Daily Archives 8th October 2018

‘खरेलले मेरो चरित्र हत्या गर्न खोजे’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ । आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका उहाँले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताउनुभयो । “खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर रु २० लाख प्रस्ताव गरे । २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही
More

नारायणगढ–मुग्लिन सडक यस वर्ष सहज हुने

चितवन । विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् । सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ । सडकका १८ ठाउँमा ५.५ मिटरदेखि छ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भाँसिएको छ । ती ठाउँमा सडक
More

कपडा किन्दै सर्वसाधारण

दसैँ नजिकिँदै गर्दा काठमाडौँको न्यूरोडमा सोमबार कपडा किन्दै सर्वसाधारण । तस्वीर: रोशन सापकोटा
More

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को आज लोकार्पण गर्दै उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ ।” नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उहाँले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने
More

जुवा अखडाको घटना रहस्यमय, शव बुझ्न मानेनन् परिवारले

काठमाडौं । नेपाल प्रहरीमा रहेका लाइन अधिकृतहरु नै लापरबाही र भ्रष्टाचारमा लिप्त हुन थालेपछि प्रहरी संगठनको अवस्था के होला ? एक पछि अर्को गर्दै संगठनमा कालो धब्बा लाग्दै गयो भने संसारमै कहलिएको संगठनको साख कतिन्जेल टिक्ला ? यस्तै यस्तै चिन्तामा छन् नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल । लामो समयदेखि विवादमा रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख (डीएसपी) श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेको कुराले चिन्तित खनालले गत शनिबार मातहतका अधिकृतहरुलाई सचेत रहन कडा निर्देशन दिएका छन् । कार्यालयमै सेवाग्राहीसँग डेढ लाख घुस रकम लिएपछि बौद्धका डीएसपी राईलाई अख्तियार टोलीले साँझ साढे ८ बजे घुस रकमसहित
More

तीन प्रहरी वृत्तको डीएसपी परिवर्तन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त बौद्धमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको छ । बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि वृत्तको नेतृत्व रिक्त रहेको थियो । त्यसैगरी थानकोटमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ । थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाने भएपछि थापालाई त्यहाँ पठाईएको हो भने सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धनन विभागमा सरुवा भएपछि उक्त स्थानमा मिश्रलाई पठाईएको हो । चन्दको बौद्ध सरुवापछि यसअघि उनी कार्यरत
More

सरकार सुरक्षा कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न, मुल्यबृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ । आइतबारको बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै कांग्रेसले आम नागरिकको मुख्य चासो बनेको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल बनेको तथा सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने जनताको अपेक्षालाई सरकारले पुरा गर्न नसकेको ठहर गरेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगीसक्दा पनि कारवाहीको दायरामा नल्याउनु दुःखद भन्दै यसले वर्तमान सरकार विषयको गम्भीर्यताप्रति असंवेदनशील र असक्षम प्रमाणित भएको उल्लेख गरेको छ । ‘चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा अचाक्ली वृद्धि हुँदा सर्वहाराका
More

ओखरपौवाका बासिन्दालाई महानगरको एम्बुलेन्स

नुवाकोट । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे । फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै आएको कठिनाइ समाधानका लागि उक्त एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरू आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने प्रमुख शाक्यले बताए । कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागि भनेर फोहर फाल्न थालिएको सिसडोलमा निरन्तर १३ वर्षसम्म फालिदै आएकाले पूर्वाधार सुधार एवं विकल्पमा पहिचान गरिएको स्थान
More

नेकपाको बुर्जुवा यात्रा

कम्युनिस्ट आन्दोलनको लामो टुटफुटपछि मूलधारका दुई प्रमुख पार्टीहरूले एकताको उद्घोष गरेको एक वर्ष भयो । शुरूआती चरणमा यसले एउटा तरङ्ग नै ल्यायो र नेपाली राजनीतिमा एउटा नयाँ आशा पलायो । कम्युनिस्ट नेताहरूले बाँडेका सपना, राजनीतिक स्थायित्वको आधार, कम्युनिस्ट कार्यकर्ताहरूको एकताप्रतिको लगाव र परिवर्तन चाहने जनताको मतले झण्डै दुईतिहाइ जनमत ल्याएको नेकपाको सरकार गठन हुनु नेपाली कम्युनिस्ट आन्दोलनको धेरै ठूलो उपलब्धि हो र इतिहासकै सुनौलो अवसर पनि । सिङ्गो नेकपाको गठन र दुईतिहाइप्राप्त सरकार निर्माण हुनु पक्कै पनि ऐतिहासिक उपलब्धिहरू हुन् तर यी दुई प्रक्रियामा मात्रै अल्झिनुले नेपालको कम्युनिस्ट आन्दोलनको गुणात्मक भन्दा गणनात्मक परिवर्तनको संकेत गर्दछ । गणनात्मक परिवर्तनको मुख्य प्रक्रिया
More

निर्मला हत्या प्रकरण : लुगा पखाल्ने महिलासहित दुई प्रहरी निलम्वित

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । पछिल्लो पटक दुई जनाको निलम्बनसँगै यो प्रकरणमा निलम्बनमा पर्ने प्रहरीको संख्या आठ पुगेको छ । गृह मन्त्रालयले निर्मलाको बलात्कारपछिको हत्या घटनालाई लिएर बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै सोमबार प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको हो । प्रहरी जवान चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार सई धामी र जवान चाँदनीको व्यहार शंकास्पद देखिएकाले निलम्बन गरिएको हो । यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र
More