Daily Archives 30th September 2018

चाड पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू

काठमाडौं । दशैं, तिहार जस्ता चाडलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दशैं, तिहारलगायतका चाडपर्वलक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो। चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए। परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूला सपिङ मलमा विशेष निगरानी गरिएको पनि प्रमुख लामाले बताए। जनताको जीउधनको
More

घुस लिएको आरोपमा प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुस लिएको आरोपमा आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उहाँलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी चालक अनुमतिपत्रसम्बन्धी कागजात नष्ट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरी सरकारलाई बद्नियताका साथ हानी पु-याएको भन्ने उजुरीका
More

स्वयम्भू बुद्धको पाउमुनी नेपथ्य

काठमाडौं । प्राचीन बौद्ध सम्पदाको आँगनमा बारंबार नेपालीका निम्ति शान्ति र सुरक्षाको माँग गर्दै लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट शनिबार सम्पन्न भएको छ । स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण । ब्याण्डले यो कार्यक्रम त्यसैको निम्ति समर्पित गरेको छ । स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकसमेत पारेर राजधानीवासीसँग खुशी साट्ने मौकासमेत यो कार्यक्रम बन्न पुग्यो । नेपथ्यका अघिल्ला कन्सर्टहरु भन्दा सर्वथा भिन्न यसपाला बेग्लै सुरुवात भएको थियो । ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट नभइ स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरुभएको थियो । मञ्चमा चढेका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाइदिएका थिए । मञ्च
More

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर रु ५८ करोड २२ लाख ५० हजार ८२८ मूल्यमा खरिद बिक्री भएका छन् । आज व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य
More

पार्टीभित्रको ओलीवाद अन्त्य हुन आवश्यक : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्ने संकेत देखिएका छन् । उनले पार्टीको प्रदेश र जिल्ला कमिटीमा दिइएको जिम्मेवारीप्रति असन्तुष्टि राख्दै पार्टीभित्र देखिएको ओलीवादको अन्त्य गर्न आवश्यक भएको बताएका छन् । वरिष्ठ नेता नेपालले प्रदेश नेतृत्व चयनसम्बन्धी केन्द्रीय सचिवालयको पछिल्लो निर्णय अस्वीकार गर्दै पूर्वसम्झदारी विपरीत स्थायी समितिलाई बाइपास गरेर प्रदेश संगठन कमिटीको नेतृत्व चयन गरिएको निर्णय नमान्ने संकेत गरेका छन् । सत्तारुढ नेकपामा केपी ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा रहेका वरिष्ठ नेता नेपालले अहिलेसम्म दलको मुख्य नेताको भूमिका निर्वाह गर्दै संसद्मा र बाहिर सरकारको बचाउ गर्दै आएका छन्
More

पार्टी एक ढिक्का बनाउछु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी एकतामा जोड दिएका छन् । नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढन आफु लागि परेको बताए । कार्यक्रममा कांग्रेस महामन्त्री शंशाक कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । लोकतान्त्रिक समाजवाद उत्कृष्ट विचार भएको उल्लेख गर्दै महामन्त्री कोइरालाले कम्युनिष्टको जनमतलाई दश प्रतिशतमा पुर्याउन सबैले एक भएर अघि बढनुपर्ने बताए । कार्यक्रममा युवा उद्योगी जनक धामी, प्राध्यापक भैरबबहादुर विष्ट लगायतका व्यक्तिहरुलाई समितिले सम्मान गरेको थियो ।
More

मालपोत कार्यालयमा तोडफोड

हेटौँडा – थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् । पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् । कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताउनुभयो । उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए । करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर–४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दहालले बताउनुभयो । घटनास्थलबाट प्रहरीले एक थान
More

प्लमस्टिडमा खुल्यो नेपालीको पहिलो फार्मेसी

लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको प्लमस्टिडमा नेपाली व्यवस्थापनको पहिलो फार्मेसी खुलेको छ । साउथ ईस्ट लण्डनमा यसअघि नै २ वटा फार्मेसी सञ्चालन गरिरहेको कंडेल ग्रुपले शुक्रबारदेखि प्लमस्टिड कर्नरमा तेस्रो फार्मेसी सञ्चालनमा ल्याएको हो । यसअघि सोगिम फर्मेसीका रुपमा सञ्चालन हुंदै आएको उक्त फार्मेसीलाई टेक ओभर गरेर कंडेल ग्रुपले अब ‘निम ट्री फार्मेसी’का नाममा सञ्चालन गर्न लागेको छ । ग्रुपले साउथ ईस्टकै एबिउडमा सन् २००९ देखि ‘निम ट्रि फार्मेसी’ सञ्चालन गर्दै आएको छ । सन् २०१४ देखि वुल्वीचमा ‘वुल्वीच लेट नाइट फार्मेसी’ पनि सञ्चालित छ । अब तीन वटै फार्मेसीलाई ‘निम ट्रि’का नामबाट सञ्चालन गर्ने योजना रहेको कंडेल ग्रुपका प्रबन्ध
More

