Daily Archives 2nd October 2018

बेल्जियम जनसम्पर्क समितिमा खैलावैला, सल्लाहकारले गरे राजिनामा

लण्डन । नेपाली जसम्पर्क समिति बेल्जियम फेरी विवादमा परेको छ । समितिमा सल्लाहकार बाबु राजा लामाले सभापति सिता सापकोटाको कार्यसैलीप्रति विभिन्न आरोप लगाएर राजिनामा गरे पछि विवाद चर्किएको हो । लामाले संस्था संचालन विधी र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको युरोपभ्रमणको क्रममा भएका गतिविधी प्रतिअसन्तुष्ट राख्दै मंगलवार राजिनामा गरेका हुन् । राजिनामाको पूर्णपाठ श्री सभापतिज्यु नेपाली जन सम्पर्क समिति बेल्जियम बिषय राजिनामा दिइएको बारेमा । युरोपको १७ १८ बर्ष लामो बसाईमा नेपाली कांग्रेससंग आबद्ध भईरहदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जन सम्पर्क समितिहरुमा बसेर काम पनि गरियो । यसरी काम गर्दै(गर्दा कति ठाउँमा प्रबाशको समितिमा रहेर आफ्नो तर्फबाट सक्दो सक्नेसम्म
More

नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको थियो । आयोजना प्रमुख खाँणले डिपिआरका लागि छनाट भएको कोरियाको
More

मौलिक गहना पहिरिंदै

थारु महिला समाज, काठमाडौ उपत्यका समितिको आयोजनामा गरेको जितिया पर्व मनाउने क्रममा आफ्नो मौलिक गहना मंटिका पहिरिंदै रेणु चौधरी । तस्वीर:  नारायण ढुंगाना
More

निजगढ विमानस्थल निर्माणमा सरकारी तदारुकता

काठमाडौं । पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत सतहमा आएका छन् । वातावरणपविद्ले लाखौँ रूख कटान हुने भनेर चिन्ता व्यक्त गरेका छन् भने विकासवादीले मुलुक समृद्धिका लागि यो आयोजना अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । आयोजना निर्माण प्रक्रिया अघि बढाउन वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच गम्भीर छलफल भइरहेको दुवै मन्त्रालयले जनाएका छन् । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गाना आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको जानकारी गराउँदै इआइए स्वीकृतिपछि तत्काल
More

हडतालले पठनपाठन प्रभावित

काठमाडौँ – नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र आज दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । शिक्षक र कर्मचारीको पटक–पटकको आन्दोलनले विद्यार्थीको पढाइमा प्रभाब परेको छ । सरकारले विद्यालय कर्मचारीको तलब रु दुई हजारदेखि एघार हजारसम्म तोकेकेर विद्यालय कर्मचारीको भविष्यमा खेलबाड गरिएको भन्दै रिले अनसन शुरु गरिएको युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले बताउनुभयो । युनियनले काठमाडौँमा यही असोज
More

ठूला होटलमा खपत हुन्छ मनाङका आलु

मनाङ । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन
More

वर्षाको जीवनमा तारा खसेछ

स्कटल्याण्ड । स्कटल्याण्डमा बस्दै आउनु भएका गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित नायिका वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई “तारा खसेछ, भनु कि नभनु हजुर माया बसेछ ” भनेर मायाको प्रस्त्ताब गरेका छन्। “डान्सिङ्ग नम्बर “को उक्त गीत पार्टी, बिबाह, भोजहरुमा चर्चित हुन थालेको छ। गायक घिमिरेको “तीनजुरे अल्बम”मा समावेश उक्त गीतमा गायक सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । उत्सब
More

प्रतिवदेन सार्वजनिक नगरेको भन्दै कञ्चनपुर बन्द

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै नेपाल विद्यार्थी संघ र स्थानीयवासीले स्वस्फुर्तरुपमा कञ्चनपुर वन्द गराएका छन् । २ महिना भन्दा वढि समय वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेकोले घटना झन रहस्यमय बन्दै गएको भन्दै नेपाल विद्यार्थी संघ र यहाँका स्थानीय ब्यापारी तथा यातायात क्षेत्र लगायतकाले कञ्चनपुर बन्द गरेका हुन् । स्थानीयवासीले तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको डिएनए टेस्टको नतिजा नेगेटिभ आएपछि सरकारले वास्तविक दोषीलाई बचाउने भरपुर कोशिस गरिरहेको आशंका गरेका छन् । उच्च स्तरीय छानविन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन
More

३३ किलो सुन तस्करी प्रकरण : थाई एरवेजले ७ कर्मचारी हटायो

काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछीएका थाई एयरवेजका ७ कर्मचारी निष्काशित भएका छन् । जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुने गरी अवकाश दिएको हो । अवकाश पाउनेमा हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिलराज पुरी छन् । मोरङ जिल्ला अदालतले अधिकांश प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले उच्च अदालत विराटनगरमा निवेदन दिएको भए पनि उक्त मुद्दामा केही दिनदेखि पेसी
More

मसल मोडेल प्रतियोगितामा परिक्षितलाई अस्ट्रेलियामा दुई स्वर्ण

बालाराट । अस्ट्रेलियाको भिक्टोरिया राज्यको तेश्रो ठूलो शहर बालाराटमा जर्जिया हल्टनमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । संभवत मेलबर्नमा बस्ने नेपालीद्धारा यस किसिमको प्रतियोगितामा यसरी स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले म्यान्स फिटनेस नोभाइस र म्यान्स फिटनेस ओपन दुई क्याटागोरीका लागि स्वर्ण पदक प्राप्त गरेका हुन । प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भएता पनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो । यो प्रतियोगिताको तयारीको लागि श्रेष्ठले बिगत दुई महिनादेखि अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोष कुमार श्रेष्ठको परामर्श अनुरुप तयारी गर्दै आएका थिए ।
More