Daily Archives 7th October 2018

बेलायत कांग्रेसमा १२ जना सल्लाहकार

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले १२ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । सल्लाहकार नियुक्त हुनेमा लोक गुरुङ, डा.  सम्पुर्णानन्द ढुंगाना, विश्व आदर्श पण्डित, शिबजी श्रेष्ठ, योगेन क्षेत्री, शेर सुनार, बिनोद मोक्तान, डा। पुरुषोत्तम पौडेल, नर कुमारी लिम्बु, बेद लावती, चिरञ्जीबी ढकाल, केश गुरुङ छन् । लण्डनस्थित साउथह्यारोमा सभापति युवराज गुरुङको अध्यक्षतमा बसेको बैठकले विभागहरुको समेत गठन गरेको छ । जसमा अनुशासन बिभागमा बिज्ञान प्रसाईं, संगठन विभागमा महेश कुमार दाहाल, महिला बिभाग कोपिला सुब्बा, पेशागत संघसंस्था समन्वय बिभागमा डा मीन रानाभाट, भूतपूर्व सैनिक बिभाग तर्कजंग गुरुङ, युवा, बिद्यार्थी तथा अतिरिक्त बिभागमा आलेख चौहान, कार्यक्रम तथा संयोजन बिभागमा सुरज केसी, आर्थिक
More

पुस्तक विमोचन

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित ‘अवतरण’ नामक पुस्तक आइतबार काठमाडौँमा विमोचन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: रत्न श्रेष्ठ
More

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ : महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उहाँले भन्नुभयो । महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ भन्नुभयो । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उहाँले भन्नुभयो । महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई
More

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३ लाख ३७ हजार २६ कित्ता शेयर रु ४० करोड ७३ लाख पाँच हजार ४८१ मूल्यमा खरिद बिक्री भएको हो । स्टककाअनुसार कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयरको मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहका शेयरको मूल्य घटेको छ
More

दुबै अध्यक्ष व्यस्त भएपछि नेकपाको सचिवालय बैठक भोली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता देखाउँदै भोलि बिहानलाई सारिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा ४ बजेका लागि बैठक तोकिएको थियो। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अध्यक्ष दाहालको कार्यव्यस्तताका कारण नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक भोलि बिहान ८ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बिहीबार बिहान बालुवाटरामा उक्त बैठक बस्ने गरि सरेका हो। असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको थियो। सो बैठकमा माधव नेपाल अनुपस्थित थिए। आफू अफ्रिका रहेका बेला महत्त्वपूर्ण निर्णय
More

तीन सहयोगीसहित डा राउत पक्राउ

गौर । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ । अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।
More

मेरी बास्सैमा मुन्द्रेको प्रवेश

काठमाण्डौ –अहिलेको सर्वाधिक रुचाइएको टेलिचलचित्र मेरी बास्सैमा जीतु नेपाल (मुन्द्रे)को प्रवेश भएको छ । असोज २४ (घटस्थापनाको दिन ) देशभर प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ३ को प्रमोसनको लागि जितु नेपाल (मुन्द्रे ) मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । अभिनयमा मुन्द्रे ‘छक्का पञ्जा ३ ,घटस्थापनाको दिन’ भन्ने नारासहित पुगेका छन् । मेरी बास्सैमा जीतु छक्का पञ्जाको नायककै रुपमा प्रवेश गरेका छन् । राजु मास्टर तथा बल्छी ध्रुवेद्वारा निर्देशित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ अहिले ट्रेन्डिङ नं. २ मा रहेको छ ।
More

एनआरएनएद्वारा डन्डीबियो खेल आयोजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलो पटक आयोजना गरेको प्रेसिडेन्शियल अवार्ड २०१८ अन्तर्गत आयोजित अन्तर कलेज स्तरीय डन्डीबियो प्रतियोगिता राजधानीमा सुरु भएको छ । खेलको संघका अध्यक्ष भवन भट्ट तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आइतबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले प्रतियोगिता मार्फत नेपालमा डन्डीबियो खेलको प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो । उद्घाटन समारोहको अध्यक्षता गर्दै संघका अध्यक्ष भवन भट्टले परिषदको निर्णय स्वागत योग्य रहेको भन्दै संघको टोली आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने र नेपाली खेलकुदको विकासमा गैरआवासीय नेपाली आफ्नो
More