कांग्रेसमा सभापतिको अधिकारमाथि बहस शुरु

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ । कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि कांग्रेसमा १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो । तर त्यसयता बेला बेला एकल नेतृत्व र बहुल नेतृत्वका पक्षमा बारेमा बहस हुने गरेको छ । कांग्रेसले अहिले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान परिमाार्जन गर्ने तयारी थालेको छ । विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने काम सम्पन्न गरेको छ ।
More

औषधि अभाव

जाजरकोट – यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा, दशेरालगायत दुई दर्जन ठाउँमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी निजी मेडिकलको भर परेका छन् । चर्को मूल्य तिरेर निजी मेडिकलमा उपचार गर्दा आफूहरू हैरान भएको भेरी नगरपालिका–१३ का जुमना गिरीले बताउनुभयो । स्थानीय तहले औषधि खरीद तथा आपूर्तिलाई
More

कोस्टारिकामा प्रधानमन्त्री ओलीको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएपछि हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुहुँदै । तस्बिर: सुरेन्द्रबहादुर नेपाली
More

निर्मला हत्या प्रकरणः एसपी विष्टसहित तीन जनाको डिएनए मिलेन

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंका गरिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ । घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण गरिएकोमा म्याच नभएको कञ्चनपुरको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । निर्मलाको भेजाइनल स्वाबमा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीन जनाको शुक्रकिट मेल नखाएको हो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत् आज सार्वजनिक गरिँदै छ । यसअघि
More

सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा कडा

काठमाडौं–देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ । केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए । मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ । उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो । महानगरीय सुरक्षा गण सिंहदरबारका एक प्रहरी अधिकृतले भने– ‘अब सिंहदरबारभित्र २४ सै घण्टा सुरक्षा प्रदान गरिन्छ, मन्त्रीका स्वकीय सचिव कुटिएपछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा थप घुम्ती टोली परिचालन गरिएको छ ।’ सिंहदरबारभित्र बीस
More

टिकट काउन्टरमा ‘सुराकी प्रहरी’

काठमाडौं । ट्राफिक प्रहरीले दसैं तिहारलाई लक्षित गर्दै भीडभाड हुने क्षेत्र र यातायात कम्पनीका टिकट काउन्टरहरूको गोप्य निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ । उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी महाशाखाले भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरेको हो । यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरैवटा सिटको टिकट बेच्ने, तोकिएको मूल्यभन्दा बढी रकममा टिकट बिक्री गर्नेजस्ता गुनासाहरू प्रत्येक वर्ष आउने गरेकाले त्यस्ता घटना हुन नदिन सादा पोसाकका प्रहरी खटाइने र उनीहरुले भीडभाड हुने स्थल र काउन्टरमा भइरहेको गतिविधिबारे
More

लोकतान्त्रिक मूल्य मान्यताका लागि काङ्ग्रेस एक हुनुपर्छ : देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नेपाली काङ्ग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले पार्टी अनुशासित नभए लोकतन्त्र विरोधी शक्तिसँग लड्न नसकिने बताए। काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम शक्ति लोकतान्त्रिक मान्यताविपरीत जान सक्ने सङ्केत देखिएकाले दलका नेता कार्यकर्तामा एकता आवश्यक रहेको बताए । काङ्ग्रेसको नेतृत्वमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र बैंकिङलगायत क्षेत्रमा भएका उपलब्धि लिएर जनतामाझ जानुपर्ने उनको भनाइ थियो। काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले
More

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत – अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न
More

दुधे बालक च्यापेर परीक्षामा

प्यूठान – तीनमहिने दुधे बालक काखीमा च्यापेर रोल्पा नगरपालिका– ८ जंककोटकी मनिषा घर्ती र उनका श्रीमान् शनिबार शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुनुभएको छ । उनी तीन महिनाकी कान्छी छोरी, चार वर्षकी जेठी छोरी र श्रीमान् रुद्रवीर पुनसहित शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुन प्यूठान आएकी हुन् । मनिषा र रुद्रवीर नेपाल राष्ट्रिय आधारभूत विद्यालय रोल्पा जंकोटमा अध्यापन गराउँदै आएका छन् । मनिषाले प्राथमिक विद्यालय तह तृतीय श्रेणी स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोला केन्द्र तथा रुद्रवीरले माध्यमिक विद्यालय तह तृतीय श्रेणीमा महेन्द्र माध्यमिक विद्यालय खलङ्गा केन्द्रबाट परीक्षा दिएका छन् । उनीहरुसँगै परिवर्तन गाउँपालिका–३ वागमारा र रोल्पाका शिक्षिका सङ्गीता वली स्वर्गद्धारी बहुमुखी
More