Daily Archives 29th September 2018

११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न

चिरन शर्मा । लन्डन । ११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न भयो । अल्डरशटस्थित एम्पायर हलमा शनिवार सम्पन्न बैठकमा सयभन्दा बढी संघसंस्थाको सहभागिता थियो । घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता, संस्थाको विधान, भूपू गोर्खाको समान हक र अधिकार, बेलायतमा नेपाल घर, संघद्वारा सञ्चालित परोपकारी योजना, युवा, महिला तथा जेष्ठ नागरिक, बेलायतमा जनगणना, सिप तथा स्किल ट्रान्स्फरलगायतका विषय समेटिएको छ । यसअघि बैठकको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तलगायतले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले गैरआवासीय नेपालीको नागरिकता अब कसैले खोस्न नसक्ने भन्दै बेलायतमा
More

‘काङ्ग्रेसमा गुट उपगुट छैन’

तुलसीपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गर्नुभएको छ । शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उहाँले गुट उपगुटका कारण पार्टी कम्जोर भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने बताउनुभयो । उपसभापति निधिले भन्नुभयो, “अब पार्टीका दुई खेमा हुदैन त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय सम्म एउटै हुने प्रयत्नमा छौँ, अब तपाईंहरु पनि पार्टीलाई एकढिक्का बनाएर बलियो पार्टी बनाउनतर्फ लााग्नुहोस् ।” उहाँले विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको बताउनुभयो । पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख
More

सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

भैरहवा । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् । शनिबार रुपन्देहीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार, बलात्कार, हत्या तथा महँगी नियन्त्रण गर्नुको सट्टा संरक्षण गरेकाले सडक र सदनबाट आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए । जनतासँग सरोकार राख्ने विषयमा स्थानीय र राष्ट्रियस्तरबाट शान्तिपूर्ण आन्दोलन गरिने उनको भनाइ थियो । अबको १० वर्षभित्रमा चीनबाट कम्युनिस्ट सरकार हराउने दाबी गर्दै उनले यहाँपनि ‘ओलीको सरकार नांगिदै गएकाले कम्युनिस्ट शासन धेरै समय नटिक्ने तर्क गरे । अर्को एक प्रसंगमा नेता खाँणले सन्चारमाध्यमले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएकाले जनतामाझ कुराहरु पुग्न नसकेको गुनासो गरे ।
More

नेकपाभित्रको विवाद छताछुल्ल, नेपाल पक्षले दुई अध्यक्षको निर्णय नमान्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक असन्तुष्टि एकपछि अर्को गर्दै बाहिर आउन थालेको छ । पार्टीको सांगठनिक एकताप्रति असन्तुष्टि राख्दै आएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले हिजो शुक्रबार स्थायी कमिटी सदस्यहरुको छुट्टै भेला गरी पार्टीका दुई अध्यक्षको एकलौटी निर्णय नमान्ने अडान राखेपछि आन्तरिक विवाद सतहमै छताछुल्ल भएको हो । दुई पार्टी एकीकरण हुँदा अध्यक्ष केपी शर्मा ओलीसँगै रहेका वरिष्ठ नेता नेपाल पछिल्लो समय ओलीप्रति असन्तुष्ट छन् । पछिल्लो समय पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले सांगठनिक एकतामा एकलौटी गरेको भन्दै नेपाल चिढिएका छन् । असोज ५ गते आफ्नो उपस्थितिबिना नै सचिवालय बैठकले प्रदेश इन्चार्ज र पदाधिकारी चयन गरेपछि
More

दाङका विद्यार्थीलाई सचेतना

जिल्ला प्रहरी कार्यालय दाङले टोलटोलमा प्रहरीअन्र्तगत विद्यालयमा ट्राफिक सचेतना र लंैगिक हिंसा, यौन दुव्र्यवहारको विषयमा ज्योति पुञ्ज विद्यालयका कक्षा ८–१० का विद्यार्थीलाई सचेतना गराउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेव साउद । तस्वीर: रीता लामा
More

शेयर बजार : तीन अर्ब बढीको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोवार रकम गत साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो । गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद बिक्री भएको थियो । यस साता कारोवार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु २३ करोड ३६
More

एउटै घरका तीन जनाको मृत्यु

लमही । माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् । घर पोत्नका लागि माटो ल्याउन गएका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।
More

‘तिमीले खाएको कसम साँचो भाको भए’

काठमाडौं । गीतकार दर्पण राईको ‘ब्लकबस्टर’ गीत ‘तिम्ले बाटो फे¥यौं अरे’को दोश्रो पार्ट अर्थात ‘तिम्ले बाटो फे¥यौं अरे–२’ पनि आउने भएको छ । उक्त गीतको सिरीजका रुपमा ‘तिमीले खाएको कसम साँचो भाको भए’ बोलको गीत रेर्कड गरिएको हो । सम्भवतः नेपाली गीतको यो नै पहिलो सिरीज हो ।’ म्युजिक भिडियो निर्माण नै नगरी ‘तिम्ले बाटो फे-यौं अरे’ गीतलाई यु–ट्युबमा ढेड करोडभन्दा बढीले हेरिसकेका छन् । हरेक नेपाली श्रोताको ओठमा झुण्डिनु सफल तिनै गीतको सिरीजस्वरुप गीतकार दर्पणले ‘तिमीले खाएको कसम साँचो भाको भए’ रेर्कड गराएका छन् । यस गीतलाई ‘फिमेल भर्सन’मा अहिलेकी चर्चित गायिका मेलिना राईलाई नै गाएकी छन् । यसअघि
More

एनआरएनको माग र इच्छा अनुरुपको नागरिकताको व्यवस्था गरिएको हो – प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीको माग, इच्छा र आग्रह बमोजिम संविधानमा गैरआवासीय नागरिकताको व्यवस्था गरिएको वताए । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै राजनीतिक बाहेक सबै अधिकार प्रयोग गर्न पाउने गरि नागरिकताको व्यवस्था गरिएको वताएका हुन् । सरकारले राम्रो गरेको भए पनि केहि तत्व बिरोधमा लागेको प्रधानमन्त्रीको भनाई छ । सरकारको बिरोध गर्ने र कुप्रचार गर्ने काम गर्नेहरुले भ्रम फैलाउन खोजे पनि सरकारले दिर्घकालिन र बर्तमान पनि राम्रा योजना लिएर अगाडि बढेको दावी गरे । गैर आवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा
More

सहकारीको रकम लुटपाटमा संलग्न सात पक्राउ

लहान – हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेको जिल्ला
More