Daily Archives 10th September 2018

चेक रिपब्लिकमा नेपालीले छुरा प्रहार गर्दा एकको मृत्यु

बसन्त रानाभाट । बार्सिलोना । चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । जर्मनी स्थित नेपाली दूताबासका अनुसार मृतकले काम गरिहेको कम्पनी एक जना नेपालीको मृत्यु भएको पुस्टि गरेको हो । जर्मनी स्थित नेपाली राजदुत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको पूर्ण विवरण आइसकेको छैन ।’ मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक
More

पार्टीमा बेथिति बढेको छ, म अब चुप लागेर बस्दिनँ : देउवा

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा सोमबार नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए । ‘बीपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ । अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ । स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ । म अब चुप लागेर बस्दिनँ । यस्ता प्रवृत्ति भएका कार्यकर्तामाथि निष्कासनसम्मको कारबाही हुन्छ’-उनले भने । सभापति देउवाले भने–‘हामी अरुका कारणले चुनाव हारेका होइनौं
More

नेकपा अध्यक्ष दाहाल परिवारसहित ककनीमा

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी आउनुभएको छ । नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बस्नुभएको जानकारी दिनुभयो । उहाँ मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ ।
More

सपथग्रहण

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पद तथा गोपनियताको सपथग्रहण विशेष समारोहमा अभिवादन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति र नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्र साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर: नविन पौडेल
More

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष भनी जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका ३३ वर्षीय सविनप्रकाश दनुवारलाई बसुन्धराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले २८ जनासँग प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । दनुवारलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत बुझाएको छ । सोही मुद्दामा पीडितको उजुरीका आधारमा ब्यूरोले नुवाकोटका ३३ वर्षीय सरिता
More

निर्मला पन्तको घटना छानविन गर्न बनेको समितिका सदस्यद्वारा राजिनामा

काठमाडौं । कञ्चनपुर किशोरी निर्मला पन्त बलात्कार पछिको हत्या विषयमा छानविन गर्न सरकारबाट गठित छानविन समितिका एक सदस्यले राजिनामा दिएका छन् । समितिमा रहेर पन्तलाई न्यायदिन सक्ने अवस्था नरहेको भन्दै सदस्य वीरेन्द्र केसीले समितिबाट बाहिरिएको बताएका छन । उनले समितिको म्याद थप गरिएकोमा पनि असन्तुष्टि ब्यक्त गरे । केसी सात नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हुन । सरकारले भदौ ८ गते कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्याभएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिमा केसी सहित नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ,
More

गोरखाबाट पनि हुन थाल्यो सुन तस्करी

गोरखा । रसुवा नाकामा सुरक्षा जाँच कडा हुन थालेपछि गोरखाको उत्तरी नाका हुँदै नेपालमा सुन तस्करी हुने गरेको खुलेको छ । शनिवार गोर्खाको साम्दोवाट १० किलो सुन सहित दुई जना पक्राउ परेपछि नयाँ वाटो हुँदै सुन तस्करी हुने गरेको खुलेको हो । पक्राउ परेका चुमनुब्री गाउँपालिका ७ छेकम्पारका छिरिङ्ग ङटुप लामा र लोप्चन तेन्वेललाई सोमबार सार्वजनिक गर्दै गोर्खा प्रहरीले नयाँ रुटवाट सुन तस्करी शुरु भएकाले थप सुरक्षा सतर्कता अपनाइएको जानकारी दिएको छ । गोर्खा प्रहरीले सुन बरामद गर्ने सिर्दिवास प्रहरी चौकीका प्रहरी नायव निरिक्षक तुलवहादुर सेनालाई २१ सय नगद सहित पुरस्कृत समेत गरेको छ । पक्राउ पर्नेले आफुलाई भरिया मात्र
More

Nepal Ireland Day 2018 concludes successfully

LONDON: The Embassy of Nepal in London, Nepal Ireland Society, Nepal Tourism Board, and NRNA Ireland jointly organized ‘Nepal Ireland Day’ on September 9 2018, to promote “Experience Nepal – Cuisine and Culture” campaign and celebrate the 19th anniversary of the establishment of diplomatic relations between Nepal and Ireland. The event was a huge success with more than 8,000 visitors. Nepal Tourism Board (NTB), a government-authorized board for tourism activities in Nepal, has launched its global campaign named ‘Experience Nepal – Cuisine and Culture’ (ENCC) to promote Nepal’s tourism. The campaign targets to especially focus on internationalizing Nepalese food. The
More

धार्मिकस्थल ऋखार

म्याग्दीको रघुगंगा गाउँपालिका–८, धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार क्षेत्रमा पूजापाठ र भम्रणको लागि पुगेका भक्तजन । तस्बिरः कमल खत्री
More

नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा

काठमाडौं । नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारीपत्रमा
More

विपक्षी दलद्वारा भारत बन्दको आह्वान

नयाँदिल्ली । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरोधमा विपक्षि दलहरुले आज भारत बन्द आव्हान गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसले गरेको बन्द आब्हानमा अन्य २१ विपक्षि दलहरुले पनि समर्थन गरेका छन् । विहान नौ बजेदेखि दिउसो तीन बजेसम्मका लागि बन्द आब्हान गरिएको हो । उडिसामा कंग्रेस कार्यकर्ताले सडकमा बसेर यातायात अबरुद्ध गरेका छन । त्यस्तै सम्भलपुर स्टेशनमा रेल सेवा पनि अवरुद्ध पारेका छन् । भारतका केही राज्यमा पेट्रोलको मुल्य ८० रुपैयाँ भारु पुगेको छ । यो अहिलेसम्मकै उच्च मुल्य भएको बताइएको छ । सन् २०१९ मा हुने लोकसभा चुनाव र त्योभन्दा पहिले ४ राज्यहरुमा हुने विधानसभा चुनावलाई लक्षित गरेर विपक्षी पार्टीहरु
More

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

काठमाडौं । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।
More

संविधान दिवसः महानगर झिलिमिली बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले संविधान दिवस मनाउनका लागि तयारी गर्न सम्बन्धित सबै विभागीय प्रमुखलाई निर्देशन दिँदै सबै काम दिगो र प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका विरुवा नरोप्न, रोपिएका
More

तीजकाे दर खाँदा नौ जना बिरामी

सुर्खेत। तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन्। वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए। प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन्। बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उनले जनाए। टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको
More

कारागार बाहिर नेकपाको बाजागाजा

काठमाडौं । आज सोमबार काठमाडौं डिल्लीबजारस्थित कारागार बाहिर अनौठो दृश्य देखियो । बजागाजा र अबिरजात्रासहित नेकपा कार्यकर्ता त्यहाँ खुसी मानाउँदै थिए । गोरखा फुजेल गाउँका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेर मुद्दा खेप्दै आएका छविलाल पौडेलले अदालतबाट सफाइ पाएपछि उनी सोमबार यहाँको कारागारबाट रिहा भएका हुन् । उनको स्वागतमा कारागार बाहिर नेकपा कार्यकर्ता र परिवारजनले बाजागाजा गरेका हुन् । जिल्ला अदालत चितवनले हिजो आइतबार फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको थियो । एकजना फरार छन् । अभियोग लागेका पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । उनी आज रिहा हुँदा कारागार बाहिर उत्सवको माहोल बन्यो । पौडेलले ढिलै
More

नक्कली एटीएम कार्ड बनाएर पैसा चोर्ने गिरोहका ५ जना समातिए

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली एटीएम कार्ड बनाउने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय र दुई जना नेपाली नागरिक छन् । पक्राउ पर्नेहरूमा जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम लगायत छन् । परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर
More

कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार ;एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् । उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए । दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अनलाइन खबर
More

पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान घोषणा

काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले वि.सं.२०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति यारलाई र ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा. तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । ‘पद्मश्री साहित्य पुरस्कार’वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक साहित्यिक कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ । यारमा आफ्ना निकट साथीहरुका माध्यमबाट नेपाली समाज, साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसहरुको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ । साथै लेखकले आफ्ना सीमा सहित मित्रताको मूल्य तथा मान्यतालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरेका छन् । डा. तारानाथ शर्मा
More

सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्दै

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । हिजो समूह चरणको अन्तिम खेलपछि गोलापर्थाबाट माल्दिभ्स समूह ’बि’ को उपविजेता बनेपछि नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्न लागेको हो । माल्दिभ्सलाई २–० ले हराएर भारत समूह ‘बि’ को विजेता बन्यो । तर, यो समूहमा रहेको माल्दिभ्स र श्रीलंकाको समान १–१ अंक भएपछि उपविजेता टोली टसबाट तय गरिएको थियो । यस्तै, अर्को सेमिफाइनलमा भारतले पाकिस्तानसंग खेल्नेछ । दोस्रो सेमिफाइनल आज बेलुका हुनेछ । भारत समूह ‘बि’ को विजेता बनेको थियो भने पाकिस्तान समूह ‘ए’ को उपविजेता बनेको
More

फुजेल घटनाका आरोपी छविलाल रिहा

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाई पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले हिजो १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् । डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको
More