Daily Archives 26th September 2018

सभापतिलाई शक्तिशाली बनाउनु गलत : महामन्त्री खड्का

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विधान संशोधन समितिका संयोजकसमेत रहनुभएका खड्काले तीन किसिमका सुझाव आएको समितिले सर्वसम्मत रुपले सुझाव ग्रहण गरिने जानकारी दिनुभयो । उहाँले पुरानो विधानअनुसार केन्द्रीय समितिका सम्पूर्ण पद निर्वाचन र सभापतिले सम्पूर्ण पद मनोनीत गर्नेजस्ता सुझावलगायत अन्य विकल्पलाई समितिभित्र छलफल गरी सर्वसमितिले निर्णय गरिने बताउनुभयो । महामन्त्री खड्काले संविधानले व्यवस्था गरेअनुसार माथिदेखि तलसम्म समावेशी, समानुपाति रुपले विधान संशोधन गरिने बताउनुभयो । साढे तीन महिनामा मुलुकका ७७ जिल्लामा क्षेत्रीय समितिदेखि गाउँ समिति, भ्रातृ सङ्गठनबाट आवश्यक सुझाव लिएको बताउँदै
More

महिला हिंसाको घटनामा चुप लाग्न हुन्न : आईजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा प्रहरीले महिला हिंसा रोक्ने काम गरेको छ भनेर अहिले चुप लाग्न नहुने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले केही महिनायता महिला हिंसाका घटना १० प्रतिशतले बढेको बताए। बलात्कारका घटना ३८ प्रतिशत परिचितबाट, १४ प्रतिशत आफन्तबाट, ३३ प्रतिशत छिमेकी र ४ प्रतिशत शिक्षकबाट हुने गरेको उनले बताए। परिवारकै सदस्य पनि बलात्कारका घटनामा संलग्न हुने गरेको उनको भनाइ छ। गैरव्यासायिक सुरक्षा अधिकारिका कारण निर्मला प्रकरणको अनुसन्धानमा लामो समय लागेको पनि उनले बताए। ‘केही समस्या देखिएका छन्। शंकाकै भरमा अनुसन्धान गर्नुपरेको छ,’ उनले भने, ‘विगतमा पनि यस्ता घटना रहस्यमा
More

रौतहटमा प्रहरी र आन्दोलनकारीबीच झडप, २० राउण्ड हवाई फायर

रौतहट । रौतहटको श्रीपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । शव जलाउने विषयलाई लिएर विवाद बढेपछि स्थानीयले भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो । विवादित ठाउँमा शव जलाउन जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि सो ठाउँका स्थानीयले शव जलाउन नदिएपछि स्थिति झडपमा परिणत भएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ४ राउण्ड अश्रु् ग्यास प्रहार गरेको थियो । झडपमा केही स्थानीय र प्रहरी असई सहित चार जना घाइते भएका छन् ।
More

सरकारले जनचाहनाअनुसार काम गर्न सकेन : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनचाहनाअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल पर्यटन यातायात व्यवसायी संघको १५औं साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समीक्षा गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकारुपमा रहेको पर्यटन उद्योगको विकासबिना मुलुकको समृद्धि अगाडि बढ्न नसक्ने बताए । पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । पञ्चायतकालीन ऐन–कानुन विकासमा बाधक देखिएकाले त्यस्ता कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष
More

इन्द्रजात्राको आकर्षण देवी नाच

इन्द्रजात्राका अवसरमा काठमाडौँको किलागल टोलमा निकालिएको सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) । तस्वीर: सौजन्य- नातीकाजी महर्जन
More

सहयोगी हुनु सबैभन्दा ठूलो धर्म : महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताउनुभएको छ । भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले आज रत्ननगरमा आयोजना गरेको ह्विल चियर वितरण कार्यक्रममा उहाँले समुदायमा भिन्न परिचय भएका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । महामन्त्री कोइरालाले विदेश गएका युवाले गर्ने सेवाले नेपालको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नेपाली जनसम्पर्क समीति अस्टेलिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० भिन्न परिचय भएकालाई ह्विल चियर वितरण गरिएको हो ।
More

