Daily Archives 11th September 2018

बाबुद्वारा छोरीको हत्या

बाजुरा । स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको छ । आमा तीज मनाउन त्रिवेणी नगरपालिका–९ स्थित माइतीघर ताम्सुमा गएको अवस्थामा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोरीको हत्या करीब चार÷पाँच दिनअगाडि भएको देखिएको छ । हत्याको कारणबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थ पुगिसकेको प्रमुख नायब उपरीक्षक बोहोले बताउनुभयो । मृतक रबिनाको
More

पाइलट अध्ययन गर्न बिदाइ

फिलिपिन्समा पाइलट कोर्स अध्ययन गर्न जान लागेका विद्यार्थीलाई मंगलबार बिदाइपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माका साथमा विद्यार्थी । तस्वीर : सौजन्य–जनार्दन शर्माको सचिवालय
More

निर्मला हत्या प्रकरणः विष्ट रिहा, बम दिदी-बहिनी पनि छुटे

कन्चनपुर । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट रिहा भएका छन् । विष्टको डीएन परीक्षणमा नमिलेपछि मंगलबार उनलाई अभिभावकको जिम्मा लगाइएको सरकारी वकिलको कार्यालय कन्चनपुरले जनाएको छ । निर्मलाको बलात्कार र हत्याका एकमात्र अभियुक्त भन्दै विष्टलाई प्रहरीले गत भदौ ४ गते पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गरेको थियो । विष्टका आफन्त र स्थानीयले भने उनी मानसिकरुपमा अस्वस्थ रहेको बताउँदै उनी दोषी हुनै नसक्ने बताउँदै आएका थिए । सरकारी वकिलको कार्यालय कन्चनपुरले उनको स्वास्थ्य अवस्था चेकजाँच र डीएन परीक्षणका लागि उनलाई काठमाडौं पठाएको थियो । गत शुक्रबार विष्टलाई थप अनुसन्धानका लागि भन्दै जिल्ला अदालत कन्चनपुरले
More

नेकपाको सचिवालय बैठक बुधबार : एकीकरण प्रक्रियाप्रति तीव्र असन्तुष्टि

काठमाडौं । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो । तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताउनुभयो । ‘‘बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘ती प्रतिवेदन
More

कीर्ते गर्ने अधिकृतसहित नौ पक्राउ

काठमाडौं । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिनुभयो । त्यस्तै प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेको छ । मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा,
More

सवारी साधनमा सहुलियत कर्जा पाइँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताउनुभएको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उहाँले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिनुभयो । देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन
More

राजीनामा किन आयो, छानबिन हुँदैछ : गृहमन्त्री थापा

बनेपा । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताउनुभएको छ । काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै उहाँले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पु-याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।” उहाँले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याउने
More

पत्रकार सम्मेलनमा केक काट्दै

नेपालको लागि आधिकारिक जीएसए व्यवस्थापनमा आइएमई ग्रुपले लिएर ओमानको पहिलो बजेट एयर सलाम एयरलाइन्सले पहिलोचोटि नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरणसँगै सेवा प्ररम्भ गरेको छ उक्त अवसरमा विमानस्थलमा पत्रकार सम्मेलनमा पछि केक काट्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सलाम एयरका सिइओ तथा क्याप्टेन । तस्बिर: प्रदीपराज वन्त
More

पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १:३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भन्नुभयो, “निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।” सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताउनुभयो । सोही
More

नाडा अटो शो आजवाट काठमाडौंमा

काठमाडौं । सवारी साधनहरुको प्रदर्शनी र बिक्री मेला नाडा अटो शो आजवाट काठमाडौंमा शुरु हुँदैछ । अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने मेला छ दिनसम्म चल्नेछ । मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्श्निमा राखिने आयोजकले जानकारी दिएका छन । त्यसैगरी आयातकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यो वर्ष ७१ कम्पनीको सहभागिता रहने नाडाले जनाएको छ । मेलामा सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजलगायत नेपालमै उत्पादित सामग्री रहने छन् । यसपटक
More