Daily Archives 18th September 2018

नेपालभ्रमणमा रहेको एनआरएन युकेको टोली उत्साहित

लण्डन । गैरआवासीय नेपाली नागरिकताको निरन्तरताको बारेमा बिभिन्न पार्टीका नेताहरुसंग भेटघाट गर्न नेपाल पुगेको गैरआवासीय नेपाली संघ युकेको टोली उत्साहित देखिएको छ । टोलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना, गृहमन्त्रि रामबहादुर थापा, कानुनमन्त्रि भानुभक्त ढकाल, पूर्वसभामुख शुभास नेग्वाङ्ग, सांसदहरु डा. सूर्य पाठक, गगन थापा, राधेश्याम अधिकारी, कृष्ण भक्त पोखरेल, लगायतलाई भेटे पछि टोली उत्साहित भएको हो । छोटो समयको तयारीमा अधिकांस सरोकारवाला व्यक्तिसंग भेटघाट गर्ने अवसर मिल्यो । निकै ठूलो उपलव्धिको रुपमा लिएको छु गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले नेपालब्रिटेन डट कमसंग भने । टोलीसंगको भेटघाटको क्रममा नेताहरुले संसदमा सांसदद्धय डा. सूर्य
More

संविधान दिवस बुधबार मनाइँदै

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टँुडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी. प्रदर्शन, काठमाडौँ र
More

दिदीको हत्यापछि समाजले मेरो नेतृत्व खोज्यो

सञ्जु साह, अध्यक्ष, वपरडेक नेपाली समाजका लागि सञ्जु साह अलराउन्डर हुन् । गैरसरकारी संस्थामार्फत परिवर्तन, खेलकुद र राजनीतिमार्फत उनको करिअर अघि बढ्यो । दाइजोकै कारण दिदीको हत्या भएपछि कानुन पढेर महिलालाई न्याय दिनुपर्छ भन्ने अठोट लिएकी सञ्जु वपरडेक नामक संस्थाकी अध्यक्ष हुन् । समाजले नै उनको नेतृत्व खोज्न थालेपछि सरकारी जागिर हापेर संस्थामार्फत समाज परिवर्तनको अभियानमा होमिएकी हुन् । यिनै परिवेशमा कुमार राउतले सञ्जुसँग गरेको कुराकानी :- ० के हो वपरडेक भनेको ? – महिला शान्ति अनुसन्धान तथा विकास केन्द्रलाई छोटकरीमा वपरडेक भनिएको हो । यसले विभेदमुक्त समाज निर्माणका लागि शान्ति, न्याय र विकासका क्षेत्रमा काम गर्छ । ० यसले
More

विमानस्थल सामान्य अवस्थामा

काठमाडौं । धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ । रनवेको मर्मतको करीब १२ मिनेट समय विमान ‘होल्ड’ मा परेपनि तत्कालै मर्मतपछि उडान अवतरण सामान्य बनेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । साँझ करीब ५:४० बजे विमानस्थलको कोटेश्वरतर्फको रनवेमा सामान्य धाजा फाटेको ‘क्रयाक’ भएको थियो । अवतरणको क्रममा रहेका कोरियन एयरलगायतका विमान होल्डमा थिए । वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा र अन्तर्राष्ट्रियमा ३० वटा निजी वायुसेवा प्रदायक कम्पनीले सेवा दिदैँ आएका छन् ।
More

मौलिक हकसम्बन्धि विधेयक राष्ट्रपतिले आजै जारी गर्ने

काठमाडौं । संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै विधेयक विधिसम्मत ढंगले पारित गरेको जानकारी दिएको छ । संविधानले तोकेको सीमाभित्र उक्त विधेयकहरू बन्ने नबन्ने भन्ने अन्योलताकाबीच संघीय संसदले मौलिक हकसम्बन्धि सबै विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि कानुन तोकिएकै समय भित्र विधिसम्मत ढंगले पारित गरिएको औंपचारिक जानकारी गराएका हुन् । असोज ३ गतेभित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै कानुन निर्माण कार्य विधिसम्मत ढंगले पूरा गरिएको सभामुख महराले बताए । उनले सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया पुर्‍याएरै पारित
More

मलेसियामा विषाक्त रक्सी सेवनले ४ नेपालीसहित ७ को मृत्यु

काठमाडौं । मलेसियामा विषाक्त रक्सी सेवन गर्दा ४ नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने चार नेपालीमध्ये दुई जनाका नाम पुष्टि भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गार सहरमा बस्दै अएका सञ्जय उराव र विशाल बुढाथोकी रहेका मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। अन्य दुई जना नेपाली आधिकारिक विवरण लिने प्रयास जारी रहेको कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् । मृत्यु हुनेमा एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिक रहेका छन् । विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले बताएको छ। उनीहरुको मलेसियाका तीन वटा
More

