Monthly Archives October 2018

उद्योग मन्त्री मातृका यादव हतियारसहित भारत प्रवेश

विराटनगर । बहालवाला मन्त्री सरकारको अनुमति बिना भारत प्रवेश गर्न मिल्छ कि मिल्दैन । कुटनीतिक मर्यादा विपरित नेपालका मन्त्रीले भारत प्रवेश गरे के हुन्छ । यस्तै प्रश्न उब्जिएको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको हकमा । बोल्नलाई सर्वाधिक छुट पाएका र बिभिन्न हर्कतका कारण चर्चामा आउने गरेका मन्त्री यादवले यस्तै व्यवहार देखाएका छन् बुधबार विराटनरमा । विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी आईसीपी निरीक्षण गर्ने क्रममा मन्त्री यादव भारत तर्फ प्रवेश गरेका हुन् । कुटनीतिक मर्यादा विपरित हतियारसहित भारततर्फ जोगबनीमा बनेको आईसीपी छिर्ने क्रममा उनले भारत छिर्न भिसा चाहिन्छ भन्दै गेट खोल्न लगाएका थिए । मोरङका प्रमुख
More

युएईद्वारा आममाफीको समयावधि एक महीना थप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि आज सकिँदै थियो । आबुधाबीस्थित नेपाली दूतावासले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न पुनःआग्रह गरेको छ । आममाफीको समयावधि थप भएसँगै आगामी मङ्सिर १५ गतेसम्म उक्त कार्यक्रमबाट लाभ लिन सकिने दूतावासले जनाएको छ । प्रवेशाज्ञाको अवधि सकिएर
More

छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा

लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताउनुभएको छ । सिरहाको मिर्चैयामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताउनुभयो । कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उहाँले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो । केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाउनुभयो । देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उहाँले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
More

आगन्तुक पुस्तिकामा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार कतारको राष्ट्रिय पुस्तकालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिरः दीपेन्द्र अधिकारी, कतार
More

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उहाँको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गर्नुभएको र सामान्य खाना थाल्नुभएको छ । प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा
More

नेपालको वन्यजन्तु संरक्षण सम्वन्धी प्रस्ताव वेलायती संसदमा दर्ता

लण्डन। लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्। लण्डनस्थित नेपाली दूतावास तथा ब्रिटेन नेपाल सोसाइटीद्वारा मंगलबार संयुक्त रुपमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै समारोहका प्रमुख अतिथि ब्रिटिश सांसद सर जोन मानले वन्यजन्तु संरक्षणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए। उनले यसै विषयमा छलफल गर्न ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा एक प्रस्ताव पेश गरिएको र त्यसबारे छिट्टै छलफल हुनेपनि बताए। यो सफलता कसरी संभव भयो, त्यो सन्देश लिएर तपाईंहरु संसारभरि जानोस्, ब्रिटेनलेपनि यसमा सघाउने छ, उनले भने। नेपाल विकास संमेलन ३ अन्तर्गत आगामी २०० वर्षमा नेपाल-ब्रिटेन संबन्ध’
More

जन्मका आधारमा अमेरिकी नागरिक हुने संवैधानिक व्यवस्था अन्त्य गर्ने ट्रम्पको भनाइ

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकता सम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा विचार गरिरहेको बताएका छन् । अमेरिकाको एउटा वेबसाइटसँगको अन्तवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने प्रावधान परिवर्तन गर्नेबारे आफूले विचार गरिरहेको बताएका हुन् । उनले १ सय ५० वर्षअघिको प्रावधान समयानुकूल नभएकाले आफू त्यस्तो प्रावधान अन्त्य गर्ने पक्षमा रहेकाले कंग्रेसको अनुमोदनविना नै कार्यकारी आदेशमार्फत् त्यस्तो कदम चाल्न सकिने स्पष्ट पारेका हुन् । संविधान संशोधन मार्फत सन् १८८६ देखि कायम रहेको जन्मसिद्ध नागरिकताको अधिकारसम्बन्धी प्रावधान उल्टाउन सक्ने अख्तियार राष्ट्रपतिसँग नरहेको अधिकांश विज्ञको भनाइ छ । राष्ट्रपति आफ्नो योजनाअनुसार अघि
More

