Daily Archives 11th October 2018

आइतबार ह्यारोमा दशैं शुभकामना साँझ

विदेशी भूमिमा पनि नेपाली राष्ट्रियता, कला तथा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले विजया दशमी २०७५ को अवसरमा यही आउँदो आइतबार १४ अक्टोबरका दिन बेलुका नेप्लीज ब्रिटिश कम्युनिटी युकेले दशैं शुभकामना साँझ आयोजना गर्न लागेको छ। ह्यारो फुटबल क्लबमा सो रमाइलो कार्यक्रम आयोजना हुने आयोजकले बताएका छन्। लन्डन कविता कन्सर्ट लगायतका विविध गतिविधि गर्दै आएको एनबिसी युकेले दशैंको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागेकेा संस्थाका अध्यक्ष मिलन घिमिरेले बताए। बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेकेा सो कार्यक्रममा नेपालका लोकप्रिय हास्य कलाकार शैलेन्द्र सिंखडाको विशेष प्रस्तुति हुनेछ। त्यस्तै स्थानीय कलाकारहरुले पनि रोचक नृत्य प्रस्तुत गर्नेछन्। सोही अवसरमा यो वर्ष
More

राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४-०७५ को वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै । तस्वीर: प्रदीपराज वन्त
More

‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको औँल्याउनुभयो । राष्ट्रका लागि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसदीय दलले सदनदेखि सडकसम्म प्रतिरोध गर्न नसक्दा काङ्ग्रेसले यो हविगत भोग्नुपरेको हो ।” नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका
More

नेप्सेमा वृद्धि कारोवार रकम घट्यो

काठमाडौ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । आज कूल दश उपसमूहको शेयर कारोवार भएकोमा
More

तीन महीनामा रु आठ अर्बको सवारीसाधन भित्रिए

वीरगञ्ज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिनुभयो । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट
More

सेनामाथिको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुँदैन : प्रधानसेनापति थापा

काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामाथिको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । प्रधानसेनापति भएपछि पहिलो पटक बिहिबार पत्रकार सम्मेलन गर्दै थापाले लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनै पनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने बताएका हुन् । उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए । नेपाली सेनाको आफ्नै इतिहास र गरिमा रहेको भन्दै प्रधानसेनापति थापाले संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न नेपाली सेना सदैव तयार रहेको बताए । प्रधानसेनापति थापाले केही समूहले विखण्डनका कुरा गरिरहेको भएपनि त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार नदिएको बताए । उनले सेनाभित्र हुने गरेका अनियमितता
More

हङकङमा स्याङ्जा भिरकोटे कलाकारलाई सम्मान

हङकङ । हङकङमा स्याङ्जा भिरकोटे कलाकारलाई विभिन्न संघसस्था तथा व्यक्तिहरुले सम्मान गरेका छन्। सन् २००८ मा स्याङ्जा जिल्लाको साबिक क्षेत्र नम्बर २ स्थित रामबाच्छाबाट हङकङ आई बसोबास गरिरहेका तमुहरुलाई समेट्दै स्थापना गरिएको समाज भिरकोट आठ्थर तमु समाज स्याङजा हङकङले १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेका अवसरमा भिरकोट आठथर साङ्गीतिक कार्यक्रम -२०१८ को आयोजना गरेको थियो। कार्यक्रममा नेपालबाट नव प्रतिभा तथा लोक भाका, लोक संस्कृतिलाई लोक गायन मार्फत प्रस्तुत गर्ने कलाकार चयन गरी हङकङ बोलाइएको थियो। यसै क्रममा नेत्र गुरुङ, किसु गुरुङ, शितला गुरुङले आ आफ्नो प्रस्तुती दिएका थिए। यसै क्रममा यी नव प्रतिभा तथा कलाकारलाई हङकङ
More

एनआरएन दिवस : पूँजी र सीप भित्र्याउनमा केन्द्रित

काठमाडौं । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो । आज गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरुपमा दिवस मनाउन लागिएको छ । सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का महासचिव डा बद्री केसी
More

‘एनआरएनएको कार्यकाल एक वर्ष थप्न कसरत’

लन्डन । गैरआवासीय नेपाली संघको २ वर्षे कार्यकाल बढाएर ३ वर्षे बनाउने विषयले संघभित्र औपचारिक रुपमा प्रवेश पाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा बुधबार बसेको संघको केन्द्रीय समितिमा कार्यकाल १ वर्ष थप्ने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष भवन भट्टलगायत अधिकांश पदाधिकारीले कार्यकाल लम्बाएर थप एक वर्ष पदमा आसिन हुने लालच देखाएका थिए । गैरआवासीय नेपाली संघको ऐनले संघको निर्वाचन हरेक दुई दुई बर्षमा हुने भनि किटान गरेपछि अध्यक्ष भवन भट्टको कार्यसमितिले कानुन विपरित संघको कार्यकाल ३ वर्षे बनाउन लागेको हो । नेपाल सरकारको गैरआवासीय नेपालीसम्बन्धी ऐनको धारा ९ दफा १३
More

आन्तरिक सुरक्षामा प्रहरीको भूमिका प्रशंसनीय : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको बताउनुभयो । उहाँले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका
More