संविधानको बिरुवा फल्ने बेला आयो : प्रम ओली

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । यिनै चुनौतीका बीच प्रधानमन्त्री ओलीको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका साथ अघि बढिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूले नेपालको संविधान जारी भएको चौथो वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको धारणा बुझ्ने प्रयास गरे । राससका कार्यकारी अध्यक्ष श्यामल, प्रधान सम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता तीर्थ भट्टराई र सहसमाचारदाता प्रकाश
More

भूकम्पपीडितलाई आवास र अनुदान माग

विराटनगर – प्रदेशसभा सदस्य मोहनकुमार खड्काले ओखलढुङ्गा जिल्लामा भूकम्पबाट पीडित जनताले राहत नपाएकामा गुनासो गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा उहाँले २०७२ साल वैशाखको भूकम्पबाट पीडित बनेका परिवारजनलाई तत्काल आवास र अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो । सदस्य खड्काले आवास र अनुदानमा जुटेका भूकम्प प्राधिकरणका कर्मचारीको लापर्वाहीका कारण तत्काल ध्वस्त भएका घर निर्माण हुन नसकेकाले यसतर्फ केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन प्रदेश सरकारसँग माग गर्नुभयो । सदनमा प्रस्ताव आजको बैठकमा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सोसम्बन्धी प्रस्ताव राख्नुभएको थियो । प्रस्ताव
More

काठमाडौंमै २१ वर्षीया युवतीको सामूहिक बलात्कार

काठमाडौं । सोमबारबाट स्युचारटाबाट हराइरहेकी २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकारमा परेकी छिन् । उनलाई भीमढुंगामा तीन जनाले सामूहिक बलात्कार गरेको हुनसक्ने आंशकामा प्रहरीले तीन जनालाई बलात्कारको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी छन् । नागार्जुन नगरपालिका–७ हसनटार बस्ने युवतीलाई उनीहरुले ललाइफकाई नगरकोटीले सञ्चालन गरेको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। युवती सोमबार स्युचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले खोजतलास गरेको थियो। प्रहरी
More

उपप्रधानमन्त्री पोखरेल दू्रतमार्ग अवलोकन

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ उपत्यकालाई तराईसँग जाड्ने दू्रतमार्गको (फाष्ट ट्रयाक) लेनडाँडा क्षेत्रको अवलोकन गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्वीर: नारायण न्यौपाने
More

ओली पहाडिया राष्ट्रवादको प्रवक्ता – कांग्रेस वरिष्ठ नेता पौडेल

लन्डन । युरोप भ्रमणमा रहेका नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएको कार्यक्रम कांग्रेसकै नेता र कार्यकर्ताले बहिष्कार गरेका छन् । सोमवार नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको कार्यक्रम पार्टी सभापति शेरबहादुर देउवा निकट नेता र कार्यकताले बहिष्कार गरेका हुन् । बेल्जियमको लुभनमा विपी जयन्तीका अवसरमा ‘लोकतन्त्र, समाजवाद र नेपालको राजनीति’ विषयक बृहत अन्तरक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । नेता पौडेलले आइतबार लग्जेम्वर्गमा बोल्दै पार्टी सभापति देउवाको अपमान गरेको भन्दै सो समुहले पौडेलको कार्यक्रम बहिष्कार गरेको नेपाली जनसम्र्पक समिति युरोपका महामन्त्री गंगाधर गौतमले जनाए । यसअघि कार्यक्रम आयोजक नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुवास गुरुङले बेल्जियम भ्रमणमा रहेका नेपाली
More

निर्मलालाई न्यायको माग गर्दै पोर्चुगलमा प्रदर्शन

लिस्बन– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्। नारी समाज पोर्चुगलको आयोजनामा लिस्बनस्थित मार्तिममुनिजको खुलापार्कमा आयोजित तीज बिशेष सांस्कृतिक कार्यक्रममा कलाकारहरुले नेपालमा भइरहेको हत्या हिंसा, बलात्कार, अपहरण तथा निर्मला पन्तको घटनाजस्ता बिषयलाई गीतमार्फत् उठान गर्दै त्यस्ता अपराधजन्य घटनाको अन्त्य हुनुपर्ने मौलिक भाकामा आधारित तीजगीत प्रस्तुत गरेका थिए।
More

२ सय वर्ष पुरानो सिमलको रुख किन ढाल्न सक्दैन हुरीले ?