जापानमा नेवारी सांस्कृतिक प्रदर्शन

काठमाडौं । जापानमा रहेका नेवारी समुदायको संस्था नेवा खलले नेवारी कला संस्कृति, रहन सहनको प्रवद्र्धन गर्दै जापानी संस्कृतिसँग एकाकार गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको छ । मङ्गलबार टोकियोको रिङ्काई उद्यानमा जापानवासी नेवार समुदायलाई एकताबद्ध गरी सांस्कृतिक वेशभूषाको प्रदर्शनीसहित नेवारी भोज कार्यक्रम आयोजना गरिएको हो । नेपालको सांस्कृतिक पहिचानलाई जापानमा परिचित गराउन जापानभर बसोबास गर्दै आउनुभएका विभिन्न पेशामा आबद्ध नेवार समुदायको सहभागितामा कार्यक्रम गरिएको टोकियोमा कार्यरत नेपाली वकिल डा बलराम श्रेष्ठले जानकारी दिनुभयो । कार्यकममा नेवारी लोक नृत्य, पोशाक, गीत–सङ्गीत, धिमे बाजा, सम्मे बजी लगायतको प्रदर्शन पनि गरिएको थियो । नेपालीको सांस्कृतिक गतिविधिको जापानीले उत्सुकतापूर्वक अवलोकन गरेको नेवा खल जापानका अध्यक्ष
More

अपहरण भएको भनिएका डा यादव पक्राउ

लहान । सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएका डा सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो । अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उहाँकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो । सम्पर्क हुन छोडेपछि उहाँका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा यादवलाई सर्लाहीको
More

वेलायतमा ‘छक्का पन्जा ३’ प्रर्दशन हुने

लण्डन । दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ वेलायतमा प्रर्दशन हुने भएको छ । सो चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेले वेलायतमा प्रर्दशन गर्न लागेको हो । २० अक्टोवर शनिवारका दिन अल्डरशटस्थित प्रिन्सेस हलमा प्रर्दशन हुने ‘छक्का पन्जा ३’ को लागि टिकट खुल्ला गरिएको छ । टिकट दर २५ (भिआइपी) र २० (साधारण) पाण्उण्ड तोकिएको छ । अग्रिम बुकिगंको लागि भने दर २० (भिआइपी) र १५ (साधारण) पाउण्ड रहेको छ । चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेका अनिल मल्ल, विरेन खड्का, तर्क र्गर्जुजा, गेरे गुरुगं लगायतको युवा समुहको सकृयतामा वेलायतमा वितरण गर्न लागेका हुन् । ‘छक्का पन्जा’ आफैमा एउटा ब्रांन्ड बनाउन सफल चलचित्र हो
More

अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ। आवेदन दर्ता गर्दा पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ
More

श्रेयाको हत्याको अभियोगमा एक पक्राउ

पोखरा । पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिनुभयो । पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उहाँले बताउनुभयो । सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो । बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा
More

राजदुत डा. सुवेदीलाई अर्को सफलता, अन्तर्राष्ट्रिय संगठनमा अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको एक समितिमा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली दुतावास लण्डनका अनुसार उनी अन्तर्राष्ट्रिय कफी संगठनको प्रवद्र्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । संगठनको सेप्टेम्बर १७ देखि २१ सम्म लण्डनमा सम्पन्न संगठनको १ सय २२ औं अधिवेसनले संगठनमा नेपालका स्थायी प्रतिनिधी समेत रहेका डा. सुवेदीलाई सो समितिको अध्यक्षमा निर्वाचित गरेको हो । डा. सुवेदी यसअघि मेक्सिकोमा सम्पन्न १ सय २१ औं अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै सो समितिको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । यस्तै अधिवेसनले नेपाललाई संगठनको मूल समिति र तथ्याङ्क समितिको कार्यकारी सदस्य पदमा
More

कोरियाले नेपाललाई पचपन्न करोड अनुदान

काठमाडौँ – कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ । समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त तुल्याउन आफ्नो देशको सरकारबाट सहयोग प्रदान गरिएको बताउँदै त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको उल्लेख गर्नुभयो । सचिव खनालले
More

शान्ति नेपाली समाज वेलायतको अध्यक्षमा थापा

लण्डन । शान्ति नेपाली समाज बेलायतले लिलबहादुर थापाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । यसअघि संस्थाको अध्यक्ष पदका लागि निवर्तमान कार्यसमितिका उपाध्यक्षद्धय भोजराज भण्डारी र सिता खरेलले दाबी प्रस्तुत गरेका थिए । तर सहमति निर्माणको प्रयासमा तेस्रो व्यक्तिका रुपमा लिलबहादुर थापालाई अध्यक्ष चुनिएको हो । बाग्लुगं जिल्लाबाट आएर वेलायतको सामाजिक काममा सकृय नवनिर्वाचित अध्यक्ष थापा संस्थाको स्थापनाकालदेखि अहिलेसम्म लगातार ६ वर्ष कोषाध्यक्षको जिम्मेवारीमा थिए । र्मिङ्गहम क्षेत्रमा बस्ने नेपालीहरुको यो संस्थाको सोमबार सम्पन्न अधिवेसनले थापा नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षमा जयन्ती थापा र प्रेम घिमिरे, सचिवमा प्रविण खरेल, कोषाध्यक्षमा दिपक साहनी र सहकोषाध्यक्षमा तेज
More

