Daily Archives 12th October 2018

एनआरएनको विधान संसोधन सहित पारित, बरिष्ठउपाध्यक्ष पद थपिएन

लण्डन। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को शुक्रवार काठमाण्डौंमा सम्पन्न विधान सभा संघको विद्यानलाई संसोधन सहित पारित गरेको छ । विधान समितिका संयोजक डा. हेमराज शर्माले प्रस्तुत गरेको विधानमाथि समूह विभाजन गरेर छलफल भएको थियो । तीन उपाध्यक्ष रहेकामा थपेर विषयगत रूपमा पाँच उपाध्यक्ष पु-याउने गरी संशोधन प्रस्ताव भने सभाले विफल पारेको छ । अब संघभित्र पुरानै संरचना अनुरुप निर्वाचन हुने भएको छ । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न प्रस्ताव गरिएको थियो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीनवर्षे बनाउने प्रस्तावलाई समेत हलले अनुमोदन नगरेको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण
More

लण्डन दूतावासमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम (फोटो फिचर)

लण्डन । नेपाली दूतावास लण्डनले शुक्रवार साँझ नेपाली दूतावास भवनको प्रांगणमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठपर्व तथा नेपाल संवतको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जहाँ बसे पनि आफ्नो संस्कृति पहिचानलाई कायम राख्दै अगाडि बढ्नु पर्ने बताए । उनले नेपालमा सांस्कृतिक, जातीय, भाषिक, भौगोलिक विविधता रहेको बताउँदै यी विविधताको बीचमा एकता नेपालमा रहेको बताए । उनले नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनको परिणाम संघीय संविधान भएको बताए । यादवले नयाँ सोचका साथ नयाँ यात्रा शुरु भएको बताउँदै अन्य मुलुकको प्रयोग हेरेर अगाडि
More

एनआरएनद्वारा अन्तर्राष्ट्रिय कबिता गोष्ठीको आयोजना

काठमाडौं । गैरआबासिय नेपाली संघ , भाषा साहित्य प्रबर्द्धन समिति द्वारा आयोजित अन्तर्राष्ट्रिय कबिता गोष्ठी भब्यताका सम्पन्न भयो । तुलसी दिवस , राम प्रसाद ज्ञवाली , अशेष मल्ल , शैलेन्द्र साकार , धिरेन्द्र प्रेमषि , रत्न शमशेर थापा , सन्ध्या पहाडी , प्रभा भट्टराई , बिमला तिम्खेवा र रमेश पौडेल लगाएत नेपालका चर्चित कवि हरुले रचना बाचन गरेको गोष्ठीमा एनआरएनएका अध्यक्ष भवन भट्टले हाइकु बाचन गरि गोष्ठी शुभारम्भ गरेका थिए भने प्रबाशी कबिहरु जानकी गुरुङ , हिक्मत थापा , युबराज गुरुङ्ग र भगवती बस्नेतले कबिता बाचन गरेका थिए । गोष्ठीमा एनआरएनएका पुर्ब अध्यक्ष जिबा लामिछानेले आफ्नो मन्तव्य राख्नु भएको थियो
More

‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएन सहयोगको अपरिहार्य’

काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए। देशमा राजनीतिक स्थिरता छाएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लगानिको पर्याप्त वातावरण बनिसकेकाले नेपालमा लगानी गर्न सम्पूर्ण क्षेत्रलाई आह्वान समेत गरे। ‘अहिलेको समय विकासको बारे बहस गर्दै बस्ने समय होइन, न त यो विकासकालागि अरुको भर पर्ने समय हो’ प्रधानमन्त्री ओलीले भने ‘पहिलेका गल्तिहरुमा एकअर्कालाई दोषारोपण गरेर नबसौं, देशमा
More

बस दुर्घटनामा तीनको मृत्यु

बेत्रावती । नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कडेलको उपचारको क्रममा काठमाडाँ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । उक्त बा १ ख ६३५६ नं को बस दुर्घटनामा दुर्घटनामा ५५ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३३ जनाको उपचार काठमाडौं र २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते
More

जनभावनाअनुसार काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नवलपरासी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रतिपक्षको सकारात्मक सुझावलाई समेत आत्मसात् गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाउनुभयो । अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो । सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय
More

सरकारलाई असफल बनाउन देशी-विदेशी शक्तिहरु सक्रिय : प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गर्नुभयो । उहाँले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिनुभयो । अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान
More

