Daily Archives 21st September 2018

आइतवार गोल्डेनसीपमा सिर्जु र कलाको दोहोरी धमका

लन्डन । नेपालका चर्चिक गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डनमा विषेश प्रस्तुती दिने भएका छन् । आइतवार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा लोक दोहोरी प्रस्तुत गर्न लागेका हुन् । यतिखेर बेलायतका विभिन्न शहरमा गायन प्रस्तुत गर्न व्यस्त गायिकाद्वय र गायक बरालले कार्यक्रममा दर्शकको रोजाइ र माग अनुसार दोहोरी प्रस्तुत गर्ने आयोजक देव गुरुङले जानकारी दिए । सिर्जु र कलाले शान्ति नेपाली समाज बेलायत, नेपलिज ब्रिटिश कम्युनिटी यूके, धादिङ नुवाकोट समाज यूके, हाम्रो नेपाली समाज, लन्डनस्थित नेपाली दूतावास लगायतका आधा दर्जन
More

सातौं बिग आइकन गुरुङ लण्डनमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफएमका अध्यक्ष महेश भण्डारीसंगै शुक्रबार लण्डन उत्रिएका हुन् । युरोपको नेपालीपत्रको निमन्त्रणा तथा द ब्रिटिश कलेजको व्यवस्थापनमा बिग आइकन सुबास बेलायत आएका हुन् । नेपालीपत्रकै निमन्त्रणामा यसअघि बिग आइकनको चौंथो संस्करणका विजेता मुस्कान रानाभाट र छैटौं बिग आइकन विजेता साजन आलेले पनि बेलायत आएर कार्यक्रमहरु प्रस्तुत गरेका थिए । बेलायतको झण्डै २ साता लामो बसाइका क्रममा बिग आइकन सुबासले यहांका विभिन्न ठाउंमा कार्यक्रमहरु गर्नेछन् । यहि शनिबार सेप्टेम्बर २२
More

विवेकशील पार्टीको ध्यानाकर्षण

काठमाडौं । विवेकशील साझा पार्टीले नेपालभित्र र नेपाल बाहिरबाट मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र भाषण गरेको भन्दै उक्त पार्टीले त्यसको भत्र्सना गरेको छ । सो पार्टीले आज एक विज्ञप्तिमार्फत कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक रहेको उल्लेख गरेको छ । तर संविधानप्रतिको असन्तुष्टिलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले सम्बोधन गर्न जरुरी रहेको विवकेशील पार्टीका प्रवक्ता डा सूर्यराज
More

सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति

काठमाडौं । मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने सहमति भएको छ । त्यसैगरी ट्राफिक सङ्केत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दूरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी
More

अमेरिकी महिलाले अन्धाधुन्ध गाेली चलाउँदा चार जनाकाे मृत्यु

एबरडीन। अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीर रुपमा घाइते भएका छन्। स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीन जनाको मृत्यु भएको र केही घाइते भएको जानकारी दिइन्। प्रहरीले उक्त गोलीकाण्ड हुनुको मुख्य कारणको अनुसन्धान शुरु गरेको जनाएको छ। ती महिला स्वयँले आत्महत्या गरेकाले जवाफमा गोली नचलाएको प्रहरीले स्पष्ट गरेको छ। विगत दुई दिनभित्रै संयुक्तराज्य
More

निर्माण व्यवसायी महासङ्घमा उम्मेदवारी घोषणा

काठमाडौँ – नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घको आसन्न ११ औंँ अधिवेशनमा निर्माण व्यवसायी रवि सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले निर्माण व्यवसायीको हक हितका साथै गुणस्तरीय सेवा र यस सेवामा देखिएका कमी कमजोरीलाई सच्याउनेतर्फ आफनो ध्यान केन्द्रित हुने बताउनुभयो । यसैगरी सिंहकै नेतृत्वमा महासङ्घका वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे र महासचिवमा हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो । त्यस्तै उपाध्यक्षहरुमा प्रदेश नं ३ बाट पेम्बा लामा, प्रदेश नंं. ४ बाट राजेन्द्र पहाडी, प्रदेश नं. ५ बाट रुद्र शर्मा, प्रदेश नं. ६ बाट रत्न खड्का र प्रदेश नं. ७ बाट टेकबहादुर सेठ्ठीले पनि
More

किन विवादमा छ जनसम्पर्क समिति युरोप ?

इन्द्र क्षेत्री । हामी सबैलाइ अवगत भएकै कुरा छ सन् २००७ मा नेपाली काँग्रेसका विदेश विभाग प्रमूखको समुपस्थितिमा सम्पन्न युरोपभरीका देशमा रहेका राष्टिय जनसम्पर्क समितिहरू र बिभिन्न देशमा बस्नुभएका महत्वपूर्ण साथीहरूको भेलाले युरोप स्तरीय एक जनसम्पर्क समन्यव समिति गठन गरि त्यसको अौचित्य, आवस्यकता,काम,कर्तब्य,अधिकार र कार्यविधीका बारे बर्लीन घोषणा पत्र जारी गरेको थियो । जसको मूल मर्म बुँदागत रूपमा यस प्रकार रहेका थिए । १. यो समन्वय समितिको मूख्य कर्तब्य युरोपका देशहरूमा सँगठन विस्तार गर्ने हुने छ । त्यसको लागि स्थापना हुन नसकेका देशमा जनसम्पर्क समितिहरू गठन गर्ने र अधिवेशन हुन नसकेका देशहरूमा अधिवेशन सम्पन्न गर्ने हुनेछ । २. यो संगठन
More

अन्सारीको हत्याको विरोधमा स्थानीय आन्दोलित

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मौलाना खुर्शिद अन्सारीको हत्याको विरोधमा स्थानीय आन्दोलित भएका छन् । हत्याको विरोधमा स्थानीयले आज विहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले भुटाहा प्रहरीचौकीमा तोडफोडको प्रयास पनि गरेका छन् । उनीहरुले हत्यारा पक्राउ र शान्ति सुरक्षा कायम गर्न प्रशासन समक्ष माग गरेका छन् । प्रदर्शनकारीले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, आश्रित परिवारको पालनपोषणको ब्यवस्था गर्नुपर्ने माग पनि राखेका छन । स्थानीयले बिहीबार पनि हत्याको विरोधमा प्रदर्शन गरेका थिए । हरिनगर गाउँपालिकामा अवस्थित रैयान नेशनल स्कुलका संस्थापक अन्सारीको बिहीबार दिनदहाडै बिच बजारमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनीमाथि स्कुलबाट
More

समितिका सभापतिको सपथग्रहण

सभामुख कृष्णबहादुर महराबाट प्रतिनिधिसभाका विभिन्न समितिका नवनिवार्चित सभापतिले शुक्रबार सिंहदरबारमा पद तथा गोपनियताको सपथग्रहण गर्दै । तस्वीर: रोशन सापकोटा
More

विधान परिमार्जन गर्न काँग्रेसले सातै प्रदेशमा राय लिने

काठमाडौं । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सङ्घीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिन लागेको हो । प्रदेश ६ र ७ को एक÷एक स्थान र अरु प्रदेशको दुई÷दुई स्थानबाट राय सङ्कलन गर्न लागिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
More