साझा नेपाली समाज युकेको अध्यक्षमा महेश अधिकारी निर्विरोध

लण्डन । बेलायतका मिडल्याण्ड क्षेत्रका संस्थाहरु मिलेर बनेको साझा संस्था ुसाझा नेपाली समाज यूकेुको अध्यक्षमा महेश अधिकारी निर्विरोध चयन भएका छन् । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ । साझाको नयां कार्यसमितिमा नारायण फुंयाल र रामचन्द्र सुवेदी उपाध्यक्ष, मिलन सापकोटा महासचिव र नृपेश उप्रेती सचिवको जिम्मेवारीमा आएका छन् । सदस्यहरुमा हरि भुषाल, सुदर्शन पराजुली, पुण्डरी अर्याल, टिकाराम गौतम, रामप्रसाद बञ्जाडे, श्याम खत्री, भिम शर्मा, विष्णु लामिछाने, कमल आचार्य चुनिए । चौंथो कार्यसमितिका नवनिर्वाचित अध्यक्ष अधिकारी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । यसअघि उनले पिटरबरो नेपाली
More

सांसद महतो पत्रकार सम्मेलनमा

राष्ट्रिय जनता पार्टी नेपाल पर्साले बुधबार वीरगन्जमा आोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष मण्डलका सदस्य एवं प्रतिनीधिसभाका सदस्य राजेन्द्र महतो । तस्वीर: बिजय कुमार महतो
More

श्रेयाको पनि बलात्कारपछि हत्या भएको निष्कर्ष

पोखरा । पोखरा महानरगपालिका २२ पुम्दीभुम्दीको कोदीमा १० वर्षीया बालिका मृत फेला परेकी छन् । मंगलबार हराईरहेकी स्थानीय श्रेया विकको खोल्सा छेउको झाडीमा शव फेला परेको हो । आज विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् । स्थानीयले भने बलात्कार गरेर हत्या गरेको बताएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै गरेको पोस्टमार्टम रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको देखिएको छ । ‘पोस्टमार्टममा भान्जीको योनांग सुन्निएको
More

राष्ट्र निर्माणका लागि मसँग स्पष्ट दृष्टिकोण छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागी राष्ट्रसंघलाई सघाउन नेपाल सदैव प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागी आफ्नो मुलुक राष्ट्रसंघलाई सघाउन सदैव प्रतिबद्ध रहेको बताएका हुन् । राष्ट्रसंघले आयोजना गरेको एक्सन फर पिसकिपिङ, शान्ति स्थापना कार्य सम्बन्धी सम्मेलनमा प्रधानमन्त्री ओलीले मुलुकको कठिन अवस्थामा समेत सेना र प्रहरी पठाएर शान्ति स्थापनामा नेपालले योगदान पुर्‍याएको बताए । त्यस्तै, न्युर्योकमासम्पन्न एसिया सोसाइटीको शान्ति, लोकतन्त्र र विकास विषयक सभामा समेत प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र र मौलिक स्वतन्त्रतामा सरकार प्रतिबद्ध रहेको बताए । नेपालमा विदेशी लगानी, कनेक्टिभिटी र दिगो वातावरण संरक्षण प्राथमिकता
More

पहिरोले तीन महिनादेखि बाटो अवरुद्ध

जुम्ला । अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु-लासी सडकखण्ड तीन महिनादेखि बन्द छ। पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ। सो सडकखण्डमा यातायात सेवा ठप्प छ। सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ। लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन। “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भने, सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन्। “दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,” पातारासी-५ का मुनबहादुर बुढाले भने। वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष
More

दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गर्नुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो । सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । दाहसंस्कारस्थल निर्माणका लागि रकम जुटाउन यही असोज १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगङ्गा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’आयोजना गरिएको हो । सबै धर्मालवम्बीको सहयोग र समन्वयमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक
More