Daily Archives 15th September 2018

समिति गठनका विषयमा कांग्रेसभित्र किचलो

काठमाडौं । आन्तरिक विवादको रोगले ग्रस्त नेपाली कांग्रेस दिन–प्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षले स–साना विषयमा पनि आफ्नो प्रतिष्ठाको विषय बनाउन थालेपछि विवाद गहिरिँदै गएको हो । विवादकै कारण बिहीबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डा तय गरेर बिहीबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच समिति गठनमा देखिएको विवाद नमिलेपछि बैठक स्थगित भएको हो । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति तत्काल गठन गर्ने र बाँकी विभागहरु पछि गठन गर्दै लैजाने प्रस्ताव गरेका
More

गृहमन्त्रीको क्षमता र सोचमै बादल लागेको रहेछ : सांसद गगन थापा

काठमाडौं । विपक्षी दलका सांसदहरुले आपराधिक घटनामा संलग्नहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्ने विपक्षी दलका अधिकांश सांसदहरुले अपराधीहरुलाई जोगाएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमतामा नै बादल लागेको टिप्पणी गरे । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ‘बलात्कारपछि हत्याको घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नुको साटो आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नहुने गृहमन्त्रीको बादलको क्षमता र सोचमै बादल लागेको’ उनको आरोप थियो । ‘गृहमन्त्रीको क्षमतामामात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ’–उनले भने ।
More

निर्मलाको हत्यारा पक्रन माग गर्दै हजारौं नागरिक सडकमा

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । अपराधी पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्यले हजारौं नागरिक सडकमा उत्रिएका हुन् । निर्मला हत्या प्रकरणले देश तातिरहेका बेला काठमाडौंको माइतीघर मन्डलामा भेला भएका सयौं व्यक्तिहरुले हत्यारालाई सजाय दिन माग गर्दै विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा विभिन्न पेसाकर्मीदेखि वृद्धवृद्धा र बालबालिकासमेत सहभागी थिए । माइतीघर मन्डलामा भेला भएका प्रदर्शनकारीहरु सरकारविरुद्ध नारा लगाउँदै नयाँबानेश्वर चोकमा पुगेका थिए । टन्टलापुर घामको पर्वाह नगरी सहभागीहरुले निर्मलाले न्याय पाउनुपर्ने माग गरेका थिए । मुलुकै तताएको यस हत्याकान्डको दोषी
More

तपस्वी रामबहादुर बम्जनद्वारा आनी बलत्कृत

काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीलाई पटक–पटक बलात्कार गरेको खुलेको छ । बम्जन एक समय बाराको हलखोरिया जंगलमा ‘लिटिल बुद्ध’ को नाममा निकै चर्चा थियो । जंगलमा तपस्या बसेका बम्जनमाथि आनी बन्न गएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। २ वर्ष अगाडि युवतीमाथि बम्जनले धेरै पटक बलात्कार गरेको खवर बाहिरिएको छ । शनिबार राजधानिमा भएको एक पत्रकार सम्मेलनमा युवतीले आफू बम्जनबाट बलत्कृत भएकी बताइन्। प्रहरीलाई उजुरी गर्न जाँदा बम्जनकी श्रीमतीले धर्मप्रति प्रहार हुन्छ भन्दै धम्काएको कारण उनी नगएकी जनाइन्। युवतीका अनुसार न्याय नपाउने अवस्था भएपछि आत्महत्याको प्रयास समेत गरेको र अरुले बचाएका थिए ।
More

पद्मरत्न तुलाधरको अभिनन्दन

नेपालको शान्ति प्रक्रियाका सहजकर्ता पद्मरत्न तुलाधरलाई शनिबार नागरिक अभिनन्दन गर्न समारोहस्थलमा लगिँदै । तस्वीर: नवीन पौडेल
More

एसिड प्रहारबाट घाइते दिदीबहिनीको अवस्था नाजुक

काठमाडौं । महिलामाथिका हिंसाका घटना बढ्दै गएका बेला रौतहटको चन्द्रपुर नगरपालिका–६ मा दुई किशोरी दिदीबहिनीमाथि एसिड आक्रमण भएको छ । उनीहरुको अहिले काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड आक्रमणबाट घाइते भएकाहरुको अवस्था गम्भीर छ । यही भदौ २६ गते रौतहटको चन्द्रपुर–६ का दिदीबहिनी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मितामाथि घरमै सुतिरहेको अवस्थामा एसिड आक्रमण भएको हो । राति १२ बजे अपरिचित व्यक्तिले उनीहरु सुतिरहेको ठाउँमै गएर एसिड प्रहार गरी फरार भए । दुई दिदीबहिनी निकै रोए, कराए । घरमा बाबु नभएको समयमा भएको घटनाले उनीहरुकी आमा पनि निकै आत्तिइन् । आमाले घरबाहिर रहेका उनीहरुका बाबु जादरलाल
More

राष्ट्रिय गौरवका आयोजना : प्रगति निराशाजनक

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न मन्त्रालयले पेश गरेको आफ्ना निकाय मातहतका आयोजनाको यथास्थितिमा ती आयोजनाको प्रगति न्यून मात्रै नभई समस्याग्रस्त रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भनिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग पटकपटकको वार्ता सफल हुन नसकेपछि विकल्प खोज्नुपर्ने अवस्था देखिएको छ । पछिल्लो पटक ऊर्जा, अर्थमन्त्रालय र लगानी बोर्ड र चिनियाँ लगानीकर्ताबीच भएको छलफल
More

नेता र जनताले सङ्घीयता बुझेनन्: महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।” एक÷दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उहाँले बताउनुभयो । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । काँग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।” समृद्ध
More

नायक गोविन्द काठमाडौँमा

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर: प्रदीपराज वन्त
More

नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो । यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिनुभयो । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका
More