Daily Archives 9th October 2018

भेटवार्ता

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौंला (खरेल) र सदस्यहरुसँग क्यानाडाली संसदका सदस्य ब्राड ट्रोष्ट नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्दै । तस्बिर, सौजन्यः संसद सचिवालय
More

बधुबार घटस्थापना, जमरा राख्ने साइत विहान ७:१५ बजे

काठमाडौं नेपालीहरूको महान चाड बडादशैं भोली बधुबार घटस्थापना, जमरा राख्ने विहान ७:१५ बजे साइतबाट शुरु हुँदैछ । भोली बधुबार घटस्थापना, जमरा राख्ने विहान ७:१५ बजे साइतघटस्थापनाबाट बडादशैं शुरु भएको मानिन्छ । भोलि असोज २४ गते नवरात्र मेला सुरु भई बिहान ७:१५ बजे घटस्थापनाको साइत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसै गरी बडादशैं कात्तिक २ गते परेको र टीकाको शुभ साइत ९:५१ बजे मानिएको छ। २८ गते पचली भैरव यात्रा, ३० गते फूलपाती, सोही दिन बिहान ९:२१ बजे तुलजा यात्रा र ३१ गते महाअष्टमी र कात्तिक १ गते महानवमी रहेको छ। कात्तिक ६ गते जमरा सेलाउने र ७ गते
More

पद त्यागको पत्र पार्टीमा बुझाइ सकें : रामवीर मानन्धर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले पदत्यागका लागि तयार भएको पत्र पार्टीमा बुझाएको स्पस्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले आफूले सांसद पदत्याग गर्न तयार रहेको पत्र सोमबार पार्टी नेतृत्वलाई बुझाएको जानकारी दिएका हुन् । पार्टीले निर्णय गरेपछि सांसद पदको राजीनामा संसद सचिवालयमा बुझाउने पनि उनले बताए । उक्त क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने रणनीतिअन्तर्गत् आफूले राजीनामा दिन चाहेको पनि मानन्धरले बताए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मानन्धर तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
More

नेकपाको चियापन कात्तिक १० गते भृकुटीमण्डपमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ । पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसङ्गठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । विगतमा तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले अलग अलगरुपमा चाडपर्वका अवसरमा चियापनको आयोजना गर्दै आएकामा गत जेठ ३
More

कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ: मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भन्नुभयो ।
More

काठमाडौंमै घर फोडेर ५९ तोला सुनका गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको छ । सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ । यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट ओमबहाल जाँदै गरेका सञ्जय मानन्धरले लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी
More

शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा
More

कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ ।टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले पोस्टपार्टम का लागि पाटन अस्पताल लगिएको छ । रामकेशर बोगटीको असमायीक निधन हुँदा सम्पूर्ण फिल्म क्षेत्र शोकमा डुबेको छ । स्वर्गिय रामकेशर बोगटीप्रति हार्दिक श्रद्धा सुमन !
More

ताक्लाकोटमा विद्यार्थी, शिक्षक, अभिभावक

पहिलो पटक नेपाललाई औपचारिकरुपमा कार्यालय, निजी क्षेत्र र विद्यार्थीको टोलीलाई औपचारिकरुपमा निमन्त्रणा गरेको चीनले संघीय संरचना अनुसार तिनै तहको राजनीतिक नेतृत्व पाएको नेपालसँग विकास र अन्य अनुभव आदानप्रदनमा र शैक्षिकको लागि ताक्लाकोटमा पुगेका विद्यार्थी, शिक्षक, अभिभावक सहभागीहरु । तस्बिर: दाने बोहरा, सिमिकोट (हुम्ला)
More

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या करिब दुई हजार

जाकार्ता – इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ। अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्प र सुनामीमा परी अझै पनि पाँच हजार जना बेपत्ता नै रहेको जनाएका छन् । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत सेप्टेम्बर २८का दिन शक्तिशाली भूकम्प र सुनामी आएको थियो । बेपत्ता हुनेहरूको सङ्ख्या ठूलो रहेको र खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्ने अधिकारीहरूले बताएका छन् । घटनामा परी अरु हजारौँ घाइते भएका छन् भने ठूलो मात्रामा भौतिक क्षति भएको छ
More

मलाई कसैले पनि टेरेनन् : प्रधानमन्त्री

काठमाडौं । राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन् । देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ ।’ राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए । प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो।
More

पूर्वराजा ज्ञानेन्द्र सपरिवार भारत भ्रमणमा

काठमाडौं । थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता हुनेछन्। पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ । राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत
More

नेपालको लगातार चौथो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले जित हात पारेको हो । समूह ‘बी’ बाट खेलेको नेपालको यो लगातार चौथो जित हो । भुटानलार्इ सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट तथा बसन्त रेग्मीले २ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १-१ विकेट लिए । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमै सबै विकेट गुमाएर ३३ रनमै अलआउट भएको हो । भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी
More

माधव नेपालको लिखित असहमतिमाथि बुधबार छलफल हुने

काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपालले राखेको लिखित असहमतिमाथि नेकपाको पर्सी बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले एजेण्डा तय गर्दै नेता नेपालको असहमति–पत्रमाथि पर्सी बुधवार छलफल हुने जनाएको हो । प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाउनु भएको छ । पछिल्लो समय पार्टी र सरकारको काम कारबाहीबारे देखिएको विवादबारे छलफल गर्न भन्दै सोमबार बसेको बैठक नेताहरुको विदेश भ्रमण ‘ब्रिफिङ’मै सीमित भएको थियो । बैठकमा प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र कोस्टारिका, अर्का अध्यक्ष पुष्पकमल दाहालले भारत र
More

प्रहरीमा बढुवा : १५ एसएसपीमा ५० जनाको लविङ

काठमाडौं । तीन एआईजीको बढुवा तथा पदस्थापन भएसँगै नेपाल प्रहरीमा ११ डीआईजी र १५ एसएसपी पदका लागि बढुवा तयारी थालिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई एआईजीमा बढुवा गर्दै पदस्थापन गरेको छ । कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई प्रशासन तथा मानवस्रोत विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रतिष्ठानमा पदस्थापन गरिएको छ । एआईजीमा पदपूर्तिसँगै प्रहरीमा रिक्त ११ डीआईजीका लागि २९ जना एसएसपीको प्रतिस्पर्धा देखिन्छ । एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय, शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर
More

बौद्ध, थानकोट र सातदोबाटोका प्रहरी प्रमूख फेरिए

काठमाडौं । पछिल्लो समय विवादमा आएको महानगरीय प्रहरी वृत्त बौद्ध, थानकोट र ललितपुरको सातदोबाटोका प्रहरी प्रमूख परिवर्तन गरिएको छ। गत शनिबार महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई घुष काण्डमा निलम्बित भएपछि आजदेखी उक्त स्थानमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। डीएसपी चन्द बौद्ध सरुवा भएपछि उनी कार्यरत महानगरीय प्रहरी परिसर ललितपुरमा अपिलराज बोहराको सरुवा भएको छ। त्यसैगरी थानकोट वृत्तमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ। डिसी नेपाल
More

गुण्डा नाइकेलाई थुनामुक्त गर्ने रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ। न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले सोमबार बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो। यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो। सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो। ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो। बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट
More

सोह्र हजार भेडाच्याङ्ग्रा खरिद

मुस्ताङ । दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्। भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन्। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ। सोमबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए। दशैँका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ।
More

पूर्वराजाका परिवार भारत जाँदै

काठमाडौं। थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ। उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता जनाउनुनेछन्। पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ। राहुलेश्वरानन्द महाराजले आयोजना गरेकाे महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन्। आयोजक
More