Daily Archives 6th October 2018

लिम्बुलाई ६ महिना सदस्यबाट निश्कासन गर्ने पत्रकार महासंघ यूकेको निर्णय

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले सदस्य खुशी लिम्बुलाई ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालका अनुसार महासचिव सञ्जय कंडेलमाथि हातपात गरेको विषयलाई लिएर उनलाई निस्कासन गरिएको हो । लिम्बुले आफुलाई निस्कासन गरेको हल्ला सुने पनि अनौपचारिक रुपमा जानकारी नआएको बताए । उनले निस्कासन गरिएको होभने दुखद र अन्याय पूर्ण भएको भन्दै फोनिज र प्रेस युनियनसंग छलफल गरेर अगाडी बढ्ने जानकारी दिए । लिम्बु गैरआवसीय नेपाली संघ (एनआरएन) युकेको पुर्व प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिब समेत हुन् । शनिबार, लण्डनस्थित इलिङ्गमा अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा बसेको
More

एनआरएन यूएईद्धारा सुपरमार्केट खोल्ने निर्णय

मध्य पूर्वका विभिन्न एनसिसीमध्ये सबैभन्दा सक्रिय रहँदै आएको एनआरएन युएईले आगामी नोभेम्बर २३ तारिखका दिन आफनो वार्षिक उत्सव गर्ने निर्णय गरेको छ । एनआरएन यूएईको १० औ कार्यसमिति बैठकले वार्षिक उत्सवको मिति तय गरेको हो । त्यस्तै, एनआरएन यूएईले नियमित कार्यसमिति बैठक यूएईका ७ ओटै प्रत्नमा गर्ने निर्णयअनुसार १० औ बैठक फुजेरामा सम्पन्न भएको थियो । बैठकले भावी योजना सहित विविध निर्णयसमेत गरेको छ । बैठकले एनआरएन यूएईले सुपरमार्केट खोल्ने निर्णय गरेको छ । जसको जिम्मेवारी निमित्त उपाध्यक्ष नेत्र शर्मालार्ई दिइएको छ । सुपरमोर्केट जनवरीको अन्तिमसम्ममा सञ्चालनमा ल्याइने भएको हो । पहिलो मार्केट दुवईमा खोल्ने र विस्तारै अन्य प्रान्तमा लग्ने
More

‘सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउ’

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल मानव अधिकार संगठनले निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउन माग गरेको छ । घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र उनकी दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो । संगठनले उनीहरुमाथि ठोस र प्रभावकारी अनुसन्धान नभएको, घटनाको प्रमाणहरु नष्ट गरिएको, निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष सुनाएको छ । त्यस्तै, पन्तको
More

काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्छ : नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस भानु नगर समितिले दशैँ, तिहार, छठ, नेपाल संवत्का अवसरमा आज भानु नगरपालिका–१ मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेसभित्र भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काङ्ग्रेसभन्दा कर्मशील काङ्ग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काङ्ग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । “कम्युनिष्ट बिग्रेर काङ्ग्रेस बलियो हुने होइन”, उहाँले भन्नुभयो, “आफँैभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ ।” नेता पौडेलले काङ्ग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता
More

११ दिने शिशुको हत्या गरेको आरोपमा रश्मी पक्राउ

पोखरा । सिरानचोक गाउँपालिका–२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले ११ दिने शिशुको हत्या गरेको आरोपमा पक्राउ गर्यो । गत भर्दौ ८ गते उनले आफ्नै ११ दिने बच्चालाई बारीमा मारेर गाडेकी थिईन् । थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको छोरी टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई
More

शंखमूल पार्कको सरसफाइमा एनआरएन अध्यक्ष भट्ट

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क निर्माण हस्तान्तरण हुन ३ दिन अगाडि सरसफाइ गरिएको छ । पार्क वरिपर फोहोरको डंगुर देखिएपछि सरसफाइमा अध्यक्ष भवन भट्ट आफै खटिएका थिए । हस्तान्तरण गर्नै लाजमर्दो अवस्था भएपछि अध्यक्ष भट्टले आज शनिबार सरसफाइका लागि काठमाडौंमा रहेका एनआरएनलाई आह्वान गरेका थिए । अध्यक्ष भट्टले सरसफाइपछि सामाजिक सञ्जालमा लेखेका छन्–  ‘आगामी अक्टोबर ११ ‘एनआरएन डे’ मा हस्तान्तरण गरिने शंखमूल पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ। ठूलो संख्यामा उपस्थित स्वयंसेवक एवं बिभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपाली साथीहरुद्वारा आज पार्कको सरसफाई सम्पन्न भएको छ।’ करिब १ करोड २५ लाख रुपैयाँको लागतमा १
More

माइक्रो बस र ट्रक ठोक्किँदा छ जनाको मृत्यु, १२ जना घाइते

बाँके । बाँकेमा माइक्रो बस र ट्रक आपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको ठुटे जंगलमा आपसमा ठोक्किँदा माइक्रो बसमा सवार छ जनाको मृत्यु भएको हो । चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा
More

धनगढीमा आत्मरक्षासम्बन्धी प्रशिक्षण

कैलालीको धनगढी रंगशालामा महिला तथा बालबालिलाई हिंसाबाट जोगिन आत्मरक्षासम्बन्धी प्रशिक्षण दिँदै प्रशिक्षक । तस्वीर: मीन ठकुरी
More

समस्या निराकरण गरेर चाँडै एकता : महासचिव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराउनुभयो । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उहाँको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर्नुभयो । उहाँले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताउनुभयो । “ राजनीतिक,
More

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

काठमाडौं । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गर्नुभयो । भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ
More