Daily Archives 24th September 2018

एनआरएन विज्ञ सम्मेलनको तयारी पुरा, ४ सय भन्दा बढी विज्ञ सहभागि हुने

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताए। विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उदेश्यका साथ सम्मेलन आयोजना हुन लागेको शर्माको भनाई छ। ‘विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पुर्याउने एनआरएनको उदेश्य नै हो’, शर्माले भने, ‘हामी यसलाई कार्यान्वयनको चरणमा पुर्यारउन चाहन्छौं।’ विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुने छ।
More

देउवाले सधैंभरि सभापति मैले हुन्छ भन्ने सपना देखेका छन्: केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चूनौति रहेको बताएका छन । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेसलाई अरुबाट चूनौति छैन् । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’ मुलुक संघीय संरचनामा गैसकेकोले अब विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको केसीले सुनाए । उनले भने,‘अब ७ वटै प्रदेशमा १२ वटा भेला हुँदैछ ।’ कांग्रेसको लागि अहिलेसम्मकै जटिलत् एवम् चूनौतिपूर्ण कालखण्ड भएकोले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने पनि
More

बनेपा वल्र्ड सेन्टर बनाउँछु : मन्त्री स्थापित

काभे्रपलाञ्चोक । प्रदेश नं ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभे्रपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वल्र्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताउनुभएको छ । बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नपा कार्यालयद्वारा आज आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु ३० लाख छुट्याइएको र विस्तृत अध्ययनका लागि मात्रै रु दुई करोड छुट्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थापितले बनेपालाई संसारमा स्थापित गराउँछ, हलिउड र बलिउड समेतका कलाकार आउने गरी कला–साहित्य विधाका लागि बनेपा वल्र्ड सेन्टर हुनेछ ।” मन्त्री स्थापितले सेन्टरका लागि आवश्यक रकम व्यवस्था गरिदिने बताउनुभयो
More

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । विभिन्न देवदेवताको गण, पुलुकिसी(ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको पनि सहभागिता थियो । विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको बैठक यसै वर्ष मात्र पुनःनिर्माण भएको हो ।
More

राष्ट्रसंघको कुम्भमेला न्यूयोर्कमा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३औँ महासभाको बैठक राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा बस्दैछ । राष्ट्रसंघका अनुसार यसवर्ष नेपालका प्रधानमन्त्रीसहित विश्वका एक सय ३० देशका सरकार वा राष्ट्रप्रमुख महासभामा सहभागी हुँदैछन् । विश्वमा शान्ति, भ्रातृत्व र समतामूलक समाज स्थापना गर्ने मुख्य लक्ष्यका साथ सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको संयुक्त राष्ट्रसंघले विश्वका ठुल्ठूला द्वन्द्व, महामारी र तनावलाई कम गर्न महत्वपूर्ण मञ्च उपलब्ध गराएको छ । राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम यसका प्रमुख उद्देश्यहरुमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने, राष्ट्रहरूको बीच मित्रवत सम्बन्ध विकास गर्ने, आर्थिक, सामाजिक, सांस्कृतिक वा मानवीय चरित्रका अन्तर्राष्ट्रिय समस्याको समाधान तथा सबैको लागि आधारभूत स्वतन्त्रताको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय
More

पुरस्कारको रकम मानव सेवा आश्रमलाई

काठमाडौं । देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गरी मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी घिमिरेले आफूले पाएको पुरस्कार रकम रु एक लाख पाँच हजार र देशसञ्चारका तर्फबाट थप गरिएको रु ५२ हजार ५०० थरी रु एक लाख ५७ हजार ५०० मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उहाँलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट सम्मानित गर्नुभएको थियो । आज घिमिरेले मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई संस्थाकै कार्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गर्नुभएको हो ।
More

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ । एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष मणि कुवँरले वर्तमान नेतृत्वले मतदातालाई प्रत्यक्षरुपमा पैसा बाँड्ने काम गरेको, चुनावलगत्तै मतदातालई युरोप भ्रमणमा लगेको, न्यायालयलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाउनुभयो । एन्फा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । कुवँरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पङ्कज नेम्बाङलगायतले निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगानुभयो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपका बारेमा प्रमाणसहित
More

श्रेष्ठ चोटका कारण लिग बाहिर

काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् । नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिय गरिएको थियो । त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८औँ एशियन खेलकूद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् । घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताउनुभयो
More

मिस मुस्ताङ

थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगिलाई पछि पार्दै थासाङ गाउँपालिका–१ टुकुचेकी योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षिया अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । तस्बिर : निरज थकाली
More

अधिनायकवाद शैलीलाई असफल बनाउन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै सरकारको हरेक गलत कदमलाई असफल बनाउन निर्देशन समेत दिनुभएको हो । मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउन समेत सभापति देउवाले आग्रह गर्नुभएको थियो । विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन काँग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको छ । विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानवीन समितिलगायतका समितिहरु पनि
More