Daily Archives 5th September 2018

बर्मिघममा तीजको रनौक (फोटो फिचर)

लण्डन । सोमबार बर्मिङहममा आयोजना भएको तीज विशेष कार्यक्रम बेलायतका अन्य ठाउंमा भइरहने कार्यक्रम भन्दा विल्कुलै भिन्न बन्यो । रेकर्डेड गीतहरु बजाएर डिजे डान्स गर्ने र नेपालबाट आएका कलाकारले प्रत्यक्ष गाएर नचाउने आम ट्रेण्ड भन्दा फरक मौलिक तीजका भाकाहरु समेत कार्यक्रममा घन्किए । शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका झण्डै आधा दर्जन राष्ट्रिय कलाकारले बेजोड प्रस्तुति गरेका थिए । सोहि अवसरमा आयोजित तीजगीत प्रतियोगितामा मिडल्यान्डका विभिन्न ठाउंबाट आएका ६ टोलीले सहभागिता जनाए । अर्को सालको तीजमा त जान्छु मेरै देशमा लाली गुरांस फूल टिपेर लाउंछु केशमा…. प्रतियोगी टोलीहरुले नेपालका गाउंघरमा गाइने तीजका मौलिक भाकाहरु आकर्षक रुपमा प्रस्तुत
More

पत्रकार महासंघ यूकेले बुझायो लण्डन दूतावासमा ज्ञापनपत्र

लण्डन । नेपालमा हालै लागु गरिएको नयां मुलुकी ऐनका केहि प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजेको भन्दै त्यसको यथोचित संशोधनका लागि नेपाल पत्रकार महासंघ यूके शाखाले माग गरेको छ । लण्डनस्थित नेपाली दूतावास मार्फत बुधबार नेपाल सरकारका प्रधानमन्न्त्री र संघीय संसदका सभामुखलाई एक ज्ञापनपत्र पठाउंदै शाखाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि संिवधानले गरेको प्रत्याभुतिलाई नयां ऐनहरुले खतरामा पार्न सक्नेतर्फ ध्यानकार्षण गराएको छ । ३ बुंदे मागहरु समावेश ज्ञापनपत्र शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख तथा प्रवक्ता शरदराज आरनलाई हस्तान्तरण गरका थिए । ज्ञापनपत्र बुझ्दै दूतावासका उपप्रमुख आरनले ज्ञापनपत्र तत्काल सम्बन्धित निकायहरुमा पठाउने आश्वासन दिए ।
More

ज्ञापनपत्र बुझाउन जाँदै

नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापनपत्र बुझाउन जाँदै । तस्वीर: रमेश गिरी, भक्तपुर
More

एनआरएन नेदरल्यान्ड्सले तिज मनाउने

नेदरल्यान्ड्स । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले यहि सेप्टेम्बर ८ तारिख का दिन नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज भब्य रुपमा मनाउने भएको छ । ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रमसहित नेदरल्यान्ड्समा रहेका दिदीबहिनीहरुलाई महान चाड हरितालिका तिजमा मिष्ठान्न भोजन (दर) ख्वाउने कार्यक्रम रहेकोले संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा (मनोहरि) ले जानकारी गराएका छन । एक वर्षमा एक पटक आउने महान चाड आपसी सद्भाव,दिदीबहिनीहरु भेला हुने एउटा सुनौलो अवसरको रुपमा लिइएकोले सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई आमन्त्रण गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रम एनआरएन नेदरल्यान्ड्स कि महिला संयोजक  अर्चना पाण्डेको संयोजकत्वमा गर्न लागिएको
More

नाम कान्तिपुरः फोहरको डङ्गुर

काठमाडौं । झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान हुनुहुन्छ । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ । “फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महीना ढोकामा घण्टी बज्छ तर समयमा नै फोहर व्यवस्थापन हुन नसक्दा दैनिक कामकाजमा नै समस्या भएको छ” गृहिणी फुयाँलले भन्नुभयो । हुन त काठमाडौँ उपत्यकामा फोहर थुप्रिएको यो पहिलो पटक होइन । वर्षौदेखिको समस्या जनप्रतिनिधि निर्वाचित भएर आएपछि हल हुने स्थानीयवासीले आशा गरे पनि समस्या घट्नाको साटो बढ्दो छ । दुई साताभन्दा पहिलेदेखि काठमाडौँ उपत्यकाको फोहर उठ्न सकेको छैन । अहिले सडकका मुख्य
More

निर्मला हत्या प्रकरण : तीन तहबाट छानबिन

भीमदत्तनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ । घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान तीव्ररुपमा अगाडि बढाइरहेको छ । अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको छ, सहसचिव मैनालीले भन्नुभयो, “अब प्रतिवेदन लेख्ने काम शुरु भएको छ ।” त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पनि आफ्नै ढङ्गबाट
More

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरेलाई सिफारिस गरेको छ । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । उनी २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए । यसअघि प्रमुख आयुक्त रहेका दीप बस्नेतले अवकाश पाएपछि घिमिरे कार्यबाहक रहँदै आएका थिए। घिमिरे सहित अन्य आयुक्तहरुले केही समय अघि मात्रै सर्वोच्च अदालतबाट योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका थिए।
More

बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

बैतडी – गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ । स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका लागि डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सो प्रयोगशाला सञ्चालनमा आएको छ ।व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैँसी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको सामाजिक चेतना तथा विकास सङ्घ (साडा) का कार्यक्रम संयोजक नागेन्द्र भट्टले जानकारी दिनुभयो । प्रयोगशालाबाट गाईभैँसीमा कृत्रिम गर्भाधान गराइनेछ । कलेज र साडाले आर्थिक विकासमार्फत विपद् जोखीम न्यूनीकरण परियोजनाको सहयोगमा रू ११ लाख बढीको लागतमा स्थापित यहाँ नाइट्रोजन र उन्नत जातको सिमेन (
More

तालाबन्दीले विश्वविद्यालयको काम अवरुद्ध

चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले संयुक्तरुपमा आन्दोलन गरेका छन् । मन्त्रिपरिषद्बाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गरिनुपर्नेमा निजी क्याम्पसलाई बल पुग्नेगरी प्रमाण उपलब्ध गराएकाले विश्वविद्यालय बन्द गराइएको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सचिव डा शङ्करराज बर्सिलाले बताउनुभयो
More

मनाङमा नेपालकै अग्लो झोलुङ्गे पुल

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्ने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल । पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको पुलको लम्बाई १३५ मिटर रहेको छ । तस्वीर: नवीन लामिछाने
More