Daily Archives 25th September 2018

नेपालको पुनः निर्माणको अनुभव संयुक्त राष्ट्रसङ्घमा

काठमाडौं । भूकम्प पछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आङ्कलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्नु हुने कार्यक्रम छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात् नेपालको पुनः निर्माण तथा पुनः स्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नु हुने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राति अमेरिकातर्फ जाँदै हुनुहुन्छ । “कार्यक्रममा हुने प्रस्तुतिले
More

उद्घाटन समारोह

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज)को तेस्रो केन्द्रीय साधारण सभाको उद्घाटन समारोहमा सहभागी सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मालगायत पर्यटन पत्रकारहरु । तस्विर : शुरबहादुर सिंह
More

उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं । यात्रुहरुको सुविधालाई मध्यनजर गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कलंकी,स्वयम्भु,नयाँ बसपार्क,सातदोबाटो, गौशाला,चाबाहिल,बल्खु,दक्षिणकाली र जगातीमा यात्रु सहायत कक्ष स्थापना गरिएको हो । नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरि स्थापना गरिएको सहायता कक्षमा अपराध एवं दुरव्यहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी,यातायात व्यवसायी संघका प्रतिनिधी,नागरिक समाजका प्रतिनिधी,ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् । अबको केही दिनमै कोटेश्वर,सुन्धारा,बानेश्वर,पुरानोबसपार्क र नागढुंगामा पनि राखिनेछ।
More

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो । सोमबारको बिदा पछि खुलेको बजारमा रु एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर कारोबार भएको हो । कारोवार रकम समेत अर्बमाथि
More

तीन किलो सुनसहित टोखाबाट दुई जनालाई पक्राउ

काठमाडौं । काठमाडौंको टोखाबाट तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर, टेकुका अनुसार सोमबार साँझ टोखाबाट दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट तस्करी गरिएको तीन किलो सुन भेटिएको हो। पक्राउ पर्ने रसुवाका पेम्बा लामा र नरबहादुर घले रहेको प्रहरीले जनाएको छ । अवैध सुनसहित पक्राउ गरिएका उनीहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ।
More

यस्तो छ छानविन समितिले बुझाएको प्रतिवेदनका निष्कर्ष

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई सुटुक्क आफ्नो प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई मंगलबार प्रतिवेदन बुझाएको हो । कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै अनुसन्धान समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रहरीको गल्ती र कमजोरी लगायतका कुरा औंल्याइएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिवेदनमा मुख्य गल्ती एसपी विष्टकै भएको बताइएको छ । गृह स्रोतले दिएको जानकारीअनुसार एसपी विष्टले
More

व्यवहारमै यातायात एकाधिकार तोड्न माग

काठमाडौं । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताउनुभयो । टिकट बुकिङकै दिन सकियो भनी पछि महँगोमा बेच्ने चलन रोकिनुपर्ने उहाँको भनाइ थियो । सांसद गणेश पहाडीले चाडपर्वमा हुने गरेको यातायात अव्यवस्था हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिन माग गर्नुभयो । पाँच वर्षमा सकिनुपर्ने राष्ट्रिय गौरवका आयोजना २० वर्षमा पनि नसकिएकाले समयमै सक्ने वातावरण तयार पार्नुपर्नेमा उहाँको जोड थियो । सांसद यज्ञराज सुनुवारले यातायात व्यवसायीले
More

मनाङ एयरको हेलिकप्टर सिमकोटतर्फ

हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टरलाई मंगलबार श्री एयरको ठूलो हेलिकप्टरले झुण्ड्याएर सिमकोट ल्याउँदै । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । तस्वीर: दाने बोहरा
More

पदाधिकारी र सदस्य बढाउन कांग्रेसमा सुझाव

काठमाडौं । केन्द्रीय विधान संशोधनको तयारीमा रहेको नेपाली कांग्रेसले मंगलबार पनि छलफललाई निरन्तरता दिएको छ । केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि कांग्रेसले सातै प्रदेशमा छलफल सुरु गरेको हो । यसैक्रममा प्रदेश नम्बर–३ स्तरीय छलफल केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर जिल्लाका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु सहभागी छन् । कांग्रसले सातओटै प्रदेशका विभिन्न १२ स्थानहरुमा बैठकको आह्वान गरेको हो । बैठकमा सहभागी नेताहरुले संघीय संरचनाअनुसारको विधान लागू गर्नुपर्ने, केन्द्रीय पदाधिकारी र सदस्यहरु बढाउनुपर्नेलगायतका सुझावहरु दिएका छन् । विधान संशोधन मस्यौदा समितिले
More

व्यवसायीको आन्दोलनले झुक्किए यात्रु, बुकिङ खुलेपछि यस्तो देखियो [फोटोफिचर]

काठमाडौं – नेपालीहरूको महान पर्व दशैंका लागि घर फर्किन अग्रिम टिकट बुकिङ शुरू भएको छ । ढिला गरी मंगलवार मात्र शुरू भएको बुकिङका लागि बिहानैदेखि यात्रुहरू टिकट काउन्टर पुगिरहेका छन् । काठमाडौंको विभिन्न स्थानमा रहेका काउन्टरहरूमा टिकट बुकिङ भइरहेको हो । लामो दूरीको यात्राका लागि नयाँ बसपार्कका सबै काउन्टरबाट बुकिङ भइरहेको छ । व्यवसायीहरूको आन्दोलनले टिकट बुकिङको पहिलोदिन मध्याह्नसम्म आइपुग्दा अपेक्षाकृत भीड देखिएको छैन । आन्दोलनका कारण टिकट बुकिङ खुल्ने/नखुल्ने अन्योल देखिएको थियो । हेर्नुहोस्, टिकट काउन्टरमा देखिएको चहलपहल :
More