Daily Archives 5th October 2018

नृत्य प्रस्तुत गर्दै

लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा शुक्रबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै । तस्बिर: कृष्ण न्यौपाने
More

लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः कानूनको फन्दामा

कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो । गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो । नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहनुभएका ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गर्नुभयो । सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो । जसका कारण आफैँले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियोे । शेयर कारोवार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र सकिएनन्
More

कक्षा ३ मा ३ विद्यार्थी !

पाल्पा । रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् । विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन् । कक्षा १ मा पाँच र कक्षा २ मा चार र कक्षा ३ मा तीन बालबालिकाले विद्यालयमा अध्ययन गर्दै आएको प्रधानाध्यापक कमल भुसालले जानकारी दिनुभयो । कम विद्यार्थीमा पठनपाठन गर्दा सहज रुपमा गृहकार्य र सिकाइ तथा बुझाइ प्रभावकारी हुने
More

अभिभावकत्व ग्रह्रण गर्दै समाज

बागलुङ नगरपालिका–५ बान्द्रे स्थित कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गर्दे मालिका सेवा समाज बागलुङ । तस्वीर : सुवास गौतम, बागलुङ
More

काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री डा कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै र«ाष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताउनुभएको छ । उहाँले विपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माँया गर्ने स्वभावको भएकोले विगतमा काङ्ग्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनु पर्छ भन्नुभयो । प्रदेश नं १ काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा
More

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ यो स्थितिमा पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमयदर अनुसार एक डलरको खरिद दर ११७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रुपैयाँ शुन्य ३ पैसा रहेको छ । यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो । डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा देखिएको हो । भारुसँग नेरुको विनिमय दर भने स्थिर छ । १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ । भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ ।
More

नेकपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आउँदो असोज २१ गते आइतबार बस्ने भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको छलफलपछि नेकपाको सचिवालय बैठक बोलाउने निर्णय गरेको हो । प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरुबीच दुई घण्टासम्म पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो । छलफलपछि असोज २१ गते सचिवालय बैठक बस्न लागेको महासचिव विष्णु पौडेलले जानकारी दिए । १२ दिने अमेरिका भ्रमणपछि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री र पत्नी सीताको उपचार गरेर बुधबार सिंगापुरबाट फर्किएका दुई जना अध्यक्षबीच पार्टीभित्र बढेको असन्तुष्टिको बिषयमा छलफल भएको
More

पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट ‘लाइन लेभल’ तथा उचाइको सम्बन्धमा देखिएको गम्भीर लापर्वाही स्वीकार गरी गुपचुपरुपमा कार्य गरेको देखिएकाले उक्त कार्यमा संलग्न निर्माण व्यवसायीदेखि सम्पूर्ण कर्मचारीको मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सन प्रालिको तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरुद्ध रु १९ करोड ३२ लाख २५ हजार ६९५
More

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको १० किमी र फन रनको तयारी पूरा

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटीले हरेक वर्ष आयोजना गर्दै आएको १० किमी रन र २ किमी फन रन लाई यसपटक पनि निरन्तरता दिइने भएको छ । रश्मोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २ किलोमिटरको फन रन सञ्चालन हुंदैछन् । यहि अक्टोबर महिनाको १४ तारिखका दिन बिहान १० बजे दौड सुरु हुनेछ । यो दौडका लागि सम्पुर्ण तयारी पूरा भइसकेको जानकारी ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासेले जानकारी दिए । यसपटक १० किमीतर्फ ११ सय तथा २ किमीतर्फ ३ देखि ५ सय जनासम्मले सहभागिता जनाउंदैछन् । १० के तर्फ हालसम्म ९ सय ६८
More

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

लिस्बन– दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ। जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो। पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो। समाजले सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत संकलीत एक लाख २३ हजार एक सय रुपैयां नगद पीडित चालिसेको बैंक खातामा पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिए। आफ्नो जीवन रक्षाका लागि सहयोगको याचना गरेका चालिसेको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले रकम संकलन गरि पठाइएको सापकोटाले
More