अझै नागरिकता पाएनन् चेपाङले

मकवानपुर — उमेरले ७५ वर्ष पार गरिसकेकी छन् । अहिलेसम्म नागरिकता बनेको छैन । ७ छोराछोरीकी आमा र ३६ वटा नातिनातिनाका हजुरआमा बनिसकेकी कैलाश गाउँपालिका—७ डोकाटारकी मइतीमाया चेपाङ हालसम्म नागरिकताविहीन छिन् । नागरिकताको प्रमाणापत्र लिन उनले २ पटक हेटांैडा धाइन् तर कागजपत्र पुर्‍याउन नसकेपछि रित्तो हात फर्किन् । हेटौंडामा जाँदा पनि उनले कुखुरा बेचेर खर्चको जोहो गरेर गएकी थिइन् । तर नागरिकता पाउन भने सकिनन् । यो चार वर्षअघिको प्रयास हो । त्यसपछि उनले नागरिकता लिने कोसिस नै गरेकी छैनन् । Yamaha उनको मात्र होइन, श्रीमान्को पनि नागरिकता छैन । श्रीमान् पनि ७६ वर्ष भइसके । मइतीमाया दम्पती नागरिकताविहीन छन् । चारवटी छोरी विवाह गरेर गइसके । छोराहरू अलग बस्छन् । छोराछोरीले नागरिकता
More

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

लण्डन । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गनुभएको हो । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उहाँले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिटल व्यवसायको संयुक्त अधिराज्यमा तात्विक महत्व देखिन थालेको र उनीहरूले कर नतिरीकन आफ्ना गतिविधि चलाउने गरेकोमा अब उनीहरूलाई करको दायरामा ल्याइनुपर्ने बताउनुभयो । डिजिटल सेवा कर स्थापित तथा ठूला प्राबिधिक कम्पनीलाई लक्षित गरिएको र यो भर्खर बामे सर्दै गरेका डिजिटल कम्पनीको हकमा भने
More

प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।’ अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिवायोटिकको कोर्ष एक-दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी
More

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा
More

राजु मास्टरको घरमा रामप्रसाद खनालको भैलो टिम

काठमाण्डौ – कुनै बेला दोहोरीमा निकै नै जमेका कलाकार रामप्रसाद खनाल अमेरिकाबाट नेपाल फर्केका छन् । उनी नेपाल फर्केलगत्तै हाँस्य टेलिसिरियल मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । मेरी बास्सैको तिहार विशेष भागमा खनाललगायत याम क्षेत्री , नवीन पौडेल ,सारङ्गी वादक कमल बि.क. जस्ता थुप्रै कलाकारहरुको टिम राजु मास्टरको घरमा भैलो खेल्न पुगेका हुन् । तिहारमा भैलो खेल्ने संस्कार हराएपछि कला संस्कृतिको जर्गेना गर्ने खालको श्रृङ्खला बनाएको मेरी बास्सै टिमले बतायो ।
More

भीरबाट लडेर दुई महिलाको मृत्यु

बझाङ – तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका–१ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मङ्गलबार मृत्यु भएको छ । घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
More

प्रस्ताव नमान्दा बृद्धको हत्या

सिमरा । बाराको कलैया उपमहानगरपालिका २३ का ६५ बर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । उनको शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । हत्याका मुख्य योजनाकार भएको अभियोगमा छिमेकी ४५ बषर्ीय वीरेन्द्र पटेल र साबिक अमृतगञ्ज गाबिस ९ का ५५ बर्षीय राम अयोध्या दास तत्मालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै हत्यामा सहयोगीको भूमिका खेलेका कलैया २३ का १९ बर्षीय विशाल पटेल र ६५ बर्षीय बैजनाथ राउत कुर्मी पनि पक्राउ परेका छन् । विशाल वीरेन्द्र पटेलका छोरा हुन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकोे बाराका
More

लागुऔषधसहित दुई जना पक्राउ

परासी – पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० क्याप्सुल, नाइट्रोभेट ४४७ ट्याबलेट र फेन्सिड्रिल एक सय मिलीलिटरको ५० थान फेला परेको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
More

अस्पतालबाट प्रमको सन्देश : आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ । उहाँले दङ्गा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भङ्ग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराउनुभएको छ । चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको
More

कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

कतार । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्रदान गरिने छ । कतारको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच सो विषयमा छलफल भएको छ । कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक
More

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उहाँलाई पक्राउ गरेको हो । आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण, उपवितरण केन्द्र बूढानीलकण्ठ काठमाडौँमा कार्यरत इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा रु २० हजार घुस मागेको आरोप आयोगको छ ।
More

सहमतिपत्र आदानप्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन मंगलबार नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानी सहमतिपत्र आदानप्रदान गर्दै । तस्वीरः दीपेन्द्र अधिकारी
More

अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा

काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घसँग आबद्ध कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि तीन दिनदेखि धर्ना दिँदै आएका छन् । विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै धर्ना दिएका हुन् । नयाँ संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिँदै आएका छन् । करार कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यदलले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट भएको निर्णय खारेज गर्न माग गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा अस्थायी, करार, ज्यालादारी
More