सरु पौडेल काठमाण्डौ – बाग्लुङ जिल्लाको दक्षिणी भेगमा रहेको बलेवा नारायणस्थानको गार्लुङ भन्ने ठाउँमा रहेको एक सिमलको रुख करिब दुई सय वर्ष भन्दा बढीको भइसक्यो तर त्यो रुखलाई कुनै पनि हावा हुरीले ढलाउन सक्दैन । बारीको बीचमा रहेको सो सिमलको रुखमा चराचुरुङ्गीहरु बसोबास गर्छन् भने रुखको फेदमा झाँक्रीको थान रहेको छ । ‘ठूलो ठूलो हावा हुरी आउँछ अरु रुखहरु ढल्छन् तर यो सिमलको रुख भएर पनि हाँगासम्म पनि भाँचिँदैन ’ । त्यस रुखको नजिकै बस्ने ८६ वर्षीय शान्ता देवी पौडेलले भन्नुभयो । उहाँले भन्नुभयो – म ११ वर्षकी हुँदा विहे गरेर यहाँ आउँदा यो रुख यस्तै थियो अझै उस्तै छ
More

गुन्द्री बोकेर विद्यालय

बर्दिवास – महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका बालबालिकालाई खुलाचौरमा रुख मुनि राखेर पढाउने गरिएको छ । उनीहरुले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेका छन् । विसं २०३९ मा प्राथमिक विद्यालयका रूपमा स्थापित सो विद्यालयमा २०६९ सालदेखि कक्षा आठसम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ४९३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक वंशीधरप्रसाद
More

चालकहरु नै बन्दमा उत्रिए, पूर्वी नेपाल प्रभावित

इलाम । चालकहरुको बन्दले इलाम लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्यसम्म पुग्न नपाउँदा अलपत्र परेका छन् । मुलुकमा जारी भएको नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिक जस्तो गरेको भन्दै चालकहरुले सवारी साधन नचलाएका हुन् । भदौ १ गते देखि जारी भएको नयाँ ऐन कानुन अनुसार सवारी साधनको दुर्घटनामा ज्यान गएमा चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था गरेसँगै चालकहरु आक्रोशित भएका हुन । चालक समुहले असोज १ गते सवारीको चावी आफ्नो सवारी मालिकलाई बुझाउने र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई फिर्तागर्ने कार्यक्रम एक अपिल मार्फत सर्वजनिक
More

पाटा ट्राभल मार्टमा नेपाल सहभागी

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करीब २०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा क्रियाशील व्यवसायीले व्यापारिक छलफल तथा नेपालका गन्तव्यका बारेमा चासो व्यक्त गरेका थिए । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा सञ्चारकर्मीसहितको टोलीले गत भदौ २७ देखि २९ गतेसम्म मलेशियाको लङ्काबीमा आयोजित पाटा
More

मधुश्रीलाई ॐ कार्की स्मृति पुरस्कार र घायलश्रीलाई सिर्जनशील पुरस्कार

ॐ कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनकाे पहिलाे वर्ष ॐ कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ॐ कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार घायलश्रीलाई दिने भएकाे छ । हाम्रालार्इ हाेर्इन राम्रालार्इ खाेजाैँ भन्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले पहिलाे पटक साहित्यकारद्धय मन्दिरा मधुश्री घायलश्रीलाई उक्त पुरस्कार दिनलागेकाे सस्थापक अम्बिका कार्कीले जानकारी दिनुभयाे । पुरस्कार यही असोज २४ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले एक कार्यक्रमको बिच वितरण गरिने छ । दुवै पुरस्कारकाे राशी रु पाँच हजार, दोसल्ला र सम्मानपत्र रहेकाे छ। गजलकार अम्बिका कार्कीले अाफ्नाे श्रीमान ॐ बहादुर कार्कीकाे स्मृतिमा यसै बर्ष
More

चरा ठोक्किएको सौर्य एयरको विमान विराटनगरमा ग्राउन्डेड

विराटनगर । सोमबार चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो । चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए । ग्राउन्डेड विमानको मर्मतमा इन्जिनियरहरु खटिएका छन् । सौर्य एयरलाइन्सको विमान उन्डेड भएपछि विराटनगरबाट काठमाडौं हुने चारवटा फ्लाइट अवरुद्ध भएको छ । अनलाइन खबर
More

विप्लवका अर्का कार्यकर्ता पक्राउ

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ। रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो। पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ। कार्यक्रममा सो पार्टीका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ। सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन्। प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासतमा बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका
More

खेलाडीको परिवारलाई रु सात लाख हस्तान्तरण

काठमाडौँ – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम आज हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८आँै एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो । स्व नारायण पनि एशियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एशियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलङ्काको कोदामामा रम्बल इन जङ्गल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनिल गौतमले स्व नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बीमावापतको रु सात लाख हस्तान्तराण् गर्नुभयो । राखेपले एनएलजीसँग गत जेठ २४
More