Daily Archives 13th October 2018

एनआरएन अध्यक्ष भट्टसंग नेतृत्वको लागि सहमति भैसकेको पन्तको दावी (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अगामी कार्यकालको लागि संघको अध्यक्ष पदमा दावी गरेका छन् । पन्तले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रमको लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिदैं वर्तमान अध्यक्ष भवन भट्ट र आफु बीच नेतृत्वको लागि अग्रीम सहमति भएको खुलासा गरेका छन् । उनले पहिलो कार्यकाल भवन भट्ट र अगामी कार्यकालको नेतृत्व आफुले समाल्ने बारेमा सहमति भएको स्वीकार गरेका छन् । उनले भने ‘एक पटक अध्यक्ष भवन भट्टलाई आफुलाई सहयोग गर्ने र अर्को पटक उहाँले मलाई सहयोग गर्ने सहमति भएको हो’ । पन्तले आफुले अध्यक्षमा उम्मेदवारी दिएमा भवन भट्टले सहयोग गर्ने वताए । उनले सहमतिमा
More

अमेरिकामा कार दुर्घटना हुँदा नेपाली महिला गम्भिर घाइते

अमेरिका । अमेरिकामा कार दुर्घटना हुँदा नेपाली महिला गम्भीर घाइते भएकी छन्। चितवन स्थायी घर भई हाल डलास टेक्सासमा आफ्नो परिवारका साथ बस्दै आएकी गंगा कार्कीको कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी हुन्। गएको २२ सेप्टेम्बरको साँझ साढे ८ बजे तिर कामबाट घर फर्कने क्रममा हाईवे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटनामा परेकी उनी गम्भीर घाइते भएकी हुन्। दुर्घटना लगत्तै अर्धचेत अवस्थामा उनलाई उपचारका लागि बेलोर ग्रेपभाईन हस्पिटलमा लगिएको थियो । करिब ४ घण्टाको अपरेसनपछि उपचारमा संलग्न डाक्टरहरुले गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको तथा छातीमा निकै ठूलो चोट रहेको र रगत बग्ने क्रम नरोकिएको बताउँदै पेटको ओपन सर्जरी
More

नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध

काठमाडौं – नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ। दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो। संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
More

विश्व विज्ञ सम्मेलन पहिलो दिन २० वटा कार्यपत्र प्रस्तुत

गैरआवासीय नेपाली संघको आयोजना र नेपाल सरकार सहआयोजक रहेको विश्व विज्ञ सम्मेलनको आज पहिलो दिन ६ वटा सत्र सम्पन्न भएको छ । सम्मेलनमा विश्वभरीका विज्ञहरुको सहभागिता छ । सम्मेलनमा करिव चार सयको हाराहारीमा विज्ञहरुको सहभागिता रहेको विज्ञ सम्मेलन संयोजक हेमराज शर्माले जानकारी दिनुभयो । एनआरएन विज्ञ सम्मेलन संयोजक शर्माका अनुसार सम्मेलनको पहिलो सत्रमा ६ वटा सत्र सम्पन्न भएको हो भने ६ वटा सत्रमा २० वटा कार्यपत्र प्रस्तुत गरिएको हो । एनआरएन आइसिसी उपाध्यक्ष एवं विज्ञ सम्मेलनकै अर्का संयोजक कुमार पन्तका अनुसार पहिलो सत्रमा नेपालको विज्ञान तथा प्रविधि सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सत्रमा दुई जना विदेशीसहित जर्मनीको तर्फबाट गैरआवासीय
More

क्यासिनो माजोंगलाई बेस्ट क्यासिनो अवार्ड

काठमाडौं । काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री के जे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री बिजय गोयलको प्रमुख आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक बिनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका महाम्रवन्धक अमुल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योग सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो । २०६९ पुस १२ गते ऋबकष्लय ःबजवयलन सोल्टी होटलको परिसरमा संचालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम २५
More

एनआरएनए विज्ञ सम्मेलन ज्ञान, सीप र प्रविधिबारेको बहसमा केन्द्रित

काठमाडौं । प्रत्येक वर्ष दसैं–तिहारको मौका छोपेर हुने गैरआवासीय नेपाली संघको सम्मेलन यसपटक पनि काठमाडौंमा आयोजना गरिएको छ । लामो समयसम्म पुँजी लगानीमा केन्द्रित रहँदै आएको सम्मेलन यसपटक भने ज्ञान, सीप तथा प्रविधिबारे बहस गर्न आयोजना गरिएको हो । विदेशमा प्रयोग भइरहेका नयाँ–नयाँ प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संशाधनको बढीभन्दा बढी प्रयोग गर्ने उद्देश्यले विज्ञ सम्मेलन आयोजना गरिएको संघले जनाएको छ । यसपटकको एनआरएनएको सम्मेलन कृषि तथा खाद्य सुरक्षा, विपद् न्यूनीकरण, शिक्षा, वातावरण प्रदूषण, वित्तीय नीति तथा लगानी, सामाजिक सुरक्षा, प्रविधि रुपान्तरणलगायत ११ ओटा विषयमा केन्द्रित छ । गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्ने उद्देश्यले विज्ञ
More

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  उनलाई शनिबार मात्र अस्पतालबाट घर लगिएको थियो । अस्पतालबाट घर फिर्ता लगिएपछि वास्तोलाको निधनको चर्चा चलेको थियो । डाक्टरहरुले वास्तोलाको ‘क्लिनिकल्ली डेथ’ भनेको थियो । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए । पटक पटक मन्त्री बनेका बास्तोला कूटनीतिक क्षेत्रमा पनि त्यत्तिकै दल्लख राख्थे । परराष्ट्र, कृषि र पर्यटन मन्त्रालय सम्हालेका बास्तोला भारतका लागि राजदूतसमेत बनेका थिए । उनी कोइराला परिवारका निकट कांग्रेस नेता थिए ।
More

नेकपाको सचिवालय बैठक कात्तिक ४ मा

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो । उहाँले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताउनुभयो । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो ।
More

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताउनुभयो । पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उहाँले जानकारी दिनुभयो । अरु एक करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु
More

प्रतिबद्धता पूरा गरेरै छोड्छौं: प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भन्नुभयो । उहाँले नेपालले दुई छिमेकी चीन
More

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । “अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा
More

दुर्घटनामा तीनको मृत्यु

धादिङ । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो । टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको
More

हस्ताक्षर र नम्बर नै नभएको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो । सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन ।
More

वुद्धचित्तको विरुवा

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको उपलक्ष्यमा प्राकृतिक विज्ञान संग्राहालय स्वयम्भुमा आयोजना गरिएको वृक्षारोपण एवम अवलोकन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा वुद्धचित्तको विरुवा रोप्नु हुदै । साथमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल लगायत । तस्विर: प्रदीपराज वन्त
More

गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टरसमेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताइएको छ । असोज २१ गते
More