Daily Archives 28th September 2018

ए डिभिजन लिग शनिबारदेखि

काठमाडौं । चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताउनुभयो । सबै क्लबको दाबी लिगमा राम्रो नतिजा ल्याउँछौँ पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता
More

नेकपाभित्र चरम असन्तुष्टि : स्थायी कमिटीको बैठक बोलाउन माग

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि बढ्दै गएको छ । सरकारका काम र पार्टी सन्चालनप्रति नेकपाभित्र असन्तुष्टि बढेको हो । यसैक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार राजधानीमा स्थायी कमिटीका सदस्यहरुको भेला नै बोलाएर तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् । उनले सरकारले गरिरहेको कामको समीक्षा र पार्टी एकीकरण प्रक्रियालाई कार्यकर्ताको भावनाअनुसार अघि बढाउने विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाउन माग गरेका हुन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणका गएका बेला वरिष्ठ नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई बोलाएर सरकारले गरेका कामको आलोचनासमेत गरे
More

डा. केसीद्वारा शिक्षामन्त्रीको राजीनामा माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक ल्याउन अवरोध गरेको आरोप लगाएका छन् । उनले पूर्वसहमतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले विधेयक संसदमा नलगेको भन्दै नैतिकताका आधारमा पदमा बस्नु उचित नहुने बताए । डा. केसीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका शिक्षामन्त्री पोखरेलले विभागीय मन्त्री भएर पनि जनतामुखी नभएर माफियामुखी ऐन ल्याउन लागेको आरोपसमेत लगाए । डा. केसीले स्वास्थ्य सेवा प्रदान गर्ने सम्पूर्ण जनशक्तिलाई आयोगअन्तर्गत् नै ल्याउनुपर्ने आफ्नो माग रहेकाले सरकारले आफूसँग गरेको सम्झौताअनुसार नै विधेयक नल्याए बिनाजानकारी १६औं अनशन सुरु गर्न बाध्य हुने बताए । यसैबीच,
More

नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

काठमाडौं । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिनुभयो । उहाँले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका
More

विप्रेषण आप्रवाह बढ्यो, व्यापार घाटा अधिक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ प्रतिशतले बढेर रु एक खर्ब २० अर्ब ६१ करोड पुगेको जनाइएको छ । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु २५ अर्ब ३८ करोड पुगेको छ । अवको सोही अवधिमा यस्तो घाटा रु पाँच अर्ब ९८ करोड रहेको थियो
More

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्धिपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्यका शुक्रबार काठमाडौँमा ऊर्जा संयन्त्रको बैठकमा सहभागी नेपाली तथा चीनका प्रतिनिधि । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गर्नुभएको छ । तस्वीर: रत्न श्रेष्ठ
More

संविधान संशोधन आवश्यक छ : नेता पौडेल

वीरगञ्ज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले काङ्ग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिनुभयो । केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी हो भन्नुभयो । विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा मीनेन्द्र
More

दलित सोच हट्नुपर्छ

सरला बिक, सचिव, राप्रपा महिला संघ सामाजिक रूपान्तरणका लागि नागरिक समाजले सरला बिकलाई राष्ट्रिय नारी सम्मान दियो । त्यस्तै, देशले नै गौरव गर्नुपर्ने नारीबाट पनि उनी सम्मानित भइन् । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र सामाकोसीकी एकाइ अध्यक्ष सरला दर्जनौं संघसंस्थामा आबद्ध छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघको सचिवसमेत रहेकी सरला यतिबेला आमनागरिकमा दलित सोच हटाउने अभियानमा क्रियाशील छन् । राजनीति र नेपाली समाजमा दलित महिलाको अवस्थाबारे सरलासँग कुमार राउतले गरेको कुराकानी ० धेरै संघसंस्थामा आबद्ध हुनुहुन्छ ? – हो, दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध छु, सामाजिक अभियान्ताका रूपमा क्रियाशील भएपछि संघसंस्थामा स्वतः आबद्ध हुँदै गइँदो रहेछ । ० सबै संघसंस्थामा समय
More

सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज

क्यानडा । क्यानडाको संसदले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज गरेको छ । रोहिंग्या अल्पसङख्यक मुस्लिम समुदाय विरुद्धको हिंसा नियन्त्रणका लागी पहल गर्न नसकेको भन्दै क्यानाडाले सम्मान खारेजको निर्णय गरेको हो । रोहिंग्यामाथि नरसंहार नभएको भन्दै मानवअधिकारवादी नेतृ सुकीले हिंसाको बचाउ गर्दै आएकी छिन् । क्यानडाले सुकीलाई सन् १९९१ मा सैनिक शासक विरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो । रोहिंग्या मुस्लिम समुदाय विरुद्ध भएको नरसंहारलाई लिएर पछिल्लो समय सुकीको आलोचना हुँदै आएको छ । संयुक्त राष्ट्रसंघले समेत रोहिंग्या मुस्लिम समुदायमाथि म्यानमारमा नरसंहार भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । रोहिंग्या मुस्लिम समुदायमाथि आक्रमण
More