प्रथम विज्ञ सम्मेलन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौँमा आयोजित गैर आवासीय नेपालीहरुको प्रथम अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्घाटन गर्दै । तस्बिरः प्रदीपराज वन्त
More

संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन : देउवा

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिनुभयो । काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो,“प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन ।” उहाँले कुनै पनि हालतमा प्रेस
More

एनआरएनलाई नागरिकता दिन कन्जुस्याइँ गरिदैन् : उपप्रधानमन्त्री यादव

लन्डन- उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै सुनिश्चित भइसकेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गैरआवासीयलाई संविधानले नै स्वीकार गरिसकेको र विदेशमा बस्ने नेपाली जन्मसिद्ध नागरिक भएकाले उनीहरुलाई अवमूल्यन गर्न नहुने बताए। अल्डरशटमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘गैरआवासीय नेपालीहरु नेपालको ‘नेचुरल सिटिजन वाई ओरजिन’ हुन्। उनीहरु नेपाली नागरिक नै हुन, त्यसलाई अस्वीकार गर्न सकिन्न्।’ नेपालको तराई मधेसमा अझै लाखौं नेपाली नागरिकता विहीन रहेको भन्दै मन्त्री यादवले भने, ‘अहिलेसम्मको कानून र संवैधानिक व्यवस्थाले नेपालमै जन्मिएको नेपाली नागरिकको सन्तान गैरनागरिक बनेर बस्ने अवस्था छ। बाबुआमा नेपालमै जन्मेको व्यक्तिलेसमेत
More

विज्ञसँग कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश र विज्ञ समूहबीच शनिबार भएको परामर्श बैठकपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विज्ञ समूहका संयोजक जनार्दन शर्मा, प्रदेशका मन्त्री, प्रमुख सचिव, विज्ञ समूहका सदस्यलगायत सहभागीहरु । तस्वीर: शुरबहादुर सिंह
More

रक्तदान कार्यक्रमबाट सुरु भयो एनआरएनको विधानसभा र विज्ञ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघको विधान सभा तथा विज्ञ सम्मेलन रक्तदानबाट शुरु भएको छ । कार्यक्रमको औपचारिक रुपमा शुरु हुनुभन्दा पहिलो रक्तदान शूरु गरिएको छ । एनआरएन प्रवक्ता भुषण घिमिरेका अनुसार कार्यक्रम विधानसभासँगै शूरु भएको हो । अहिले भने पहिलो पटक हुन लागेको विज्ञ सम्मेलनको अवसरमा हुन लागेको विधान सभा पहिलो चरणमा शुरु भएको हो । विधानसभा कार्यक्रममा एनआरएनका पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्षहरु, एनआरएन आइसिसी पदाधिकारी तथा सदस्यहरु, एनसिसीका प्रतिनिधिहरुलगायतको सहभागिता छ । विज्ञ सम्मेलनको भने औपचारिक रुपमा साझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
More

किन ब्याक भए वामदेव ?

काठमाडौं । काठमाडौं ७ बाट चुनाव लड्ने भनी चर्चामा आउनु भएका नेता वामदेव गौतम पछि हट्नु भएको छ । पार्टी सांसदलाई राजीनामा गराएर उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हट्नु भएको हो । गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाउनु भएको थियो । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गर्नु भयो । तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा पर्नु भयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहुसंख्यक नेता
More

बलात्कार अभियोगमा पक्राउ

मुसिकोट । रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताउनुभयो । पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र रु १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ । निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
More

मापसेमा ट्राफिक परीक्षा !

विराटनगर । के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ चालकलाई
More

करोड ठगेर दम्पती फरार

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताउनुभयो । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई
More

एनआरएन सचिवालय आफ्नै भवनमा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अब आफ्नै सुविधासम्पन्न भवनमा सचिवालय सञ्चालन गर्ने भएको छ । बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरिएको हो । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको औपचारिक उद्घाटन गरिने एनआरएनले जनाएको छ । तीन रोपनी क्षेत्रफलमा करीब रु २४ करोडको लागतको निर्माणमा पाँच तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । एनआरएनका तत्कालीन अध्यक्ष डा शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माणले मूर्तरुप लिएको एनआरएन उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक कुमार पन्तले जानकारी दिनुभयो । एनआरएनको आफ्नै भवनमा बस्ने १५
More