११ प्रहरी अधिकृत डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी बरिष्ठ उपरिक्षक ‘एसएसपी’को प्रहरी नायव महानिरिक्षक ‘डिआइजी’ बढुवामा सिफारिस भएको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल छन । त्यस्तै शैलश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय पनि बढुवामा सिफारिस भएका छन् ।
More

‘यस्तो छ एनआरएन डे को कार्यक्रम’

लन्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोबर ११ ‘एनआरएन डे’ मनाउने तयारी गरेको छ । संघले एक साता लामो कार्यक्रमको तालिका आइतवार सार्वजनिक गरेको छ । तालिका अनुसार शंखमूल पार्क निर्माण हस्तान्तरण, सचिवालय नयाँ भवनमा सर्ने, विज्ञ सम्मेलन, बिधान अधिबेसन लगाएतको समय र स्थान सार्वजनिक गरीएको हो । यस्तो छ एनआरएन डे को कार्यक्रम Download Programmer
More

दशैंका लागि आजबाट सुकिला नोट साट्न सुरु, कहाँ-कहाँबाट पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजवाट सुकिला नोट साट्न शुरु गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र एक सय दरका सुकिला नोटको सटही खुल्ला गर्न लागेको हो । एकजना ब्यक्तिलाई २७ हजारका दरले सुकिला नोट सटही सुविधा उपलब्ध गराईएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न एक्काइस स्थानवाट सुकिला नोट सटहीको ब्यवस्था मिलाइएको छ । सुकिला नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर जिल्लामा पनि सुकिला नोट साट्न पाइने छ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि सुकिला नोट
More

कपडा र पटाका बरामद

गौशाला – भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट नेपाल ल्याइएका रु २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो । उहाँले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र त्यसैगरी विभिन्न ब्राण्डका बम र पटाका बरामद गरिएको बताउनुभयो । बरामद कपडा आवश्यक कारवाहीका
More

आफ्नै ज्वाइँले श्रीमती जेठानकी श्रीमती भगाए

काठमाडौं। भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे प्ष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् । हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् । नेपाल समाचारपत्र दैनिक
More

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो । कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रातको समयमा तीव्र गतिमा गुडेको ट्याक्टरको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका भित्री सडकमा १८ वर्षभन्दा मुनिका व्यक्तिले ट्याक्टर चलाउने गर्दछन् ।
More

एक भारतीयसहित तीन जना पक्राउ

धनुषा – नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
More

सर्वनाम थिएटरमा पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी

काठमाण्डौ – शनिबार भव्य समारोहका बीच ‘बुझ्नै सकिन आज तिमीलाई ’कविताको चलदृश्य प्रदर्शनी भएको छ । विकास थापाद्वारा लिखित ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एक कविता हो –बुझ्नै सकिनँ आज तिमीलाई । बुझ्नै सकिन आज तिमीलाईको निर्देशन हेम प्रभासले गरेका हुन् भने स्वर पनि प्रभासकै रहेको छ । सर्वनाम थिएटरमा कवि विकास थापाकी ममतामयी माता धनकुमारी थापाको अध्यक्ष्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । पुष्पल खड्का र वर्षा शिवाकोटीको अभिनय रहेको यस भिडियो नेपालमै पहिलो कविता सिनेमाटिक भिडियो रहेको दाबी गरिएको छ ।प्रकाशित ओकलेर आगो शीर्षक कविताकृतिमाथि युवा कविद्वय प्रभाती किरण र बलराम दाहालले समीक्षा गरेका थिए ।कवि विकास थापाद्वारा लिखित
More