जंगलमा लगेर १४ वर्षीया बालिकाको बलात्कार

डडेल्धुरा। बलात्कार गरेको अभियोगमा पर्शुराम नगरपालिका–५ बस्ने २८ वर्षीय बीरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार बोहरा र सोही नगरपालिका–१० वस्ने २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते पर्शुराम धाम अनन्ते मेलाबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकालाई मोटरसाइकलमा जबरजस्ती राखी स्थानीय जङ्गलमा लगेर बलात्कार गरेका थिए। पीडितले बिहीबार ईलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन दिएपछि बोहरालाई प्रहरीले पक्राउ गरेको हो। बलात्कार अभियोग लागेका अर्का व्यक्ति शिवशंकर जोशी भने फरार रहेको प्रहरीले जनाएको छ। फरार रहेका जोशीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ। डिसी नेपाल
More

खानेपानीको हाहाकार

खानेपानीको हाहाकार ओखलढुंगाको पलापुमा खानेपानी भर्न लाइनमा बसेका स्थानीय महिलाहरु । तस्बिर: पूर्णप्रसाद न्यौपाने
More

एनआरएनए स्कटल्याण्ड राज्य परिषदको समितिको अध्यक्षमा कार्की

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) स्कटल्याण्ड राज्य परिषदको समितिमा अध्यक्षमा मोहन कार्की चयन भएका छन् । लामो समय देखि विवादका कारण रोकिएको स्कटलेन्ड राज्य परिषदको नयाँ कार्यसमितिको टुग्गो लगाइएको गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले जनाए । अध्यक्षको लागि आकंक्षी भोला खनाल र यज्ञमुर्ति ढकालले कार्कीको नाममा सहमति जनाए पछि विवाद सकिएको हो । भोला खनाल र यज्ञमुर्ति ढकाल दुवै जना लाई गैर आवासीय नेपाली स्कटलेन्डका संरक्षक हुने भएका छन् । यसअघि एनआरएन युकेको एक टोली स्कटल्याण्ड पुगेर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको थियो । नयाँ कायैसमितिपको उपाध्यक्ष नारायण पहारी, उपाध्यक्ष कासिराम भण्डारी, रहेका छन् । यस्तै सचिब
More

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौं । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गर्नुभएको छ । बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो । बैठक बिहीबारदेखि नै शुरु हुने भनिएता भए पनि एक दिन पर सरेर आजदेखि शुरु भएको हो । बैठकमा विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रुपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका
More

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताउनुभयो । संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताउनुभयो । उहाँले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा
More

कपुरकोटका विद्यालयमा पुस्तकालय

सल्यान – सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि कपुरकोटमा पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिकाका सबै विद्यालयममा क्रमिक रुपमा पुस्तकालय स्थापना गरिने जानकारी दिनुभयो । पुस्तकालयले विद्यार्थीलाई बाहिरी ज्ञानसमेत दिने भएकोले सबै विद्यालयमा स्थापना गर्न आवश्यक भएको बताउनुभयो । गाउँपालिकाले स्थापना भएका पुस्तकालयमा पुस्तकको सङ्ख्या थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपुरकोट गाउँपालिकाको समन्वयमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रमअन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गरिएको जिल्ला संयोजक टेकराज शाहीले जानकारी दिनुभयो । रासस
More

आजबाट सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ । विभागका अनुसार, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
More

कोरियामा इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो। प्रत्येक दुईदुई वर्षमा सम्झौता नवीकरण हुँदै आएको छ। वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले आगामी दुई वर्षका लागि इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण भएको जानकारी दिए। नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका
More

प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा पाइने

काठमाडौँ – शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर रु सात लाखसम्म शैक्षिक कर्जा दिन पाउने छन् । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको
More

३६ वर्षपछि जर्मनीमा यूरो कप हुने

एजेन्सी । २०२४ को यूरो कप फुटबल जर्मनीमा हुने भएको छ । जर्मनीले यो प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो । बिहीबार यूईएफा कार्यकारी समितिमा भएको मतदानमा जर्मनी आयोजकमा चयन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जर्मनीसँगै प्रतिस्पर्धामा रहेको टर्की भने दोस्रो स्थानमा रह्यो । जर्मनीले १९८८ पछि पहिलो पटक यूरो कपको आयोजना गर्ने पक्का भएको हो । त्यो बेला पश्चिम जर्मनीले यूरो कपको आयोजना गरेको थियो । २०२४ मा जर्मनीमा हुने यूरो कपमा २४ देशले सहभागिता जनाउनेछन् । प्रतियोगिताका ५१ खेल अधिकतम ३२ दिनसम्म हुने जनाइएको छ । आयोजक चयनका लागि भएको मतदानका क्रममा जर्मनीका पूर्व कप्तान फिलिप
More

टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा

ललितपुर – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ३६औँ वार्षिकोत्सवका अवसरमा पूर्वकार्यकारी निर्देशक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार जावलाखेलस्थित प्रतिष्ठानको कार्यालयमा आयोजना भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा मन्त्री पण्डितले टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा पुगेको बताउँदै जिम्मेवार बन्न र कामप्रति लगनशील कर्मचारीलाई प्रशिक्षण दिन प्रतिष्ठानलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीले पनि आफूले पाएको ज्ञान व्यवहारमा उतार्ने र समयमा नै त्यसलाई प्रयोग गर्नुपर्छ ।” मन्त्री पण्डितले अनुशासन खुकुलो र जिम्मेवारी बोध कम हुनु सार्वजनिक प्रशासनको मूल समस्या हो भन्दै आफ्नो पदीय जिम्मेवारी
More