Daily Archives 6th September 2018

एनआरएन बेल्जियमको साधारणसभा १६ सेप्टेम्बरमा, विद्यान संसोधनको तयारी

लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो । बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ । आगामी वर्षको लागि कार्ययोजना समेत प्रस्तुत हुने सो सभामा विद्यान संसोधन हुने विद्यान समितिका संयोजक तथा निवर्तमान गंगाधर गौतमले जनाए । कार्यक्रममा बेल्जियमस्थित नेपाली संघसँस्थाका प्रतिनिधी लगायत गैरआवासीय नेपाली संघका नेताहरुको सहभागीता रहने छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, केन्द्रीय पदाधिकारीहरु,
More

ए स्टार विस्तारका क्रममा, रेडिङमा खुल्यो नयां कार्यालय

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा नेपाली उल्लेख्य रहेको रेडिङ शहरस्थित क्यासल स्ट्रिटमा समेत कार्यालय स्थापना गरेको छ । लन्डन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि कम्पनी रेडिङमा शाखा विस्तार गर्न सफल भएको हो । कम्पनीले यो सफलतालाई ग्राहकहरुको माया र बढ्दो विश्वसनीयताको एउटा अंशका रुपमा लिएको छ । बेलायतमा नेपाली जनघनत्व बढिरहंदा नेपालीलाई सहज, सर्वसुलभ र भरपर्दो सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले जानकारी दिए । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर दर्लामी सन् २०११ देखि यस व्यवसायमा समर्पित छन् । दर्लामीको कम्पनीले स्थापनाकालदेखि नै
More

सत्तरी करोड ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको नाममा रहेको शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाई ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार तामाङ, चिरीबाबु महर्जन, रामेछापका जीतबहादुर मगर, मोरङका पूण्यप्रसाद खरेल र बाराका अमृत थापामगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले जीतबहादुर मगरलगायत व्यक्तिले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी इलेक्ट्रिकको नाममा रहेको बालुवाटार,
More

‘अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी-प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताउनुभयो । “जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, प्रवक्ता अन्सारीले भन्नुभयो, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।” घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ । यहाँ आएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले
More

मन्त्रिमन्डल पुनर्गठनको तयारी, प्रधानमन्त्रीका विश्वास पात्र ‘असक्षम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुर्नगठनको तयारी गरेका छन् । केही मन्त्रीको कार्यक्षमता सन्तोषजनक हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । तर, मन्त्रिमन्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारीलाई राजनीतिक वृत्तमा भने सकारात्मकरुपमा लिइएको छैन । गत फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठनको तयारी गरेका हुन् । हुन त प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुबाट प्रभावकारी कामको आशा गरेर नै मन्त्री बनाएका हुन् । तर, विश्वासपात्रहरुले प्रधानन्त्री ओलीको अपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको घामझैं छर्लंग छ । मन्त्रीहरुको कार्यक्षमतामा सर्वसाधारण र पार्टीभित्रैबाट प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका हुन्
More

प्रदेशका मुख्यमन्त्री केन्द्र सरकारप्रति असन्तुष्ट

पोखरा । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सबै मुख्यमन्त्रीहरु पोखरामा भेला भएका हुन् । यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको गण्डकी प्रदेशले आज मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिनुभएको थियो । अन्य प्रदेशका मुख्यमन्त्रीले पनि केन्द्र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् । विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ । मुख्य मन्त्रीहरुको भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौतिका विषयमा छलफल भइरहेको गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए
More

आफू पीडित भएको पुरुषहरू भन्न सक्दैनन्

पुनम सिंह चन्द, अधिवक्ता, कञ्चनपुर निर्मला हत्याकाण्डले यतिबेला कञ्चनपुर चर्चामा छ । महिना दिन बितिसक्दा पनि अभियुक्त प्रहरीले सार्वजनिक गर्न सकेको छैन । कञ्चनपुरका जनताले हत्यारा पत्ता लगाउन आन्दोलन नै छेड्नु परेको थियो । सरकारले छानबिन समिति गठन गरेपछि आन्दोलन मत्थर भएको छ । नागरिक समाज जिल्ला संयोजक हुनुको नाताले अधिवक्ता पुनमसिंह चन्दले यो घटनालाई नजिकबाट नियालिरहेकी छन् । वास्तविक घटना के हो ? अब निर्मलाको परिवारले कसरी न्याय पाउलान भन्ने विषयमा अधिवक्ता चन्दसँग कुमार राउतले गरेको कुराकानी– ० कञ्चनपुर आन्दोलन केका लागि ? – १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्यारा खोजिदेऊ, पीडितलाई न्याय देऊ भनेर
More

भुटानको पोस्टमा नेपालको ४ गोल

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाल आज भूटानविरुद्ध ४–० ले विजयी भयो । पहिलो हाफको खेलमा एक शून्यको अग्रता बनाउन सफल नेपालले दोस्रो हाफको खेलमा ३ गोल गर्न सफल भयो । नेपालका लागि खेलको २१ औं मिनेटमा अनन्त तामाङ, ७१ औं मिनेटमा सुनिल बल, ७९ औं मिनेटमा भरत खवास र भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले जिताए ।
More

मिस नेपाललाई स्वास्थ्य चौकी निर्माणमा सहयोग

मिस नेपाल श्रृंखला खतिवडालाई स्वास्थ्यचौकी निर्माणको लागी बिहीबार रु एक लाखको चेक हस्तान्तरण गर्दै उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल । तस्वीर: अञ्जली थापा
More

नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका लागि धन्यवाद दिँदै प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई हस्तान्तरण गर्ने बताउनुभयो । संविधानको भाषासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित तहले काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रतिवेदनमा संविधानको भावनाअनुसार भाषासम्बन्धी कार्य अघि बढ्न नसकेको उल्लेख छ । नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने भनिएकामा हालसम्म कुनै काम भएको
More