोमबार एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिया बालिका सम्झना मिजारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो । सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो । बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर
More