Daily Archives 15th October 2018

रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता (फोटो फिचर)

लण्डन । बेलायतमा चर्चित नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करण रजनी गुरुङले जितेकी छन् । सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा सहभागी १२ प्रतियोगीहरुमध्ये सर्वोत्कृष्ट बन्दै रजनी यूके डान्स अफ २०१८ को विजेता बनेकी हुन् । प्रतियोगितामा बेनुका लिम्बू पहिलो रनर अप र सिर्जना रायमाझी दोस्रो रनर अप बन्न सफल भए । विजेतालाई नगद १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरियो । विजेता रजनीले पब्लिक च्वाईस क्याटेगोरी समेत सर्वाधिक मत प्राप्त गर्दै जितेकी थिइन् । प्रतियोगिता सुरु हुनुअघि तेस्रो
More

बेलायती राजकुमार ह्यारी बुवा बन्दै, मर्केल गर्भवती

लण्डन- बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ। राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो। “राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ। राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो। राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए। वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटेका थिए।
More

नेपालमा गैँडाको शिकार शुन्य हुनु उदाहरणीयः वेलायती विदेशमन्त्री

लण्डन । वेलायत सरकारको आयोजनामा लण्डनमा बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० वुदेँ विश्व घोषणापत्र जारी गरेको नेपाली दूतावास लण्डनले जनाएको छ । गत विहीवार देखी शुरु भएको दुई दिने सो सम्मेलनमा नेपाली उच्चस्तरिय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । उनले विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोव्वर नजिक भएको
More

एनआरएनले नेपालमा भित्रायो सडक सुरक्षा प्रविधी (फोटो फिचर)

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपालको सडक दुर्घटना रोक्न सडक सुरक्षा प्रविधी भित्राएको छ। मुख्यतय पृथ्वी राजमार्गमा हुने ठूल्ठुला दुर्घटना रोक्न पहिलो पटक स्पीड ब्रेकर लगायतको प्रविधी नेपालमा शुरु गरिएको हो । संघको रोड सेफ्टी समितिका संयोजक थर्क प्रेम सेनका अनुसार विश्वव्यापी मान्यताका आधारमा नेपालको रोड सुरक्षाको लागि गैरआवासीय नेपाली संघले पहिलो पटक यस्तो सुरक्षा व्यवस्था नेपालमा भित्राएको हो । संघले गैरआवासीय नेपाली दिवसको अवसर पारेर पृथ्वी राजमार्गको मुख्य दुई स्थानमा गजुरी र हुक्दीखोलामा सो प्रविधी जडान गरेको छ । यसले वर्षेनी हुने दुर्घटनामा कमी आउने विश्वास गरिएको छ । यसअघि संघले गृहमन्त्री सहित विभिन्न सरकारी निकायहरु
More

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक

मेलबर्न । १३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास १ मा तेश्रो गरी तीन पदक हासिल गरे भने सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन क्लासमा तेश्रो र स्पोर्टस मोडल नोभिस र फिटनेस मोडल नोभिस दुबैमा पाँचौं गरी तीन पदक हासिल हात पारिन । करीब दुई हप्ता अघि मात्रै बालाराट युरेका मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका थिए र यस्ले उन्लाई यो राष्ट्रियस्तरको च्याम्पियनशिपमा सहभागी हुन
More

बेलायतमा ‘नेपाल अन डिमान्ड’ एप सार्वजनिक, नेपाली चलचित्र र नेपाली टेलिभिजनहरु हेर्न पाइने

लण्डन । नेपालमा कला तथा संस्कृतिको प्रबर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कंपनी म्युजिक नेपाल प्रालिले संसारभरिका प्रवासी नेपालीहरुलाई लक्षित गरी नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको छ। ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप मार्फत प्राप्त गर्नसकिने सो सेवामा प्रत्यक्ष टेलिभिजन च्यानलहरु, दर्शकहरुले रुचाएका नेपाली चलचित्र, स्रोताहरुको रुचीलाई ध्यानमा राखेर तयार गरिएका गीत, संगीतहरुको संग्रह लगायतका सामग्री एचडी फर्म्याटमा उपलब्ध हुनेछन् भने हरेक हप्ता नयाँ चलचित्र तथा गीतसंगीतहरु उपलब्ध हुनेछन्। आइतबार फार्नबरोमा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सो एप सार्वजनिक गरे। सभालाई संबोधन गर्दै राजदूत सुवेदीले नेपालको कला तथा संगीत क्षेत्रकोविकासमा निजी क्षेत्रबाट म्युजिक
More