Daily Archives 3rd October 2018

विधान संशोधन मस्यौदाका सुझावमाथि छलफल शुरु

काठमाडौं । नेपाली काङ्ग्रेसले सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाउपरका राय सुझावमाथि बिहीबारदेखि छलफल प्रारम्भ गर्दैछ । विधान संशोधन मस्यौदा समितिको आज बसको बैठकले सो निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो । विधान संशोधन मस्यौदामाथि राय सुझाव लिन सम्बन्धित प्रदेशमा खटिनुभएका विधान संशोधन मस्यौदा समितिका सदस्यबाट तयार गरेको आआफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको छ । समितिका संयोजक एवं काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त प्रतिवेदनउपर छलफल प्रारम्भ गर्ने निर्णय गरेको हो । काङ्गे्रसले यही असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्र्रिया कार्यक्रम गरी विधान संशोधनका लागि सुझाव तथा राय सङ्कलन
More

वाइड बडी विमान खरिदमा अख्तियारले गर्यो छानबिन शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न जसलाई पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारवाही दायरामा ल्याउन आयोग प्रतिवद्ध रहेको बताएका हुन्। बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धि भ्रष्टाचारको मुद्दामा आयोगले गम्भिर अनुसन्धान गरिरहेको पनि स्पष्ट पारे। उनले वाइड बडी विमान खरिदका सम्बन्धमा आयोगले छानविन सुरु गरेको पनि समितिलाई जानकारी गराएका थिए। प्रमुख आयुक्त घिमिरेले संविधानको दायराभित्र रहेर भ्रष्टाचारको छानविन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए। आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई
More

डा. भण्डारी सम्मानित

विश्व मुटुरोग दिवसको अवसरमा बुधबार भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा शहिद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ डा. राजिवराज भण्डारीलाई सम्मान गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव । तस्वीर : रमेश गिरी
More

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै रु ३० हजार घुस लिएको अभियोग लागेको छ । आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ
More

प्रधानमन्त्री ओली बिहीबार नेपाल फर्किने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्क पुगेका छन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली सान होजे गएका थिए । उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका, प्रतिनिधिमण्डलमा रहेका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । प्रधानमन्त्री ओली बिहीबार कतार हुँदै काठमाडौँतर्फ आउने कार्यक्रम रहेको
More

तीन प्रहरी अधिकृतको निलम्बन फुकुवा

काठमाडौं । सुन तस्करी र सनम हत्यामा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी सहित तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । प्रतिवादी एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन गृहमन्त्रालयले फुकुवा गरेको हो । उनीहरु तीनै जना विरुद्ध ३८ क्विन्टल सुन तस्करी र सनम हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दाको सुनुवाई बाँकी रहेको छ । निलम्वन फुकुवासँगै उनीहरुलाई काममा फर्किने बाटो खुला भएको छ । केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले लोहनी, खनाल र केसीको नलिम्बन फुकुवा सम्बन्धी पत्र गृहमन्त्रालयलाई पठाएको थियो । गृहसचिव प्रेमकुमार राईले निलम्बन फुकुवाको निर्णय गर्नुभएको गृह स्रोतले जनाएको छ । तीनैजना
More

थामिएन शेयर बजार, दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत आज घटेको छ । कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद
More

सभापतिलाई धेरै अधिकार गलत : डा कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै उहाँले यो गलत हो भन्नुभयो । “पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” । जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति
More

पाँच किलो सुन बरामद

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ । परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “प्रतिकिलोग्राम रु ५० हजार
More

गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष हिक्मत थापाको ‘चिबोकका केटीहरु’

गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष हिक्मत थापा कबिता संग्रह लिएर आएका छन्। नाइजेरियाको डेङ्गोटे कम्पनीका गु्रप जनरल म्यानेजर थापाको कविता संग्रह चिबोकका केटीहरु आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्बजनिक गरिदैछ। नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन् २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले छात्रामाथि लेखिएको हो। कविता संग्रहमा चालिसको दशकदेखि लेखिएका प्रतिनिधिमूलक थापाका अटाएका छन्। कवितामा रास्ट्रप्रेम, प्रबासी पीडा र कबिको सौन्दर्य चेतले भरिपुर्ण छन्। कविता संग्रह सांग्रिला प्रकाशनले निकालेको हो।
More