Daily Archives 27th September 2018

प्रविधिका क्षेत्रमा रोजगारीको खोजी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सूचना प्रविधिका क्षेत्रमा रोजगारीको सम्भावनाबारे कम्प्युटर एसोशिएशन नेपाल (क्यान) महासंघका प्रतिनिधिसँगको छलफलका क्रममा । तस्वीर: अशोक घिमिरे
More

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

सङ्खुवासभा । जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ । प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिनुभयो ।
More

प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा आज प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो । आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्वय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ
More

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

काठमाडौं । राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गर्नुभयो । उहाँले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाउनुभयो । निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ
More

मेलम्चीको पानी दुई महीनापछि

काठमाडौं । काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभयो । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा
More

कृषि ज्ञान केन्द्रमा अतिथिलाई स्वागत

रुकुम पश्चिमको मुसिकोटमा बिहीबार कृषि ज्ञान केन्द्र उद्घाटनका लागि अतिथिलाई पञ्चेबाजासहित स्वागत गर्दै आमा समूह सालघारीका महिला । तस्वीर: अमरराज पुन, मुसिकोट
More

कांग्रेसमा सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको प्रस्तावित नयाँ विधानमा पार्टी सभापति र केन्द्रिय कार्यसमितिलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ ।सोमवारबाट देशभर छलफलका लागि लगिएको विधान संशोधनको प्रारम्भिक मस्यौदामा पार्टी सभापति र केन्द्रिय कार्यसमिति शक्तिशाली बनाउने प्रस्ताव गरिएको हो । विधान संशोधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा शनिवारसम्म सात प्रदेशका १२ स्थानमा छलफल चल्नेछ । पार्टीका अन्तर्घातीलाई कारबाही गर्न र पार्टीमा अनुशासन कायम गर्न सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको हो । नेपाली कांग्रेसको विधान २०१७ -२०६६ छैटौं संशोधनको २४ दफामा केन्द्रीय सभापतिको काम कर्तव्य र अधिकारमा १२ उपदफाहरु थपेर सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको हो । संशोधनका लागि तयार पारिएको प्रारम्भिक मस्यौदाको प्रस्तावमा
More

पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा (रिजल्ट) छिट्टै आउँछ ।” प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा गृहमन्त्री थापाले महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो । महिला माथि हुने हिंसा अपराध नै हुन्, यस्ता अपराधलाई अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै गृहमन्त्री थापाले हिंसालाई राजनीतिकरण
More

मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

उर्लाबारी – जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् । स्थानीयवासीले मोहनप्रसाद भण्डारीको संयोजकत्वमा मावा खोला उत्खनन नियन्त्रण संयुक्त समिति नै निर्माण गरेर जथाभावी भइरहेको उत्खनन रोक्न माग गरेका हुन् । सो समितिले उर्लाबारी नगरपालिका–६ का साथै सीमामा रहेको झापाको दमक नगरपालिका–३ र ४ वडा कार्यालय तथा उर्लाबारी नगरकार्यपालिका र दमक नगर कार्यपालिकामा पनि जथाभावी रुपमा भइरहेको खोला उत्खनन रोक्न माग गरेता पनि चासो नदिएको संयोजक भण्डारीले गुनासो गर्नुभयो
More

संसदको अधिवेशन आज अन्त्य हुँदै, महत्वपूर्ण विधेयक अलपत्र

काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य हुँदै छ । आज दिउसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक र दुई बजे बस्ने राष्ट्रिय सभा बैठकमा अधिवेशन अन्त्यको घोषणा हुने छ । प्रतिनिधि सभाको आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूचि राखिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । गत बैशाख २३ गतेवाट शुरु भएको अधिवेशन करिव पाँच महिनामा अन्त्य हुन लागेको हो । संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको छ । तर केही महत्वपुर्ण विधयेक भने अझै पारित हुन सकेका छैनन् । अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा,
More

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताउनुभयो । उहाँले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका
More

प्रधानमन्त्री ओलीले आज महासभामा सम्बोधन गर्ने

काठमाडौं । यतिखेर प्रधानमन्री केपी शर्मा ओली न्युयार्कमा हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन न्युयार्क पुग्नुभएका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । विश्वका शक्तिशाली देशका नेताहरूसँग भेटवार्ता गर्ने अवसर पाएका उहाँनिकटले जनाएको छ । प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो । उहाँले ट्रम्पसँग संक्षिप्त कुराकानी पनि गर्नुभयो । आज बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई उहाँले सम्बोधन गर्दै हुनुहुन्छ । बुधबार मात्रै प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग तथा कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग भेटवार्ता गर्नुभयो । उहाँले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि सोही अवसरमा भेट गर्नुभयो । एसिया सोसाइटीले बुधबार न्यु योर्कमा
More

प्रेस युनियनमा सामूहिक राजीनामा

उर्लाबारी । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उहाँको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन् । जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गर्नुुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले राससलाई बताउनुभयो
More

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भन्नुभयो, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उहाँले भन्नुभयो । अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गर्नुभयो । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले
More

शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि प्रहरीलार्इ खबर

जापानी प्रहरीले मृतशिशु पाँच वर्षसम्म लकरमा राखेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। ४९ वर्षिया इमरी सुजाकीले पाँच वर्षअघि मृत शिशु जन्म दिएकी थिइन्। उनी आफैले यसै हप्ता प्रहरी समक्ष गएर सो वास्तविकता खुलाएकी थिइन्। उनको जानकारीपछि प्रहरीले लकर लोकर खोल्दा प्लास्टिकभित्र सडेको अवस्थामा शिशुको लास भेट्टाएको थियो। प्रहरीका अनुसार सुजाकीले मृत शिशु जन्म दिएपछि त्यस विषयलाई ढाकछोप गर्न उनले वर्षौसम्म शिशुको लासलाई युजीसुदानी रेल स्टेसन नजिकैको लकरमा राखेका थिए। उनले त्यस लकरको भाडाको पैसा तिर्दै आएकी थिइन्। लकरमा सामान राखिए वापत प्रतिघण्टा १.८० अमेरिकी डलर तीर्नुपर्ने पैसा तिर्नपर्छ। तिर्न नसके ८.८६ डलरसम्म जरिवाना लाग्ने र लकरमा रहेको सामान त्यहाँका
More

तीन महीनामा २७ पक्राउ

दमौली – चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् । नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका
More

निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली ;; गृहमन्त्री

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण गर्नु पर्ने हो ।’ उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’ निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको अनलाइनखबरलाई बताए । ‘दाहसंस्कार
More

श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडाँै – नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो । भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गर्नुभएको थियो । उहाँले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा,
More

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिबारे ध्यानाकर्षण

काठमाडौँ – नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्य वृद्धि नगर्न आग्रह गर्नुभएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामवीर मानन्धरले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो । सांसदहरु गोपालबहादुर बम, अमृतादेवी
More